देश–समाज राजनीति राष्ट्रिय समाचार

प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्न सकेन

दमक/प्रतिपक्षको अडान कायम रहेपछि बुधबार पनि बैठक बस्न सकेन । सभामुख देवराज घिमिरेले बैठक बिहीबार दिउँसो ३ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी गराए ।
बुधबारको बैठक अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिए पनि ढिलो गरी सुरु भएको थियो ।प्रतिपक्षी दलहरूले बैठक सुरु हुनेवित्तिकै उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले अवरुद्ध हुँदै आएको संसद् सुचारुका लागि वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए । संसद् सुचारुका लागि गरिएको आग्रहलाई बेवास्ता गर्दै प्रतिपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि उनले बैठक बिहीबार ३ बजेसम्मका लागि स्थगित गरेका हुन्
बुधबारको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची थियो ।
प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गतेदेखि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् ।उनीहरूले भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने मुख्य मागमा उनीहरुको अडान कायमै छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपु¥याई नछाड्ने स्पष्ट पारेकी छन् ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भिजिट भिसा प्रकरण देशकै लागि निकै गम्भीर रहेकाले आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपु¥याइ नछाड्ने स्पष्ट पारेकी हुन् । उनले यसमा राष्ट्रिय सहमति खोज्नका लागि नै रास्वपाले पाँचबुँदे ड्राफ्ट तयार पारेर छलफलमा लगे पनि सत्तारूढ दल नमानेको धारणा राखे ।माओवादीले ल्याएको ड्राफ्ट आफूहरूको सरोकारको विषय नभएको भन्दै उनले आफूहरू पाँचबुँदे ड्राफ्टमा अडिग रहेको उल्लेख गरिन् ।“हामी पाँचबुँदे ड्राफ्टमा अडिग छौँ, माओवादीले ल्याएको ड्राफ्ट हाम्रो सरोकारको विषय होइन,“ उनले भनिन्।उनले रास्वपाले सदन अवरुद्ध गरेको नभइ जनताको मुद्दा समाधान गर्नका लागि बाटो खोजिरहेको तर्क गरिन् ।

Author

You may also like