दमक, २३ कार्तिक
माया तथा सद्भाव फाउण्डेशन् (लभ एण्ड सपोर्ट फाउण्डेसन) नेपाल र सिक्किमको आयोजनामा झापाका वरिष्ठ गीतकार शिवशंकर थापा भारतको दार्जीलिङस्थित मिरिकमा सम्मानित भएका छन् ।
कार्यक्रममा विर्तामोडका गीतकार थापालाई भारतीय रुपैयाँ ५१ हजार राशी सहित सम्मानपत्रले सम्मानित गरिएको छ । त्यहाँका अग्रज श्रष्टा अशोक राईले थापा सहित प्रसिद्ध गायिका शान्ति ठटाल र गायक दीप श्रेष्ठलाई पनि सोही राशी सहित सम्मानित गरेका छन् ।
कार्यक्रममा, नेपाली संगीतका हस्ति स्वंर्गीय अम्बर गुरुङको प्रतिमाको समेत अनावरण गरिएको छ । प्रतिमाको अनावरणपछि शीला लामाको अध्यक्षता सम्मान कार्यक्रम सम्पन्न भयो । सो अवसरमा अरुणचन्द्र कुलुङ्को सम्पादन रहेको “अम्बर गुरुङ् स्मृति संग्रह“को बिमोचन भएको थियो । फाउण्डेसनका सस्थापक अध्यक्ष मनोज राई (युयसए), नेपाल अध्यक्ष लोकगायिका/सिनेकर्मी कविता आले, महासचिव संगीतकार आनन्द राई सहितका सर्जक एवं विभिन्न संघ, सस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।