देश–समाज मुख्य राष्ट्रिय समाचार स्थानीय

स्थानीयदेखि राष्ट्रिय स्तरका विभिन्न घटनासहितका सारसंक्षेप समाचार

प्याराग्लाइडिङ दुर्घटनामा सकुशल उद्दार
पोखरा/ पोखरामा प्याराग्लाईडिङ्ग ल्यान्डिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाईडिङ्ग ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

घाइते खत्रीका उपचारार्थ राप्रपाबाट सहयोग
दमक/उदयपुरकी रेविका खत्रीलाई गत चैत १५ गते राजावादी आन्दोलनमा घाइते भएपछि राजावादीहरूले जुटाएको ८ लाख ३९ हजार ४ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।राजावादी जनआ’न्दोलनका संयोजक नवराज सुवेदीले उक्त रकम रेविका र उनको दाजुलाई प्रदान गरेका हुन् ।पोर्तुगलका रमेश राज बास्तोलाको संयोजकत्वमा सहयोग रकम संकलन गरिएको थियो ।

११ वर्षीया बालिका बेपत्ता
दमक/हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका चारा दिनदेखि बेपत्ता भएकी छन् ।यही जेठ २६ गते पाँचजना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएकी उनका बुबा देवी सिंहले जानकारी दिए ।विद्यालयबाट घर फर्केपछि खाजा खाएर साथीसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबाको भनाई छ ।परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरिएको छ ।

बालिका बलात्कारमा एकजना पक्राउ
पथरी/ बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचाबाट एकजना पक्राउ परेका छन् ।१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बस्ने ५७ वर्षीय अशोक कुमार धामी थारू मंगलबार दिउँसो पक्राउ परेका हुन् ।अशोकले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

करेन्ट लागेर एकको मृत्यु
कचनकवल/झापाको कचनकवल गाउँपालिका वडा नं. ७ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।वडा नं. ७ का अन्दाजी ६५ वर्षीय किर्खनाथ खनालको आफ्ने खेतमा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ ।खेतमा बाख्रा बाध्न जाँदा उनलाई करेन्ट लागेको बताएको छ। जंगली हात्ती छेक्न आफैले धान खेतमा लगाइएको करेन्ट बाख्रा बाध्न जाँदा लागेको स्थानीयको भनाई छ ।

अर्जुनधारामा दुई पुरुष मृत फेला
अर्जुनधारा/झापाको अर्जुनधारामा दुई मृतपुरुष फेला परेका छन् ।
अर्जुनधारा नगरपालिकाको वडा नम्बर ४ स्थित मदनपुर जलाधार भित्री कच्ची सडकमा तत्काल परिचय नखुलेको एक पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । अन्दाजी ४०/४५ वर्षको जस्तो देखिने पुरुष घोप्टो परि मृत अवस्थामा रहेको प्रहरीले बताएको छ ।घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। त्यस्तै मङ्गलबार अर्जुनधारा नगरपालिका वडा नम्बर ११ नयाँ बस्तीस्थित चियाबगनभित्र सोही स्थानका अन्दाजी ६० वर्षीय मित्रलाल कामी मृत अवस्थामा फेला परेका थिए ।
उनको सब पोस्टमार्टमका लागि कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले बताएको छ ।

Author

You may also like