ढाका उत्पादनको “हब” बन्दै दमक
दमक/ घरको प्यासेज होस् वा आँगन, बाहिर बरण्डा होस् की शीतल छानो भएको गोठ, भान्सा कोठा होस् की सुत्ने कोठा कतै पनि खाली छैन । सबै ठाउँमा कपडा बन्ने तान लगाइएको छ । कोही साडी बुन्दै छन् त कोही ढाका टोपी, कोही रुमाल त कोही सुटको कपडा बुन्दै छन् । घरमा भएका परिवारको मुख्य काम नै ढाका कपडा बन्ने गरेको पाइन्छ । चाहे ति घर धनी हुन् वा डेरा बस्ने सबै एउटै काममा ब्यस्त हुने गरेको पाइन्छ । झापाको दमक नगरपालिका–१ को एउटा पूरै बस्तीमा हिजोआज ढाका कपडा बुन्ने काममा ब्यस्त रहेका छन् ।
एउटा साँघुरो कोठा एक कुनामा किचन ्ररयाक, अर्को कुनामा दुइ दुईवटा तान छन् । यि दुवै तानमा दुई जना महिला ढाका कपडा बुन्न ब्यस्त छन् । खाना पकाउँदै छोराछोरीलाई खुवाउँदै कपडा बन्न सजिलो हुन्छ । खाना पनि पाक्छ, एकदुई हात कपडा पनि बुनिन्छ, यसैले किचनमा नै तान राखिएको हो । पाँचथर जिल्लाको मिक्लाजुङ–७ की दिलु लिम्बूको डेरामा बसेको कोठामा नै ढाका कपडा बुन्ने गर्दछिन् । श्रीमान हस्तबहादुर लिम्बू वैदेशिक रोजगारमा गएपछि छोराछोरी पढाउन डेरा बस्न थालेको बताइन् ।
लिम्बू डेरा बसेको केही दिनदेखि ब्यस्त भएको बताइन् । उनीसंगै धनकुटा जिल्लाको चौबिस गाउँपालिका–८ बस्ने एक युवती (नाम उल्लेख नगर्ने शर्तमा) एउटा तानमा कपडा बुन्न ब्यस्त छिन् । कक्षा–१२ को पढाई सकेर दमकमा डेरा बस्न आएकी उनले वरिपरि सबैले कपडा बुनेको देखेपछि आफू पनि यो काममा लागेको बताइन् । अरु केही सीप सिकेको थिएन । पढ्न पनि सकिएन । अनि कसरी गुजारा चलाउने भनेर तनाव भइरहेको थियो । दमक आएपछि कपडा ढाका कपडा बुन्न थालेँ, अहिले यसैमा ब्यस्त छु उनले भनिन् । आम्दानी पनि राम्रो छ । उनीहरु जस्तै दमक नगरपालिका– १ को पूरै गाउँमा ढाका कपडा बन्ने गरिएको छ । यहाँ बसोबास गर्ने अधिकांश महिलाको दैनिकी हिजोआज यस्तै ब्यस्ततामा बित्ने गरेको छ । यहाँ डेरा बस्नेदेखि लिएर घरधनी महिला समेत ढाका कपडा बन्ने काममा ब्यस्त हुने गरेका छन् । यो क्षेत्रका महिला भने आफ्नै काममा ब्यस्त हुने गरेका छन् यसले गर्दा महिलाको ब्यक्तिगत जीवन समृद्धितर्फ अघि बढेको छ । भने दिनभरी जाँड रक्सी बनाएर बेच्ने काम समेत बन्द भएको अर्की महिला पुजा कुमालको अनुभव छ । लगभग एक दशकदेखि चाहीँ यो क्षेत्रका एक हजारभन्दा बढी महिला ब्यावसायिक रुपमा ढाका कपडा बुन्ने काममा लागेका छन् । यहाँका प्रत्येक घरमा एकदेखि परिवार संख्या हेरेर चार÷पाँच वटासम्म तान रहेका छन् । उद्योग कार्यालयमा मा दर्ता गरिरहनु पनि नपर्ने, घरमा नै बसेर रात, साँझ, बिहान, बेलुका फुर्सदमा काम गर्न सकिने भएपछि अधिकांश महिला कपडा बुन्ने पेशामा लागेका हुन् ।
यस्तो काममा लाग्नेहरु दमक नगरपालिका–१ बढी थिए भने पछिल्लो समय ढाका कपडा बन्ने काम पूरै नगरमा विस्तार गरिँदै लगिएको छ । दमक नगरपालिकाले समेत यसरी कपडा बुन्न चाहने महिलालाई विभिन्न तहका तालिम समेत सञ्चालन गर्दै आएको छ । दमक नगरपालिकाकी उप–प्रमुख गीता अधिकारीका अनुसार अहिले नगरका १० वटै वडामा नै समूह गठन गरेर तालिम सञ्चालन गरिँदै आएको छ । त्यसबाहेक स्थानीय समूह मार्फत् पनि कार्यक्रम अघि बढिरहेको छ । खासगरी दमकको प्रथम नागरिक घिमाल समुदायका महिलालाई लक्षित गरेर ढाका कपडा बुन्ने तालिम प्रदान गरिँदै आएको छ । सबै समूहलाई कपडा बन्ने तालिम कपडा तान समेत उपलब्ध गराइएको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।
यसरी तालिम लिएपछि घरमा तान लगाएर परम्परागत रुपमा हातले बुनिने ढाका कपडा केही सहज छिटो समेत हुने गरेको छ ।
उनीहरुले एक सय रुपैयाँको रुमालदेखि २५ हजारसम्मका साडी बुन्ने गरेको बताउँछन् । यसका अलावा गलबन्दी, सल, दौरासुरुवाल, कोट, टोपी, झोला, ह्याण्ड ब्याग, पर्सका साथै महिलाका लागि कुर्ता, सुरुवाल, चौबन्दी, साडी, लेहङ्गा समेत तयार हुने गरेका छन् । यसरी तयार गरिएका ढाका कपडाले मागअनुसार धान्न नसकेको हस्तकला महासंघ झापाका सल्लाहाकार निरमाया पुलामी बताउँछिन् । यहाँ उत्पादन भएका कपडा धेरैजसो स्थानीय स्तरमा खपत हुने गरेका छन् । बाँकी केही विराटनगर, धरान, काठमाडौंमा खपत हुने गरेको छ भने केही विदेशमा निर्यात हुने गरेको छ । यहाँका महिला ढाका कपडा बुन्ने कामबाट आत्मनिर्भर मात्र बनेका छैनन् । विदेशी कपडा प्रतिस्थापनमा समेत सहयोग पु¥याएका छन् । वैशाखमा हुने स्थानीय निर्वाचनका लागि धनकुटामा सत्तारूढ गठबन्धनका दलहरूले तालमेल गरेर जाने सहमति गरेका छन् ।