अस्तित्वमा रहेका प्रायः सबै दलहरुमा आज खिचोलो बढेको छ । आफु जन्मंदा देखि नै प्रधानमन्त्रीका रुपमा देखिएका तर कहिल्यै पनि देश र जनताको पक्षमा उभिन नसकी पूर्णरुपले असक्षम भैसकेका मुलुक सन्चालक पात्रहरु नै आज पनि सत्ता सन्चालकका रुपमा रहेकाले पनि यो अवस्था श्रृजना भएको छ । जताततै भ्रष्टाचार, अपराध, विचौलिया, माफिया र गूण्डाराजको प्रभुत्वले विधिको शासन भागिसकेको अवस्था छ । देश संविधान, कानून र नीतिबाट सन्चालन नभई नेताहरुको स्वार्थी भावनाको मौखिक आदेशबाट सन्चालन भएको छ । “नेपाल मेरी आमा होईनन्, मधेस मेरी आमा हुन्”, “मधेश आज या भोली नेपालबाट अलग हुनेछ”, “देशको चावी बाहिर छ”, “भुटानी मोडल”, “साना राष्टूहरुको सुरक्षा ठुला राष्ठ्रहरुले हेर्छन”, “देश खारेज गर” जस्ता देशद्रोही अभिव्यक्तिहरु जताततै गुन्जायमान हुंदा समेत नेपाल सरकार चुं सम्म बोल्न सक्दैन । यस्ता अभिव्यक्तिहरु केवल भावावेश या अपरिपक्क अभिव्यक्तिका रुपमा मात्र आएका छैनन्, यस्ता अभिव्यक्तिले राष्टूको स्वाभिमान, अस्मिता, स्वाधिनता, स्वतन्त्रता, अखण्डता र सार्वभौमिकता माथिको योजनाबध्द र प्रायोजित आक्रमण र राष्ट्रघाती सोचको प्रतिनिधित्व गरेको छ । उल्लेखित अभिव्यक्तिहरुले मुलुकको आत्मानिर्णयको अधिकार माथि प्रश्न खडा गरेको छ, नेपालको अस्मिता समाप्त पार्ने योजनाबध्द र प्रायोजित राष्ट्रबिरोधी तथा देशद्रोही भावना छल्किएको छ, राष्ट्रघाति सोचको प्रतिनिधित्व गरेको छ, परनिर्भरताको संस्थागत अभिव्यक्ति झल्किएको छ, नेपालको स्वतन्त्रता, राष्टिूय एकता, स्वाभिमान, सार्वभौमिकता र अखण्डता माथिको प्रत्यक्ष आघात घोषित गरिएको छ ।
यस्तो बिषम परिस्थितिमा हाल सत्तामा रहेका तथा पालै पालो सत्तालिप्सामा बल्झिएका सबै दलहरु प्रायः मौनता साँधेर बसेका छन । सत्ताधारीहरुको यो मौनता बिभिन्न कमजोरी मात्र नभएर राष्ट्रघाति प्रबृत्तिको अनौपचारिक संझौता हो । देशद्रोही अभिव्यक्ति माथिको यो मौनता र समर्थन राष्टिूय अपराध बन्न थालेको छ । यहाँ प्रश्न पार्टीको होईन प्रश्न राष्टूको अस्तित्वको हो । ठुला दलहरु मध्ये नेपाली कांग्रेस भित्र यथास्थितिवादी र परिवर्तनकारी बिचारका बिच द्वन्द शुरु भएको छ । यो द्वन्द परिवर्तनका लागि, देश र जनताका लागि, बिधिको शासनका लागि, संस्कारयुक्त राजनितिक विकासका लागि हो भनें स्वागतयोग्य छ तर फेरी समूहगत, झुण्डगत र गुठगत स्वार्थका लागि हो भनें यो देशका लागि अरु अभिसाप भएर जन्मने छ । अरुहरु देशमा सम्माननीय व्यक्तित्वहरु या त देशको भविश्य चिन्तनमा लागेको पाईन्छ या त जीवन निर्वाह गर्न बिभिन्न कार्यालयहरुमा काम गर्न स्वतः उत्प्रेरित भएको पाईन्छ तर यहाँ त को कस्को के ईशारामा हो पुनः सत्ता केन्द्रीत राजनीतिमा फर्किन थालिएको छ । यो कसै प्रति कटाक्ष गर्ने प्रश्न होईन यो नितान्त देशको सम्मानको प्रश्न हो, राजनितीक र व्यक्ति संस्कारको प्रश्न हो । आज सबै दलहरुमा प्रायः अध्यक्ष कै बिषयलाई लिएर भाँडभैलो भएको देखिन्छ । अझ भन्ने हो भनें पार्टी अध्यक्षकै बिरुद्ध सबैतिर खैलाबैला मच्चिएको छ । म बिना पार्टी चल्दैन, देश चल्दैन भन्ने तर यथार्थमा सधैं आप्mना कारण देश र जनताको भविश्य अन्धकार भई देशको अस्मिता धरापमा परेको थाहा पाएर बुझपचाँउनेहरुका कारण नेपालको राजनीति संस्कारहिन दिशा तर्पm उन्मुख भएको छ । अपराधै अपराधले गन्हाएकाहरुलाई ठुलो डर के भनें सत्ताच्युत हुनासाथ राष्ट्रिय