शिक्षा ब्यक्तित्व विकासको मूल आधार हो । शिक्षाबिना ब्यक्तिको कुनैपनि पक्षको विकासको परिकल्पना गर्न सकिन्न । त्यसमा पनि विशेषत ः प्राथमिक तहको शिक्षा बालबालिकाहरुको अधिकारको विषय हो । प्राथमिक तहको शिक्षा समाजमा भए – रहेका सबैले बिना कुनै भेदभाव शिक्षा पाउनुपर्छ । बाल– बालिकाका प्रमुख अधिकारहरु मध्ये बाच्न पाउने, संरक्षण पाउने अधिकार, विकास गर्ने अधिकार र सहभागी हुने अधिकार पर्दछन । विशेषत ः यी अधिकारहरुलाइ प्राथमिक शिक्षाको अवसरलाई प्रदान गर्नु तपाईं हामी शिक्षक, अभिभावकहरुको उत्तरदायित्व हो । बालबालिकाहरुलाइ आत्मनिर्भर बनाउन शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ । बालबालिकालाई सामाजिक मेलमिलाप, सहयोग तथा अतिरिक्त क्रियाकलाप गर्नका लागि प्रोत्साहन गर्न सकेमा मात्र त्यो बालक असल नागरिक बन्न सक्दछ । शारीरिक रूपमा विकृति एवम मानसिक र संवेगात्मक रूपमा विकारयुक्त बालबालिकाको लागि बेग्लै खालको छुट्टै विधालय ब्यबस्थापन गरि प्रकृति अनुरुप, रुचि आवश्यकता अनुरुप शिक्षाको ब्यबस्थापन गर्नु आजको आवश्यकता बनेको छ । स–साना बालबालिकाहरुलाइ प्रत्येक बिषयको ज्ञानबोध गर्नका निम्ति अविभावक घरमा अभिभावकहरु तयारी हुनुपर्छ । विधालयमा शिक्षक÷शिक्षिकाहरु पूर्ण तयारी रहेको देखिन्छ । यहाँ के सम्म स्पष्ट देखिन्छ भने अभिभावक विधालयमा गएर आफ्नो बच्चाको पढाइ कस्तो छ ? कत्तिको प्रगति गर्दैछ भन्ने जनचासो नलिएको देखिन्छ । जब विधालयमा नतिजा प्रकाशन हुन्छ नि त्यो नतिजा निस्केको दिन अभिभावक हाप र झाप गरेर विधालयमा आएको देख्न सकिन्छ । आफ्नो बच्चा दैनिकी हाजिर गर्छ या गर्दैन, कपिमा कक्षाकार्य÷गृहकार्य गर्छ कि गर्दैन त्यो सम्म परीक्षण गरेको देखिन्न । विधालयमा गएर त बच्चा पढ्छ तर घरमा पढछ कि पढ्दैन र मोबाइलमा ब्यस्त भएर पढाइमा ध्यान नदिएको हो भन्ने सम्मको जानकार अभिभावक नहुँदासम्म समस्या देखिएको देखिन्छ ।
सामुदायिक विधालयमा अध्ययन गर्ने ६५ प्रतिशतभन्दा बढी हिजोआज मोबाइल संस्कृतिको विकासमा साना कक्षाका बालबालिका फसेका छन । यतिसम्म क्रेजी भएका छन कि गृहकार्य गर्नसमेत अल्छी मान्नेहरुको भीड बढेको छ । यसलाई कसरी पठनसंस्कृतिको विकासमा अघि बढाउने सम्मको नयाँ कार्ययोजना समेत बनाउन नसकिएको हुनाले तल्लो कक्षाको पढाईलाई ब्यबस्थापन गर्न सकिएको देखिन्न । सामुदायिक विधालयमा अध्यापन गर्ने शिक्षकहरुलाइ प्रत्येक विषयको तालिम र सेमिनारको ब्यबस्थापन गरेर भत्ताको ब्यबस्थापन गर्दा सम्म बिधालयमा शैक्षिक गुणस्तर अघि बढन नसकेको हो । घरमा अभिभावकले बच्चाको पठन संस्कृतिको विकासमा चासो नराखेको र बिधालयमा तालिमप्राप्त शिक्षकहरुले राम्ररी नपढाइदिएको कारणले पनि सामुदायिक बिधालयको नतिजा माध्यमिक तहसम्म पुग्दा खच्किएकै हो । जगै बलियो नभएकोले घर मजबुत नभएकै हो । यसमा हामी सबै शिक्षकले “म म” गर्नसक्नु पर्छ । एकहातले ताली बज्दैन सबै तालीहरु एकीकृत हुनैपर्छ । बालबालिकाहरु स्वभावगत