खेल मुख्य समाचार

मंगलबारे चोकमा भलिबलको चिनारी दिने शालिक राख्ने तयारी

दमक । भलिबल खेलबाट चिनिएको झापाको कमल गाउँपालिका ५ स्थित मङलबारेमा भलिबल खेलको प्रतिकका रूपमा शालिक राखिने भएको छ ।
भलिबल खेलको आयोजना गर्दै आएको सगुन युवा क्लवले भलिबल खेलको पहिचानलाई थप उजागर गर्न त्यहाँ शालिक राख्ने तयारी तीब्र पारिएको हो । क्लबका अध्यक्ष देबेन्द्रराज आङ्देम्बेले भलिबल खेललाई चिनाउने गरि शालिक राख्ने कार्यका लागि सहयोग जुटने क्रम बढदै गएको बताए । क्लबले सामाजिक संजाल मार्फत देश ,बिदेशमा बस्दै आएका मनकारीहरुबाट हालसम्म एक लाख बढी पैसा जुटिसकेको उनले बताए उनले भने,– ‘यो दशै तिहारको समयमै शालिक स्थापना राख्ने तयारीमा छौं ।’ उनका अनुसार शालिक पाडाजुंगी–गौरादह सडकको मङलबारे चौंकको चार बाटोमा राखिने छ । त्यहाँ नयाँ वर्षका अवसर पारेर २०५२÷५३ साल देखि वडा, गाउँ, जिल्ला हुदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिताहरु आयोजना गरिदैआएको छ । भलिवल हेर्न टाढा टाढाबाट खेलप्रेमी आउने गरेका थिए । त्यही खेलको पहिचानलाई लिपीवद्ध गर्न शालिक राख्ने काम भईरहेको क्लवका सचिव रोशन दाहालले बताए ।
शालिक स्थापना गर्न क्लवले ५ हजार माथि सहयोग पुरयाँउने दाताको शिलालेखमा राखिने निर्णय भएको र दाताहरुबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको उनको भनाई छ । शालिकमा करिव ३ लाख रुपैया लाग्ने अनुमान छ ।

Author

You may also like