विद्वान मेकियावेली (Machiavelli) ले भनेका छन् æWhere the political leaders are corrupted the country will be collapsed“ जुन देशका राजनेता भनिएकाहरू नै भ्रष्टाचारी हुन्छन् , त्यो देश निश्चय पनि बर्बादीको बाटोतर्फ उन्मुख हुन्छ ।”
भनाई छ “कुशल साशकहरू राज्यको भविष्यको चिन्ता गर्छन् तर राजनीतिज्ञलाई आउने चुनावको चिन्ता हुन्छ ।” अहिले धेरै नेताहरू मिसन ८४ /८४ को अलाप जपिरहेछन् । यो अलापले पनि राजनीतिज्ञलाई केवल निर्वाचनको मात्र चिन्ता हुन्छ भन्ने कथन सही हो भन्ने सावित गरिदिएको छ।आज देश भ्रष्टाचारको सूचीमा माथिल्लै तहमा उक्लिएको छ। नेताहरूलाई देशको सर्वाङ्गीण विकासका आधारहरू के के हुन् ? भनेर जान्नु पर्ने चिन्ता भन्दा कुन क्षेत्रमा कसरी भ्र्ष्टाचार गर्न सकिन्छ भन्ने दुष्चिन्तामा नै समय व्यतित गर्न चाहिरहेछन् ।
आज देशमा धेरै मानिसहरूले कार्लमाक्सको नाम जप्ने गरेको, उनको तस्वीर सिह्रानीमा राख्ने गरेको, फोटो गोजीमा वोक्ने गरेको पाउँछौँ । मलाई प्रश्न गर्न मन लाग्छ । आदर्श व्यक्तिको फोटो गोजीमा राखेर भित्तामा टाँसेर उनको आदर्शलाई व्यवहारमा उतार्न सकिएला त ? कार्लमाक्सले प्रतिपादन गरेको सिद्धान्तमा राज्य विकासको क्रममा वर्ग संघर्ष हुँदै जव समाजले समाजवादको भर्याङ् चढ्न सफल हुन्छ, त्यस पछिको शुन्दर पक्ष भनेको मानिसको चेतनाको तीव्र विकास, मानवहित र कल्याणको कारण राज्य राज्यविहिन स्वर्गीय अवस्थामा पुग्छ भनेका छन् । के आज राज्य त्यही वाटो तिर नै लागि रहेको छ त ?
सकेसम्म जो कोही मानिस ईन्द्रियजयी वन्नु पर्दछ । असल मानिस भनिएकाहरू र विद्वानहरूको आभूषण भनेको विनम्रता हो । विनम्रताले मानिसको शारीरिक स्वरूप र वाहिरी आवरण जस्तो भए पनि मानसिक रूपले ऊ अत्यन्त सम्बृद्ध कहलाउन सक्छ । व्यक्तिको ओहोदा ठूलो छ, जिम्मेवारी थामिनसक्नुको छ । तर बोलिचाली र व्यवहार निकृष्ट छ भने उसलाई त्यो पद र जिम्मेवारी काँही कतैबाट सुहाउँदैन । मलाई यो पद र मर्यादाले स्तरविहीन अभिव्यक्ति दिन छुट छैन भन्ने उसमा हेक्का पनि रहेको देखिदैन। मानिस असल उसको पदले मात्र भएको हुँदैन । असल त जिम्मेवारीले, दायित्व बोधले हुने हो । असल मानिसलाई दायित्व वोधको ठूलो चिन्ता हुनु पर्ने हो । तित्रा जस्तो मुखमा जे आयो त्यही प्याच्च प्याच्च बोल्ने । जो कोहीको मर्म मर्ममा आघात पुर्याउने । आफूले माया गर्नु पर्ने, संरक्षण गर्नु पर्ने जो कोहीसंग पौँठेजोरी खेल्दै रणसंग्राममा उत्रने व्यक्तिले आम जनताको हित कसरी गर्न सक्ला र खै ? मानिसलाई परीक्षण गर्न उसको ज्ञान आर्जनको थलो (क्अजययष्लिन) कस्तो थियो र छ ? संगत कस्तो छ ? को अध्ययनले पुष्टि गर्दछ । यसै सन्दर्भमा एउटा कविताको अंश प्रस्तुत गर्न सान्दर्भिक ठान्छु ।
“दिनानाथ नै उधोँ लत्रे
दिनको के कुरा छ र ?
