देश–समाज राजनीति समाचार स्थानीय

झापा क्षेत्र नंं ५ मा सुरक्षाकर्मी थपिँदै

देशकै चर्चाको शिखरमा रहेको झापा क्षेत्र नंं ५ मा चुनावी थ्रेट बढेको सुरक्षा निकायले निश्कर्ष निकालेको छ । यहाँबाट झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह लगायतको उम्मेदवारी छ । यि दुई दलका कार्यकर्ता विच उम्मेद्वारी दर्ताकै दिन समेत घम्साघम्सी परेको थियो । सुरक्षा अधिकारीहरुले जिल्लाका सुरक्षाकर्मीले नपुग्ने देखेर बाहिरबाट थप सुरक्षाकर्मी मगाइएको छ । जनपद र सशस्त्र गरी दुवै सुरक्षा निकायले माथिल्लो निकायबाट थप सुरक्षाकर्मी माग गरेका छन् । झापा ५ मा आँकलन गरिएको भन्दा बढी सुरक्षा चुनौती देखिएकाले जिल्ला सुरक्षा समितिमा निर्णय गरी माथिल्लो निकायबाट थप जनशक्ति मगाइएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । उनले जिल्लाका सुरक्षा निकायले झापा ५ लाई बढी संवेदनशील लिएको जानकारी दिए ।
झापा ५ कै लागि कोशी प्रदेश प्रहरी कार्यालयबाट सयभन्दा बढी सुरक्षाकर्मी मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । त्यस्तै सशस्त्र प्रहरी बलले पनि बाहिरबाट थप सुरक्षाकर्मी मगाएको छ । जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि थप सुरक्षाकर्मी मगाउने विषयमा जिल्ला सुरक्षा समितिको बैठकमा छलफल भएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका गणपति तुलबहादुर भण्डारीले जानकारी दिए ।
फेरिए सुरक्षा प्रमुख
प्रतिनिधीसभा सदस्य निर्वाचनको संघारमा झापाका प्रहरी प्रमुख फेरिएका छन् । केहि दिन अघि भएको सरुवाको निर्णय अनुसार साविकका जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजन लिम्बूको केन्द्रीय कार्यालयमा सरुवा भएको छ । उनलाई झापा उद्योग वाणिज्य संघले सम्मानसहित विदाइ गरेको छ । एकवर्षे कार्यकालमा झापामा विवादरहित ढंगले उद्योगी–व्यवसायीलगायत झापाली नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघका कार्यवाहक अध्यक्ष राजकुमार राईले सम्मानपत्र हस्तान्तरण एसपी लिम्बूलाई विदाई गरेका थिए । लिम्बूको विदाईसँगै झापा प्रहरी प्रमुखको जिम्मेवारी बसुन्धरा खड्काले सम्हालेकी छन् ।

Author

You may also like