अपराध देश–समाज राजनीति राष्ट्रिय समाचार

रविसहित ४ जनालाई पुनः १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

पोखरा/ सहकारी ठगी प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहित ४ जनालाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आइतबार कास्की जिल्ला अदातलमा पेस गरेको थियो ।
म्याद थपका लागि भएको बहस सकिए पछि अदालतले लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । आइतबारको बहसमा न्यायाधीश नवराज दाहालको इजलासमा पीडितहरुको तर्फबाट कृष्णप्रसाद जैसीले बोलेका थिए भने रवि लामिछानेले पनि बोल्न दिइएको थियो । उनले आफूमाथि राजनीतिक प्रतिशोध साधेको र रकम हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको पुरानै अडान दोहो¥याएका थिए ।
बहसमा रविको तर्फ वरिष्ठ अधिवक्ता सुशील पन्त, मेघराज पोख्रेल, नारायण घिमिरेले बहस गरेका थिए । एउटै मुद्दामा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगनाथ ढकाल र कृष्णबहादुर थापाले बहस गरेका थिए ।
यसैगरी, जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र सहकारी पीडितका तर्फबाट अधिवक्ता युवराज पराजुली र बीबी विष्टले बहस गरे । रास्वपाको पार्टी कार्यालय काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । यसअघि प्रहरीले लामिछानेलाई म्याद थपका लागि गत मंगलबार अदालतमा उपस्थित गराएको थियो । जिल्ला प्रहरी
रविलाई…कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको समेत साथ लिएर सम्पत्ती शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरिरहेको छ । लामिछानेका आफन्तका कारोबार तथा विदेश रकम पठाएको तथ्यसमेत खोजी गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन् ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।

Author

You may also like