देश–समाज मुख्य लेख विविध

यमपञ्चक अर्थात आर्थिक क्रान्तिपर्व

चक्रपाणि गौतम

    पूर्वीय सनातन धर्मानुयायीहरुले चन्द्रमास गणना विधि अनुसार कार्तिक कृष्णपक्ष त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल द्वीतियासम्मका पा“चदिनलाई यमपञ्चकका रुपमा मनाउने परम्परा रहि आएको छ । नेपाली जनजिब्रकोमा हामी यो समयलाई तिहार भन्दछौं । यो पर्वका पा“चै दिनका इतिकर्तव्यता  अलग अलग भएपनि मूल मर्म भने एउटै रहेको छ ।

-काग तिहार (प्राणी प्रेम )-
तिहारको पहिलो दिन सर्वभक्षी सचेष्ट र दीर्घायू पंक्षी कागको पूजा गरेर मनाइन्छ । हिन्दु धर्म अनुसार काग काल मृत्यु र शकुन अपशकुनको सन्देशबाहक पंक्षी हो । यसको बिकृत कालो रुप र कर्कस स्वर सुनेर मानव मन स्वत भयभित हुने गर्दछ । परन्तु सनातन धर्मको उदार चरित्रले कसैलाई पनि मन नपर्ने प्राणीलाई पनि प्रकृतिमा सम्मान र स्थान हुनु पर्दछ भनेर निर्देशन गर्दछ ।
सोहि दिन आयुर्वेदका आद्य प्रणेता भगवान धन्वन्तरीको अवतार भएको दिन हो स्वस्थ जीवनका लागि प्रकृतिका अनुपम उपहार वनस्पतिको संरक्षण र सम्बद्र्धन धन्वन्तरी जयन्तीको सन्देश पनि हो । भगवान धनवन्तरीको आयुर्वेद सिद्धान्त अनुसार “यस्य देशसय यो जन्तु स्तजजं तस्यौषधं हितम्” अर्थात जुन प्राणी वा मनुष्य जुन स्थानमा जन्मिएको हुन्छ उसका लागि त्यही ठाउँका वनस्पति र अन्नपानीमा औषधी बनेको हुन्छ, धन्वन्तरीका यो सार्वभौम दर्शन निरोग रहन चाहने संसारमा रहेका सबै देशका लागि मननीय र अनुकरणीय छ । यो जयन्ती र भगवान धन्वन्तरीको यो महान आरोग्य दर्शलाई मनन र अनुशरण गर्ने हो भनें औषधीमा परनिर्भर हुने हामी नेपालीहरुले हाम्रै प्रकृतिका अनुपम उपहार वन, वनस्पतिहरुको अध्ययन अनुसन्धान र औषधी निर्माण गरि औषधी किन्नका लागि विदेश पठाउने अरवौं धनराशी हाम्रै देशका वनस्पति विकाश र औषधी निर्माणमा खर्च गरेर हाम्रा वानस्पतिक औषधीहरु विश्व बजारमा पुर्याएर विश्वलाई स्वस्थ जीवन प्रदान गर्न पनि सकिन्छ । किन कि नेपाल विविध वनस्पति र अन्य प्राकृतिक सम्पदाले भरिपूणर् छ ।
-कुकुर तिहार ( सचेष्ट जीवन यापन )-
स्वामीभक्त आशक्त र मलभक्षी भनेर चिनिने कुकुर पनि काग जस्तै सचेस्ट र स्वतन्त्र प्राणी हो । यस प्राणीको क्रन्दनका आधारमा शकुनशास्त्रीहरुले शकुन, अपशकुन, बर्षा, विप्लव, उल्कापात र भूकम्प र मृत्युको पूर्वानुमान लगाउने गर्दछन् । यसकारण जीवनका हरेकखाले आपदाबाट सचेष्टता प्रदान गर्ने कुकुरको रक्षा र सम्मान पूर्वीय संस्कृतिको उदार परम्परा हो र यस परम्पराको अविच्छिन्नता सर्वदा कायम रहनु नितान्त आवश्यक छ ।
