दमक, १३ मंसिर

मुख्य गरी महिलाका ३ वटा सवालमा विराटनगरमा सञ्चलित कोशी प्रदेशस्तरीय २ दिने गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
कोशी प्रदेशस्तरीय महिलावादी महिला मञ्चको आयोजनामा भएको गोष्ठीमा महिलाको शरीरमाथिको नियन्त्रण, महिलाको काममाथिको नियन्त्रण र रुपान्तरित नेतृत्वका सवालमा छलफल गरिएको कार्यक्रममा सहभागि ओरेक नेपाल लेटाङकी भीमा ढकालले जनाइन् ।
१४ वटा जिल्ला महिला मानवअधिकार रक्षक सञ्जाल र १ सय ३७ वटा स्थानीय तहका पालिका उपप्रमुख तथा उपाध्यक्षको सहभागिता रहेको थियो । कार्यक्रममा ४ सय जनाको संख्या सहभागि रह्यो । कार्यक्रममा डा. रेणु राजभण्डारीले सहजिकरण गरेकी छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिलाको अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध रहेको धारणा राखे ।
कार्यक्रममा, प्रदेशको सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका सहितको सहकार्य रहेको थियो ।

Author

You may also like