रूपमा, मानसिक रूपमा, प्रतिभावान, तीक्ष्ण बुद्धि, मन्द सिकारु, पछौटे, सुस्त मनस्थिति र यसैगरी शारीरिक रूपमा लङगडो, बहु अपाङ्ग, लजालु, चिन्ताग्रस्त, मनोविकृति र रिसाहा, लागु औषधकर्ता, उदण्ड, अराजक प्रकृतिका कोको छन त्यो पहिचान गरेर दण्ड, सजाय र पुरस्कृत गर्न शिक्षक स्वयं उपस्थित हुन सक्नुपर्छ । अहिले छडीले कुटेर, डर, त्रास देखाएर नचाहिदो दण्ड दिएकै कारणले सानै कक्षाको विद्यार्थीसमेत आक्रामक बन्न थालेका छन ।
यी प्रकृतिका बालबालिकाहरुको स्वभावगत विशेषता बुझेर उनीहरूको दैनिकी व्यबहारलाई दिनप्रतिदिन सकारात्मक सोच बिचार गरेर बुझेर बालमनोबिज्ञानको अवलोकन बृहत् रूपमा अध्ययन गरेर उनीहरूको मानसिक परिवर्तन गर्न शिक्षक, अभिभावक तथा सरोकारवाला निकायहरु जागरुक हुन सकेमा बालबालिकाहरु आफै जागरुक बन्ने थिए । उनीहरूलाई वाककला, खेलकुद, चित्रकला, नृत्यकला, बाधवादनमा निपुण बनाउनका निम्ति हप्ताको एकदिन छुट्टै कक्षाकोठाको ब्यबस्थापन गर्न सक्नुपर्छ । कुनैपनि बालक होस या प्रौढ उ प्रसङ्सा र मायाको भोको हुन्छ । कुनैपनि विद्यार्थीले कुनै काम गर्ने प्रयास गर्दा, कुनै गल्ती गरेमा वा नमिलेमा उसलाई निराशा झल्काएर गालीगलौज गर्ने, पिटने वा कुनै किसिमको शारीरिक दण्ड दिने गर्दा उसले आफूले गरेको दुःखपूर्ण प्रयास खेर गएको सम्झन्छ र त्यो बालकले भित्रभित्रै बरबर्ती आँसु खसाल्छ । त्यो आँसु खसालेकै बेलामा शिक्षकले अझै यातना दिएमा उसले कहिल्यै पनि आफ्नो मानसिक अवस्थालाई सन्तुलनमा राख्न सक्दैन । उसमा निराशापन छाउछ । भित्री मनोबिज्ञानमा गहिरो असर पर्छ , पढनमा ध्यानकेन्द्रित रहन्न । यसो भैदियो भने शिक्षकप्रति उसले गर्ने आनीबानीको बिकास सकारात्मक हुन्न । अनेक कुरामा उ शिक्षकप्रतिको झुकाव सकारात्मक हुन्न । यो कुरा हामी शिक्षकले बुझ्न जरुरी छ । मैले यति बर्ष पढाए उति बर्ष पढाए भनेर ठुला कुरा नगरे हुन्छ अब । बरु मैले यो अवधिसम्म पढाउदा यस्तायस्ता राम्रा विद्यार्थी उत्पादन गरेको छु भन्ने कुराको बोध गर्नसक्नु पर्छ । कुटेर, यातना दिएर, झर्किएर, गालीगलौज गरेर अब साना बालबालिका सही ट्र्याकमा आउनेवाला छैनन । हामीले प्रथमतः बालमनोबिज्ञान बुझ्न जरुरी देखिएको छ, त्यही अनुसार शिक्षण सिकाइतर्फ जोड दियौ भने बालबालिकाको पठन र सिकाइप्रतिको लगाव अझै बढेर जान सक्छ । सानो कक्षामा मोन्टेस्वरी कक्षाको बिकासमा जोडदिन सक्नुपर्छ । उनीहरूको बसाइ, शारीरिक अवस्था, पढाइप्रतिको चाहना अनुरुप अघि बढ्न सकेर त्यही अनुसार पढाईको स्तरोन्नतिका निम्ति जुट्नपर्छ । यसो गर्न सके तलैदेखि माथिल्लो बर्गसम्म्को विद्यार्थीको शैक्षिक गुणस्तर अझै उचो रहनेछ भन्ने कुरालाइ बोध गर्न सक्नुपर्छ । यसमा सम्पूर्ण शिक्षाप्रेमी, बुद्धिजीवी वर्ग, सरोकारवाला निकाय, शिक्षक र अभिभावक एकजुट हुन जरुरी छ, यसमा सबैले हातेमालो गरौ । बालबालिकाको मनोबिज्ञान बुझेर शिक्षण पद्धतिका साथ उनीहरूलाई राम्रो शिक्षा प्रदान गरौ ।

Author

You may also like