जहाँ पनि एकै हुन्छ
मालिक माफिक नोकर
विरही जनको छाती
बन्चराले चिरेसरी
बोल्दछ मत्त भै तित्रा
तित्तरी तित्तरी गरी “
मानिसले आफ्नो जिम्मेवारी र दायित्व भुले पछि अर्काको मर्म मर्ममा चोट पुर्याउने परपीडक भएर आफ्नो अभिव्यक्ति दिँदो रहेछ । यो सभ्य समाज र असल राजनैतिक चरित्र हुँदै होईन । यो त विनास र अधौगतिको संकेत मात्र हो । अरूलाई पीडा दिने अरूको मानमर्दन गर्ने विद्वता, कुनै अर्थमा विद्वता हुँदै होईन । त्यो त तित्रा शैली मात्र हो । महाभारतको सकुनी जस्तो ।यदुवंशको नास गराउन सकुनीले भाइ भाइमा द्वेश जगाउने सकुनी चाल नचालेको भए, आदर्श नारी कहलाएकी द्रौपदीले आफ्नो देवरलाई तुच्छ वचन नबोलेको भए । दुशासनले बृहत सभामा आफ्नै भाउजुको लज्जाबोध हुने दुष्कर्म नगरेको भए, महाभारत युद्धको परिकल्पना हुने थिएन सायद । कौरव वंश नासको त के कुरा । यो युद्धमा गल्ति दुवै पक्षको छ । तर मात्रामा कौरवहरूको अति धेरै । जहिल्यै असत्यको पृष्ठपोषक ।यही प्रसंगसँग मेल खाने प्रकृतिका परिदृष्यहरू मडारिन थालेको आभास हुन्छ मुलुक भित्र अहिले ।हामी हाम्रो मूल राज्य सभामा यस्तै सकुनीहरू, दुशासनहरू द्रौपदीहरू यत्र, तत्र,सर्वत्र मडारिईरहेका देखेका छौँ । नेपालको वर्तमान परिप्रेक्क्ष्यमा को युधिष्ठिर हुन् र को दुर्योधन हुन् ? छुट्टयाउन मात्र वाँकी रहेको छ । आम जनताको हित र कल्याणको लागि यो शुभ संकेत हो र ? “सम्बृद्ध नेपाल सुखी नेपाली “ निर्माण गर्ने मार्ग चित्र यही हो र?
हाम्रा घोषित, अघोषित वा स्वघोषित राज नेताहरूले सत्ताको सोपान उक्लनलाई मात्र उपलव्धी ठानेका छन् त? विगतदेखि वर्तमानको विश्व राजनैतिक गतिविधिलाई नियालेर हेर्दा सभ्यताका उषाकालदेखि नै राज्य र सरकार, जनताको हितको लागि वनेको राजनैतिक दार्शनिकहरूले व्याख्या विश्लेषण गरेका छन् । हुनु पर्ने पनि त्यही होईन र? राज्य र जनताको हित विपरित काम गर्ने विश्वका कैयन राज नेता भनिएकाहरू फाँसिको तख्तामा लट्किनु परेको तीतो यथार्थ पनि देखिएको छ । हामी कामना गरौँ हाम्रा नेताहरू जानेर नजानेर वलजफ्तिले यो हद सम्म पुग्ने प्रयत्न नगरून् । जनता बलवान छन् । कुनैदिन तिनै जनताको जनअदालतमा पुगेर नेताले शीर निहुर्याउनु पर्ने निर्लज्ज घुँडा टेक्नु पर्ने दिन नआवोस् ।
केही ठूला भनिएका दलका नेताहरूले आफू ठूलो भएको हुँकार ओकली रहेको पनि देखियो ।कति साँसदहरूले त आफू पार्टीको गाली गलौज विभाग सम्हालेरै वसेको जस्तो दृष्य पनि देखिन्छ । उहाँहरूले कसैलाई शब्दवाण हानीरहनु भएको अवस्थालाई राम्ररी हेर्दा, मुखाकृतिलाई पढ्दा कहिले घाइते बाघ जस्तो त कहिले महिषासुर दैँत्यलाई बध गर्न लागेकी दुर्गा माता जस्तै देखिन्छन् । यो हेर्दा लाग्छ उनीहरूले सभ्यता संस्कारको कुनै अध्ययन नै गरेका छैनन् ।