र अन्तराष्टिूय अदालतको कठघरामा उभिएर मर्ने बेलामा चिसो छिंडिको यात्रा गर्नु पर्ने भय रहेको छ । कुनै राजनैतिक दलहरु पार्टी जोगाउने अभियानमा लागेर व्यक्तिको देवत्वकरण गर्दै विदेशमा गरिखान गएका युवाहरुलाई कमाएको धन र विदा साँचेर भोली हाम्रा लागि भोट हाल्न नेपाल आउनु भन्ने मात्र होईन कुनै रंगको खुत्रुक्के बनाउन र त्याहाँ जम्मा भएको रकम देशका नाममा आफुलाई पठाउ भन्ने प्रोपोगाण्डामा लागेका छन । मलाई धरौटी किन मागिस भन्दै अदालतको पैmसला माथि अदालतलाई नै मुद्दा हाल्न जाँदाको परिणामलाई समेत भ्रमित गराएर साना बाल बालिकालाई अमुक व्यक्तिको नाम रटाउन लगाउने दलले कुनखाले भविश्य सुनिश्चित गर्ला सबैले बुभ्mनु पर्ने बिषय बनेको छ । “अहं ब्रह्मास्मी” भन्ने मानिसकता पालेर आप्mना आसेपासे र आप्mनो जयजयकार गर्ने बाहेका दलका नेतृत्वहरुलाई कुनै न कुनै वहानामा गलहत्याउदै निष्प्रभावि बनाउने खेल सबै दलहरुमा चलेको छ जो देश र जनताका लागि अभिसाप बनेर आएको छ । सबै दलहरु फुटको संघारमा देखिन्छन, सबैतिर रडाको मच्चिएको छ, सबै दलमा अध्यक्ष नै समस्याको रुपमा उभ्याईएको छ । आजको प्रश्न पार्टीको मात्र होईन राष्ट्रको अस्थित्वको प्रश्न भएकोले सबै दलमा राष्टूवादी चेतनाको पुनर्जागरण गराउन आवश्यक भएको छ । जुनसुकै वहानामा देखिएको भएपनि यस्तो देश बिघटनकारी एवं राष्ट्रबिरोधी आवाज बिरुद्ध सबै नेपालीहरु दल भन्दा माथि उठेर राष्ट्रवादी प्रतिकारमा जुठ्न अत्यावश्यकता भएको छ, राष्ट्रवादी अडान लिने समय आएको छ, राष्ट्रनिष्ठ नेतृत्वको खोजिगर्नु पर्ने बेला आएको छ ।
स्व. वि.पि. कोईरालाले भन्नुभएको थियो “राजा नरहे नेपाल रहदैन”, स्व. मदन भण्डारीले प्रतिपादन गर्नु भएको थियो “जनताको बहुदलीय जनवाद” । यो प्रतिपादित सिध्दान्त र भनाई मात्र भावना, स्वार्थ र सत्ताका लागि थिएन यो त नेपालको ऐतिहासिक, मौलिक, राजनीतिक, सांस्कृतिक संरचना प्रतिको गहिरो चेतावनी थियो । नेपालको मौलिक धर्म, संस्कार, संस्कृति र परंपराका साथै नेपाल निर्माण, एकता र अस्मिताको रक्षा राजसंस्थासंग जोडिएको छ भन्ने दुरदृष्टी थियो, बैदेशिक बैमानीहरुलाई राम्रोसंग बुझेर राष्टू रक्षाका लागि रक्षासूत्र संस्थाको अभिव्यक्ति थियो, सताव्धियौं पुरानो विदेशबाट कसैले बनाईदिएको सिध्दान्तमा रमाएर होईन बहुसंख्यक नेपाली जनताले चाहेजस्तो जनसिध्दान्तमा आधारित सबै जुटेर निर्माण गर्ने व्यवस्थाको परिकल्पना थियो । यिनै आधारशिलाहरुलाई बंग्याएर अहिलेका प्रजातन्त्रवादी, लोकतन्त्रवादी र गणतन्त्रवादीहरु आप्mनो मौलिक धरोहर प्रति धारेहात लगाउदै लामबध्द भएर अस्मिता लुछ्न र स्वार्थी रोटी सेक्न उत्पे्ररित हुंदा आफु रित्तिएको, सक्किएको, अस्तित्वहिन हुदै गएको प्रति आपैंm अट्टहास गर्दै उनिहरुकै गूणगान र भक्तिमा तन्मय हुन रमाईरहेका छन । त्यसैले यहाँ आस्था, विचार वा निष्ठाका कारणले भन्न खोजिएको विल्कुल होईन हामी, हाम्रो ईतिहास, मौलिकता र हाम्री नेपाल आमाको रक्षाका लागि पनि हामी सबैले राजसंस्थाको पुनस्र्थापनाका लागि आज बैचारिक पुनर्विचारको आवश्यकता भएको छ, यिनै आज हामीलाई शासन गर्ने पात्रहरुबाट देश जोगिएला भन्न सकिने अवस्था देखिदैन । यो भयावह यथास्थितिले हाम्रा दलहरुलाई दशा लागेको छ कि देशलाई दशा लागेको छ थाहा छैन तर हामी नेपालीलाई भनें दशा लागिसकेको छ । अब राष्ट्रवादी अडान लिएर राष्टूवादी प्रतिकारमा होमिन अत्यावश्यक भएको छ ।