कुकुर तिहारकै दिन सा“झपख चौधवटा दियाहरु वालेर संकल्पपूर्वक घरको दक्षिण दिशामा यमराजका लागि राख्ने नियम छ । वास्तुशास्त्र अनुसार वासगृहको दक्षिणतिरको भाग सधैं खुला, सफा र प्रकाशयुक्त हुनुपर्दछ । वासस्थानमा गृहक्लेश अस्वस्थता अकालमृत्यु र अपव्यय पनि दक्षिण दिशाको वस्तुस्थिति हेरेरमात्र वास्तुशास्त्रीय निणर्य गरिन्छ । वास्तवमा सुखद वासगृह चाहनेले दक्षिण दिशाको सम्बेदनशीलतालाई जहिले पनि ध्यानमा राख्नु अति जरुरी छ । साथै धर्मशास्त्र अनुसार प्राणीको मृत्युपछि आत्माले उत्तर र दक्षिण दिशामध्ये कुनै एक दिशाको बाटो लाग्नु पर्दछ । उत्तर स्वर्गीय र दक्षिण नारकीयमार्ग हुन् । अतः अन्धकारयुक्त नारकीय मार्ग गमनप्रति सचेष्ट बन्न पनि यी चौध दीपक बाल्ने गरिन्छ ।
सोहि दिनको भोलिपल्ट गरिने लक्ष्मीपूजाको पूर्वतयारी पनि गरिन्छ । भने अकाल मृत्यबाट बच्न र बचाउन विपन्न र अभावग्रस्तहरुलाई अन्न कपडा दान गर्ने नियम पनि छ । आफू बैभव र सम्पन्नतामा रमेर लक्ष्मीपूजा गर्दै गर्दा आफ्ना वरिपरीका धनहीन छरछिमेकीलाई कुनै अभाव नहोस भनेर नरक चतुर्दशीका दिन विपन्नहरुलाई अन्न कपडा दान गर्ने शास्त्रनिर्देश छ । ठूला उद्योगपति र व्यापारीहरुले पनि आफ्नो बैभवबृद्धिमा तनमनले सहयोग गर्ने आफ्ना मजदूर र उनीहरुका परिवारका सदस्यहरुलाई उपहार, सम्मान र अतिरिक्त नगद दिने नियम छ र यो नियम आजसम्म पनि घरानीया उद्यमीहरुले यथावत पालन गरिरहेका छन । यसरी अशक्तदेखि शक्तिशालीसम्म, विपन्नदेखि शक्तिशाली उद्यमीसम्म सबै धनमान र बैभवले सम्पन्न भएपछि अनि सुरु हुन्छ महालक्ष्मीपूजा ।
-लक्ष्मीपूजा (आर्थिक क्रान्ति योजना)-
लक्ष्मीपूजाको परम्परा सनातनदेखि चलि आएको अविच्छिन्न परम्परा हो । यो उत्सवमा गरिने सबै कर्महरुको वैज्ञानिक सामाजिक र सांस्कृतिक विश्लेषण गर्ने हो । इतिहास अध्ययन गर्ने हो भनें संसारलाई संस्कृति र सभ्यता सिकाउने आर्यावर्त कृषि अर्थ र वाणिज्यमा संसारमा सबैभन्दा समुन्नत थियो । पृथ्वीको भौगोलिक अवस्थालाई अध्ययन गर्ने हो भने ध्रुवीय प्रदेश र अन्य धेरै देशहरुमा ऋतुचर्या कम हुन्छ एकै खाले जलवायुका कारण निश्चित प्रकारका अन्न र अन्य खाद्यवस्तुहरुमात्र उत्पादन हुन्छन् भनें आर्य सभ्यताको उद्गमस्थल आर्यावर्तमा कालचक्र अनुसार ऋतु परिवर्तन भइरहन्छ अनि भिन्न भिन्न ऋतुहरुमा विशिष्ट गुणयुक्त शक्तिसम्पन्न फलफूल, औषधी र वनस्पतिको उत्पादन भइरहन्छ । यसकारण भारतवर्षका देशहरु फल, कपास, अन्न र औषधीमा थिए र अहिले पनि छन् ।