संख्याले ठूलो भएको दल र असल व्यवहार र चरित्रले ठूलो भएको दलविच आकास जमिन अन्तर छ भन्ने हेक्का राख्न आवस्यक सल्लाह दिम चाहान्छु , म ती दंभले मस्त भएका नेता ज्यूहरूलाई । दँभ घमण्ड र अहँकार राजनेताहरूको शोभाको वस्तु हुँदै होइन । त्यस्तो निच व्यवहार देखाएर राज्यको उपल्लो तख्तामा उक्लनु राज्यको पनि दुर्भाग्य ठान्नु पर्दछ।
यद्धपि विद्वान प्लेटोको आदर्श राज्य विगतदेखि वर्तमान सम्म अनुभूति गर्ने परिस्थिति वनेन सायद विश्वमा । उनले आदर्श राज्यको शासक यति सक्षम, यति विद्वान र लोभ माया मोहबाट टाढा रहनु पर्दछ भनि शासकलाई सम्पति र परिवारमा साम्यबाद हुनुपर्छ र उसको अर्जुन दृष्टि जनताको हित हुनु पर्दछ भनेका छन् । यो भनाई लगभग २४०० वर्ष अघिको हो । आज देशमा धेरै मानिसहरूले कार्लमाक्सको नाम जप्ने गरेको, उनको तस्वीर सिह्रानीमा राख्ने गरेको, फोटो गोजीमा वोक्ने गरेको पाउँछौँ । मलाई प्रश्न गर्न मन लाग्छ । आदर्श व्यक्तिको फोटो गोजीमा राखेर भित्तामा टाँसेर उनको आदर्शलाई व्यवहारमा उतार्न सकिएला त ? कार्लमाक्सले प्रतिपादन गरेको सिद्धान्तमा राज्य विकासको क्रममा वर्ग संघर्ष हुँदै जब समाजले समाजवादको भर्याङ् चढ्न सफल हुन्छ, त्यस पछिको शुन्दर पक्ष भनेको मानिसको चेतनाको तीव्र विकास, मानवहित र कल्याणको कारण राज्य राज्यविहिन स्वर्गीय अवस्थामा पुग्छ भनेका छन् । के आज राज्य त्यही वाटो तिर नै लागि रहेको छ त ? सिद्धान्तको माला एकातिर जप्ने अनि व्यवहार भने ठिक उल्टो तरिकाले परिचालन गर्दा पार लाग्न सक्छ त ? जिम्मेवारी वहन नगरी गन्तव्यमा पुग्न सकिन्छ त ? हरेक काममा अपनत्व कसरी प्रस्तुत गर्न सकिन्छ ? भन्ने वारेमा एउटा सानो बालिकाको कथासंग जोड्न चाहान्छु । एउटा सन्त उकालो चढिरहेका थिए । उनले बाटामा एउटा ८ वर्षकी वालिकाले आफ्नो सानो भाई बोकेर उकालो चढिरहेकी देखे । यो दृश्य देखेर सन्त भावुक बने ।ती सानी नानी प्रति उनको दया भाव जाग्यो । कारूणिक स्वरमा उनले वालिकालाई सोधे “तिमी आफै यति सानी छ्यौ।आफू समानको भाई बोकेर उकालो चढीरहेकी छ्यौ । तिमी गलिनौ?” ती नानीले जवाफ दिइन “यो मेरो भाइ हो “सन्तले पुन ः प्रश्न गरे “होइन होइन मैले सोधेको तिमी गलिनौ ।” नानीले पुनः जवाफ दिइन् “यो मेरो भाइ हो“। सन्तलाई लाग्यो नानीले उनको प्रश्न नै वुझिनन् । उनले पुनः प्रश्न गरे “मेरो प्रश्न हो तिमी गलेकी छैनो ?” नानीले चिच्याएर जवाफ दिइन् “ त्यही त भन्दैछु यो मेरो भाइ हो।”
बाटो कठिन थियो । पानीको सुविधा थिएन । जसरी पनि भाईलाई घर पुर्याउनु थियो । त्यसैले आफू समानको भाइ वोकेर उकालो चढ्दा ती सानी नानीलाई गलेको अनुभूति नै हुन पाएन । हो जिम्मेवारी भनेको यो हो । अपनत्व भनेको यो हो । जस्तो सुकै संकट र अप्ठ्याराहरू आईपर्दा पनि त्यसको वेवास्ता गरि गन्तव्यमा पुग्न अनवरत लागि पर्ने । हाम्रा नेताहरू पनि व्यक्तिगत गाली गलौज र निहित स्वार्थबाट माथि उठेर यी सानी नानीमा जस्तो जिम्मेवारी बोध र अपनत्वको भाव जागिदिए देश दुई कदम भए पनि अगाडि बढ्ने थियो कि ?
अस्तु