दमक/ दमक नगरपालिकाकाले विभिन्न कार्यक्रमलाई पार्टीकरण गर्दै अनियमितता गरेको नेपाली काँग्रेसले आरोप लगाएको छ । जनताले तिरेको करको दुरुपयोग हुनुका साथै आफ्ना कार्यकर्तालाई पोस्ने नीतिप्रति नेपाली कांग्रेस सजग छ । अब हामी नछाड्ने भन्दै संघीय सांसद महेन्द्रकुमारी लिम्बूले अख्तियारसम्म जाने चेतावनी दिएकी छन् ।
दमकमा बुधबारदेखि आयोजना गरिएको दमक गोल्डकपप्रति प्रतिक्रिया दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सांसद लिम्बूले दमक नगरपालिकाले प्रतिपक्षहरुलाई पुरै उपेक्षा गरेको, आफ्नो मनोमानी ढंगले चलेको आरोप लगाउँदै दमक गोल्डकप आयोजना पनि त्यसैको उपज भएको बताइन् ।
दमक गोल्डकपप्रति हाम्रो विरोध होइन, व्यवस्थापनमा एकलौटी तथा पार्टीको कार्यक्रम जस्तो बनाएकोमा हाम्रो आपत्ती रहेको हो, म दमकमै रहिरहँदा उद्घाटन कार्यक्रममा नबोलाएर नेपाली कांग्रेस पार्टीलाई नै अपमान गरेको उनले बताइन् ।
गोल्डकप आयोजना हामी सबैको साझा बन्न सक्नु पथ्र्यो भन्दै नेपाली काँग्रेसकी संघीय सांसद लिम्बूले तर यस्तो हुन सकेन । उनले प्रतियोगिताको तामझम हेर्दा नेकपा एमालेले खेलकुदमा चुनावी राजनीति गरेको जिकीर गरिन् ।
उनले गोल्डकपमा हाम्रो पार्टी र त्यसलाई सफल बनाउन बनाउन गठन गरिएका कुनै पनि समितिमा बसेर सहयोग नपु¥याउन निर्देशन पनि दिइन् । २४ घण्टा भित्र गोल्डकपको कुनै पनि समितिमा बसेका काँग्रेस नेतृत्व, क्रियाशील सदस्यहरुले आप्mनो जिम्मेवारीबाट अलग हुन समेत उनले निर्देशन दिइन् । कार्यक्रममा बोल्दै काँग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले दमक गोल्डकप आयोजना हुनु खुसीको विषय भएपनि त्यसको कार्यशैलीप्रति तितो बोल्न बाध्य हुनुपरेको बताए । गोल्डकप प्रति काँग्रेसले असहयोग गर्न खोजेको नबुभ्mन आग्रह गर्दै उनले तर गोल्डकप कता कता एकपक्षीय जस्तो भएको टिप्पणी गरे । उनले भने, –‘दमक गोल्डकप मार्फत् दमकलाई चिनाउन खोजिए पनि यसको तामझाम भने एमालेले फुटबल खेलाए जस्तो देखिन्छ, यस्तो हुनु दुः खद हो ’
काँग्रेस क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यसहित प्रदेश सभा, दमकका काँग्रेस नेतृत्वहरुको उल्लेखीय सहभागिता रहेको सो पत्रकार सम्मेलनमा काँग्रेस प्रदेश
(ख) का सभापति रवि केसीले पनि दमक गोल्डकप यसअघिका गोल्डकप जस्तै देखिएको बताए । सीमित समूह, पार्टीबाट गोल्डकप परिचालित हुनु ठिक नभएको उनले टिप्पणी गरे ।
काँग्रेस दमक नगर सभापति प्रकाश प्रसाईले दमक गोल्डकप आयोजना हुनु स्वागतयोग्य भएपनि त्यसभित्र भने राजनीति गर्न खोजिएको आरोप लगाए । बाटोघाटो, विद्यालय, खोलानालामा स्थानीय सरकारले राजनीति गरेको उदाहरण दिँदै उनले यति हुँदाहँुदै पनि अब खेलकुदमा समेत राजनीतिकरण गरेर आफ्नाे अनुहार उदाङ्गो पारेको टिप्पणी गरे । पत्रकार सम्मेलनमा काँग्रेस १ नम्बर प्रदेश सदस्य भूमिराज राई, महाधिवेशन प्रतिनिधिहरु राजन ढुंगाना, रेगिना भट्टराई प्रसाई, आइन्द्र केरुङ, टिकाराज सापकोटा लगायतका युवा नेताहरु, नगरका पदाधिकारी, सदस्य तथा वडा सभापतिहरु, विभिन्न भूमिकामा रहेका पार्टी कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।