Banner विचार/वहस विविध

पथरी बजारको व्यवस्थापन सुरुवात

युवराज बास्कोटा यज्ञ

कैयौं चियापान पसलदेखि लिएर यदाकदा विभिन्न नाउँ, निहूँ र बहानामा हुने भेटघाटमा पथरी बजारमा पछिल्लोपटक व्यवस्थित गरिएको बस स्टेण्डबारे चर्चा चल्दो रहेछ ।
व्यक्तिका आ-आफ्ना रुचि होलान् ! स्वार्थ होलान् ! यसलाई पस्कने पनि आफ्नै शैली होला तर सार्वजनिक महत्वका हिसावले हेर्ने हो भने पथरी शनिश्चरे १ का वडाध्यक्षको जिम्मेवारीमा भीमकुमार राई आइकन जे गर्नुभएको छ, निश्चय नै राम्रो गर्नुभएको छ ।
इतिहासले भन्छ- टहरामा चलेको चियापसलदेखि आरम्भ भएको पथरी बजार- पथरी बजार निर्माणमा योगदान गर्नुहुने पुस्ताले हेर्दाहेर्दै भाग गर्न सकिने समुन्नत पथरी बजार बनेको छ । समृद्धिका आधारहरू लिएर अघि बढेको छ ।
पूर्वोत्तर मोरङको आकर्षक बनेको पथरी बजारमा पुलिस र प्रशासन केन्द्रबाहेक यतिबेला दर्जनौँ विद्यालय, ठूलो कारोबार र यसलाई सञ्चालन गर्ने दर्जनौँ वित्तीय संघसंस्था, मठमन्दिर, देवालय, चर्च, गुम्बा, मनोरञ्जन केन्द्रहरू, अस्पताल र औषधालय, विभिन्न जाति, भाषा, धर्म, संस्कार र संस्कृति आधारित मानिसबीच परस्पर हार्दिकता, सद्भाव र सहिष्णुवत् बाक्लो बसोबास आदिका कारण दिनहुँजसो बिहानैदेखि अबेर साँझसम्म घुइँचो लाग्ने र बढ्ने गरेको छ । यसको व्यवस्थापन आवश्यक थियो । वडाध्यक्ष राईको नेतृत्वमा गर्नुभयो, राम्रो भएको छ । यसरी नै नगरकार्यपालिकाको कार्यालयको व्यवस्थापन भइदिएको भए…!


मानवमैत्री पर्यावरण र वातावरण व्यवस्थापनका दृष्टिकोणले पनि शहरभन्दा अलगथलग राख्नु हाम्रो हो । ट्राफिक कार्यालयको अघिल्तिर हुने कुराले सुरक्षा र दुर्घटनाजन्य अवस्थाको पनि यसले समोचित् व्यवस्थापन गरेको छ । यो निकै बुद्धिमतापूणर् कामको उठान र व्यवस्थापन भएको छ । पश्चिमतर्फको बस स्टेण्डलाई अझ शिविर स्टेण्डसम्म लगिएको भए मनमोहन-गान्धी मार्गसँग जोडिएको साविक शनिश्चरे खण्डको समेत मनोभावको समेत सम्बोधन हुने थियो, असहजताको व्यवस्थापन हुने थियो ।
सिर्जनाशील चेत अभावमा कुरा काट्नेले गर्ने यतिमात्र हो । ज्ञान र जीवनसँगको दुरीलाई कम गर्न अविश्राम ढंगले नाउ खियाउनुपर्ने हुन्छ, जान्दैन वा सक्दैन । त गरोस् के ? कसैप्रति नानाथरि लेख्नु र नकारात्मक टिप्पणीमा रमाउनु उसको धर्म हो । यसलाई पनि म अस्वाभाविक मान्दिनँ, स्वभाविक र सहज ढंगले ग्रहण गर्छु ।
बस स्टेण्ड जहाँ जसरी व्यवस्थापन भएको छ, यो राम्रो छ । सम्बद्ध सबैलाई हार्दिक सलाम !

You may also like