जीवनका प्राथमिक वस्तु भनेका अन्न कपडा र आवास नै हुन् । यसबेला संसार हाम्रो भूमीमा उत्पादित अन्न कपडाका कारण चिन्तामुक्त भएको हुन्थ्यो । यसर्थ सुख समृद्धिको निश्चित भविष्यप्रति निश्चिन्त संसारका मानिसको मन उत्सवमय हुन्थ्यो । अन्न र कपडाको प्रसस्तताले खुसी नागरिकहरुले राज्यलाई बुझाउने सम्पूणर् कर पनि बुझाइसकेका हुन्थे । यसरी सबैतिरबाट चिन्तामुक्त भएका नागरिकहरुलाई आ आफ्ना शासकहरुले विभिन्न क्षेत्र प्रान्त समुदायका आधारमा समूह विभाजन गरि शास्त्रको निर्देशन अनुसार दक्ष आचार्य र गुरुहरुको निगरानीमा खेलकूद, नाँचगान, महिला सम्मेलन ब्यापारीको सम्मेलन गर्दै उत्पादित अन्न र कपासको निर्यात तेजनी मन्दीको पूर्वानुमान, दूध दूग्धीय पदार्थको उत्पादन अनि पशुहरुको नश्ल सुधार र आयात निर्यातमा धर्मपूर्वक चर्चा गरिन्थ्यो । किसान ग्रामीणजनहरुले आयोजना गरेका खेलकूद, गीत संगीत, कला कौशल प्रदर्शनमा प्रतिस्पर्धीहरुबीच विजयको पूर्वानुमान गरि बाजी थाप्दथे । उत्कृष्टकला प्रदर्शन गर्नेलाई राज्यले पुरस्कृत गर्दथ्यो । विभिन्न समूहहरु घरघरमा गएर आफ्ना मौलिक संस्कृति र कला प्रदर्शन गर्दै आफ्ना मौलिक सांस्कृतिक पक्षहरुलाई समुन्नत बनाउन उत्साहित हुन्थे यसमा राज्यको प्रत्यक्ष निगरानी र सहयोग समर्थन रहन्थ्यो । यसकारण मानव सभ्यताविकासको सुत्रपात भएसंगै प्रारम्भ भएको दीपावलीको शास्त्रीय संस्कृति राष्ट्रोत्थानको गरिमामय र विशिष्ट पर्व हो । धर्मशास्त्र र इतिहास ग्रन्थका आधारमा दीपावलीका सम्बन्धमा वणर्न र पुष्टि भएका श्रुति र जनश्रुतिहरु पनि देश, काल र समय भेदले सबै सत्य नै हुन् ।
दीपावलीका दिन सबैले आ आफ्ना आवास, बाटो, गल्ली, चोक, चौतारा, सबै स्वच्छ सफा र सुन्दर पारेर सजाउने परम्परा छ भनें दिनभर आफ्ना दिवंगत पितृहरुको श्रद्धास्मरणमा निराहार ब्रत बस्ने नियम छ । स“ाझपख आआफ्ना घर कार्यालय वा ब्यापारिक प्रतिष्ठानमा सुन्दर दीपकहरु बालेर लक्ष्मी गणेश नवग्रह मातृका पूजन गरि इश्वर साक्षी राखेर नया“ हिसाव किताव र कारोवार प्रारम्भ गर्ने गरिन्छ । यसरी उल्लासमय वातावरणमा महालक्ष्मीको पूजन गरेर आ आफ्ना कर्म र प्रारब्ध अनुसार प्राप्त धन सम्पत्तीको श्रेय आफ्ना पितापुखौलाई दिदै आफू भन्दा ठूला व्यक्तिको आशिर्वाद लिई सपरिवार भोजन गर्ने परम्परा छ । यस सनातन संस्कृतिले हाम्रा भावी सन्ततीलाई पारिवारिक एकताको सुत्रमा अनुबन्ध गराउन प्रेरित गराउनुका साथै आफ्नो कुल परम्पराको गरिमामय मर्यादालाई अक्षुण्ण राख्न मनोवैज्ञानिक बाध्यता र प्रेरणा प्रदान गर्दछ । यस पुनित कार्यले परम्परागत सुसंस्कारलाई अनुशरण गरि सुखि जीवन बनाउन सहयोग गर्दछ । श्रमपूर्वक धन आर्जन र त्यागपूर्वक उपभोग भन्ने सनातन मान्यतालाई दीपावलीको यो पर्वले अझ समुन्नत बनाएको छ ।
