दमक/ झापाको कमल ५ सिम्लेका बासिन्दाले अव्यवस्थित बसोबास समस्याको दिगो रुपमा समाधान गरि दिन माग गरेका छन् । यहाँका फक्तालुङ् र चोलुङ् दुई टोलका करिव ४ सय परिवार धनिपूर्जाको पखाईएमा छन् । वडा सदस्य चुरुङ्हाङ् लावतीका अनुसार यहाँ झण्डै ५ दशक अघि देखि बसोबास हुँदै आए पछि अव्यवस्थित बसोबासीको समस्या समाधान नहुँदा बस्तिनै धनिपूर्जा बिहिन हुनु परेको हो ।
यो बस्ति रतुवा र चाँजु खोलाको टापुको रुपमा रहेका छ । दमक तर्फबाट जाँदा ईलामको चुलाचुलीसँग सिमाना जोडिएको यो बस्तिको मुख्य समस्या जग्गाधनी प्रमाणपूर्जाको हो । यो बस्तिमानै अव्यवस्थित बसोबासीको समस्या रहेकाले सिम्लेबासी धनीपुर्जाको पर्खाईमा रहेका छन् । केहि वर्ष अघि सम्म रतुवाको बाढीमा ज्यान दाउमा राखेर बजार धाउनु पर्ने अवस्था थियो । तर रतुवा खोलामा पक्कि पुल बने पछि यो समस्या समाधान भएको छ । यस्तै घरै अघि सम्म कालोपत्रे सडक समेत पुगे पछि अत्यावश्यकीय सेवाका लागि दमक सम्म आउन पनि सजिलो छ । विद्युतको सुविधाले सिटी सफारी चलाएर स्वरोजगार हुने अवसर पनि खुलेको छ । तर सवै भन्दा मुख्य समस्या धनीपूर्जा अभावको हो । यहाँका वडा सदस्य लावतीका अनुसार बाटो, पुल र बिजुलीले जनजीवनलाई धेरै सहज बनाएको छ । यस्तै स्थानीय सरकार आए पछि बस्तिमै स्वास्थ्य चौकीको ईकाई पनि स्थापना गरिएको छ । तर मुख्य समस्या अव्यवस्थित बसोबासको बाँकिनै रहेको छ । पाडाजुङ्गी तर्फ जाने बाटोमा पर्ने खोलामा झोलुङ्गे पुल समेत निर्माण शुरु भएको उनले जनाए । ‘हुन त सिम्लेले काँचुली फेरि सक्यो, सवै विकास भई रहेको छ’ उनले भने, ‘तर यो अव्यवस्थित बसोबासको समस्या समाधानमा अलिक ढिला भयो, अब चाँहि चुनावी पछि होला भन्ने आशामा छौं ।’
स्थानीय वृद्ध केदारनाथ खतिवडाका अनुसार सुविधाका हिसावले यो ठाउँनै नयाँ बनेको छ । तर जग्गाको नापजाँचको पुरानो समस्या भने उस्तै छ । रतुवामा पुल नहुँदा खोलामा ज्यान हत्केलामा राखेर दमक सम्म पुग्नु पथ्र्यो । अचेल त्यो समस्या छैन । तर जग्गाको समस्या पनि समाधान हुन पाए अरु समस्या आँफै समाधान हुने खतिवडाको अपेक्षा छ । यहाँकी हरिमायाँ खड्काको भने दुखद् अनुभव पनि छ । केहि वर्ष अघि आँफै बिरामी हुँदा छोराले बाढीमा दुवै जनाको ज्यान दाउमा राखेर बोकेर खोला तार्नु परेको थियो । तर अहिले घरै अघि कालोपत्रे छ र चाहेको बेला सिटी सफारी, अटो लगायतका सवारी साधन पाईन्छ । अरु सुविधाहरु क्रमिक आए पनि जग्गाको टुङ्गो नलाग्दा ढुक्क हुन नपाएको उनले बताईन् । यस पटकको निर्वाचन पछि भने आफुहरुले भोग्दै आएको अव्यवस्थित बसोबासको समस्या पनि साधान होला भन्नेमा उनको अपेक्षा छ ।