खेल देश–समाज राष्ट्रिय समाचार

टी–२० सिरिजको तेस्रो खेलमा नेपालको क्लिन स्वीप

दमक । नेपालले अमेरिकाविरुद्धको टी–२० सिरिज क्लीन स्वीप गरेको छ । टी–२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लीन स्वीप गरेको हो । अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरेका थिए । आसिफले टी(२० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन् । त्यस्तै, अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए । यसैगरी, अमेरिकाका बलर जुआनोय ड्राइसडा र जसदीप सिंहले एकरएक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउदै १५६ रन बनाएको थियो । अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सवधिक ६८ रन र मिलिंद कुमारले ४३ रन बनाएका थिए । त्यस्तै, नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक÷एक विकेट लिएका थिए । योसँगै नेपालले तीन खेलको सिरिज ३–० ले जितेको छ । नेपालको टी–२० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लीन स्वीप गरेको यो पहिलो पटक हो । नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आइसीसी विश्वकप लिग–२ को सिरिज खेल्नेछ ।

Author

You may also like