-गोबर्धनपूजा र अन्नकूट (सहअस्तित्वको विचार निर्माण )-
प्रतिपदा तिथि गाई र गोवंश पूजनको तिथि हो । हामी एउटा सरल प्राणीलाई बन्धक बनाएर आफू अनुकूल ब्याख्या गरि आफ्नो स्वार्थ पूरा गरिरहन्छौं । स्वतन्त्रताको जन्मसिद्ध अधिकार हनन् गरेर गलत परिभाष दिदै पशुको श्रमशोषण र दोहन गरिरहन्छौं । विचरा पशुलाई हाम्रो सेवा गर्न के आवश्यकता छ र हाम्रो दासता स्वीकार गरोस् । उसलाई कुन बाध्यता छ र आफूभन्दा कैयौ गुणा ठूलो भारी बोकोस् अनि मरोस् दुखद र उपेक्षित बृद्धाबस्थाले । पशु हामी भन्दा धेरै शक्तिशाली भएर पनि हाम्रो बन्धक बनेर हाम्रालागि निरिह बनिदिन्छ । के उसको कुनै अधिकार नै छैन र ? उसको शरीर र स्वास्थ्य रक्षा गर्नु हाम्रो दायित्व हैन र ? यसकारण गोवंशको स्वास्थ्यरक्षा, बृद्धावस्थामा उचित स्याहार र नश्लसुधारका लागि राष्ट्रिय सम्मेलन चिन्तन र बहस हुनुपर्दछ । अनि घर घरमा गाई र गोवंश पालिनु पर्छ पुजिनु पर्छ । हलतिहारको महत्व यही हो ।
हल तिहारकै दिन अन्नकूटको पनि आयोजना गरिन्छ । मौसम परिवर्तनको संघारमा टोल टोलका किशानहरुले आआफ्ना खेतवारीमा उब्जाएका नया“ अन्नलाई एकै ठा“उ भेला पारेर छप्पन प्रकारका परिकार बनाई अन्नदाता परमात्मालाई समर्पण गरि इश्वरका अगाडि बसेर सहभोज गर्ने गरिन्छ । यस अन्नकूट महोत्सवले सहअस्तित्वको कति ठूलो भूमिका निर्वाह गर्दछ कल्पना गरौं । समाजमा विद्यमान विभेद र स्पर्शास्पर्श जस्ता कुराहरु घरमा होलान् तर पृथ्वीप्रदत्त अन्न र अन्नदाता परमात्माका अगाडि छँदै छैनन् ।
-भाईटीका ( नम्रता सृजन )-
दाजुभाई दिदी बहिनीबीचको सम्बन्धलाई प्रगाढ र दृढ बनाउने यो दिन सद्भाव सौहार्दता र सहृदयताको उपोद्घात र नवीकरणको दिन हो । धर्मशास्त्र अनुसार चेलीको रक्षा माइतीको दायित्व हो । यदि चेलीको मन नदुखाइ माइतीले चेलीलाई शिक्षा दीक्षा र रक्षा प्रदान गरेको छ भनें माइतीलाई आइपरेका विषम् परिस्थितिमा जस्तोसुकै मूल्य चुकाएर भएपनि चेलीले माइतीको रक्षा गरेका वीर नारीका इतिहासका कथाहरु सनातन संस्कृतिमा पर्याप्तमात्रामा पाइन्छन् ।
भाईटीकाका रुपमा निधारमा टीका लगाई चेलीले माईतीरुपी गर्वी पुरुषलाई घमण्ड गरि आफूलाई पथभ्रष्ट गरे अकालमृत्यु पनि हुनसक्छ । त्यसैले सधै नम्र ,उदार र चरित्रवान हुनु भनि बैष्णवी शिक्षा दिदै दीक्षागुरुको जस्तो अति महत्वपूणर् भूमिका निर्वाह गर्नु भाईटीकाको अन्तरनिहित सत्य हो । अन्त्यमा तिहार हाम्रालागि संस्कृति सभ्यता र आर्थिक क्रान्तिको पर्व बनोस्, प्रकाश पर्वको शुभकामना ।

You may also like