देश–समाज

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनको तेस्रो बैठक आजदेखि सुरु

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी तेस्रो बैठक भारतको नयाँ दिल्लीमा आजदेखि सुरु हुँदैछ । दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । दुई देशका सहसचिवस्तरमा हुने बैठकमा नेपाल–भारत वाणिज्य सन्धि २००९ को पुनरावलोकनको विषयमा छलफल हुनेछ । दुई दिनसम्म चल्ने बैठकमा सहसचिव ढकालसहित अर्थ, कानुन, परराष्ट्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग प्रमुख, क्वरेन्टाइन प्रमुख र भारतस्थित नेपाली दूतावासका प्रतिनिधिमो सहभागिता रहनेछ ।

नेपालबाट ६२ अर्ब ७३ करोड रुपैयाँको बराबरको मालसमान मात्र भारत निर्यात भएको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले जनाएको छ । दुई देशबीच रहीआएको भयंकर ठूलो व्यापारघाटा कम गर्ने र सन्धिलाई समयानुकुल परिमार्जन गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

Author

You may also like