काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् । आज संसद् सचिवालय सिंहदरबारमा भएको सर्वदलीय बैठकमा सभापति लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका हुन् ।
बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल भएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा सहभागी सबै दलका नेताहरूले सर्वदलीय बैठकको माध्यमबाट संवाद सुरु गरेकोमा स्वागत गर्दै राजनीतिक विषयमा छलफल भएको उनले बताए ।
सभापति लामिछानेले संसदमा जारी गतिरोध अन्त्यका लागि समेत छलफल गर्नुभएको महामन्त्री बुर्लाकोटीले बताएका छन् । लामिछानेले समसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् ।