देश–समाज फोटो फिचर शिक्षा समाचार स्थानीय

ड्रिमल्याण्ड स्कुलले मनायो ३१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण

दमक । दमक नगरपालिका वडा नं. ५ मा सञ्चालित संस्थागत विद्यालय ड्रिमल्याण्ड सेकेण्डरी इङ्लीस स्कुलले ३१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका संस्थापक सदस्य पुण्यप्रसाद दंगालको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि दमक नगरपालिका नगरउपप्रमुख रेगिना भट्टराई प्रसाई रहेकी थिईन भने विशिष्ठ अतिथिमा प्रविन खड्का शिक्षा विभाग प्रमुख दमक, कुवेर भट्टराई शिक्षा समिति प्रमुख दमक, वडाअध्यक्ष इन्द्र बहादुर गुरुङ रहेका थिए । यसैगरी कार्यक्रमको आतिथ्यतामा जनप्रतिनिधि खड्ग बहादुर राई, गोपालकृष्ण संग्रौला, शोभा बेलवासेसहित सामाजिक अगुवा लक्ष्मी न्यौपाने पारिजात टोल विकास, प्रतिनिधि गोरखाली टोल विकासलगायतको रहेको थियो ।

कविता : मेरो साथी
नरेन्द्र कुमार रिजाल (शिक्षक)


मेरो औकात देखाउनु किन? उसको घमण्डको अगाडी
मेरो मौनता नै उत्तर हो, उसको चतु(याईंको पछाडी ।
किन ? ऊ मेरो साथी हो, म, बैसाखी पाएको छ ।
सायद, प्रेमिका नै सम्झेर होला साँझ बिहान धाएको छ ।।१।।

मेरो जीवनको घाउ देखेर, अझै नुनचुक दल्न खोज्छ ।
सामुन्नेमा मल्हम लगाई लगाई पिठ्युँमा छोरा घोच्छ ।
तैपनि, ऊ मेरो साथी हो, मेरो बुई पाएको छ ।
मेरै घरको सलेदोले, मेरै घरमा आगो लाएको छ,
हो, ऊ मेरो साथी हो, म, बैसाखी पाएको छ ।।२।।

मोल गर्दैन ऊ कसैको, आफ्नै मपाइत्व चल्छ,
विपत्तिमा प¥यो भने, पसारो परि पाउँ मल्छ ।
त्यसैले, ऊ मेरो साथी हो, धेरै गुन लाएको छ ।
ढोका थुनेर भएपनि झ्यालबाट चियाउन भ्याएको छ ।
किनकी, ऊ मेरो साथी हो, म, वैशाखी पाएको छ ।।३।।

मानौं ऊ एक विद्वान हो, आँफै अहंकार गर्छ ।
लाटो एक बल्ड्याङ लड्छ बाठो तीन बल्ड्याङ लड्छ ।
तलाऊ झै धिर म, खहरेले गडगडाहट पाएको छ ।
जरा भुँइमा नटेकिँदै, ऊ टुप्पाबाट पलाएको छ,
अझै पनि, ऊ मेरो साथी हो, म वैशाखी पाएको छ ।।४।।
(ड्रिमल्याण्ड सेकेण्डरी स्कुलमा आयोजित ३१ औं वार्षिकोत्सवका अवसरमा विद्यालयका शिक्षकद्धारा वाचन गरिएको कविता)


मनोज बुढाथोकीले सञ्चालन गरेको सो कार्यक्रममा नानीबाबुहरुको प्रतिभालाई प्रस्फुटन गर्ने र अभिभावकहरुले आफ्ना नानीहरुको प्रगति देख्न र सुन्न पाउने विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । सांगीतिक प्रस्तुति, विभिन्न खेलहरु आयोजना गरेर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । विद्यालयका सिनियर अंग्रेजी शिक्षक नरेन्द्र कुमार रिजालले मेरो साथी शिर्षकको कविता सुनाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईले यस भेगका बच्चाहरु साथीभाईको लहलहैमा लागेर ट्रयाकआउट भएको देखिएको भन्दै चिन्ता व्यक्त गरिन् । धेरै नगरपालिकाबाट जो विपन्न र असक्तहरुका लागि अझ बढी सरकारले समन्वय गर्नुपर्छ । ट्रयाकमा छ भने उ बिरामी परेको हो उसलाई बिरामीबाट निकालेर लानुपर्छ भनेर रियाज सेन्टरमा दमक नगरपालिकाले सहयोग गरेर ५० जना बढी छात्रछात्राहरुलाई उपचारमा लगेर पुर्नस्थापना गर्ने काम गरेको छ । यस्ता विषयमा चासो र चिन्ता गरिदिन विद्यालय परिवार अभिभावकहरुसँग आग्रह समेत गरेकी छन् । उपप्रमुख भट्टराई प्रसाईले एआईको जमानामा प्राविधिक शिक्षालाई जोडेको र बच्चाहरु बढी समय ग्याजेटमा फसेको, जंगफुडतिर बच्चाको लत लागेको देखिने गरेको बताईन । उनले पछिल्लो चरणमा अनुगमनका क्रममा लगानी र आम्दानी संस्थागत विद्यालय सञ्चालकको भए पनि दायित्व र जिम्मेवारी सबैको रहेको बताउँदै विद्यालय अनुगमनका क्रममा यस्ता विद्यालयहरुको व्यवस्थापनमा धेरै कमीकमजोरी भेटिएको पनि बताईन । उनले भनिन( आफुले अनुगमन गरेका ८ वटा विद्यालयको अनुगमनका क्रममा क्यान्टिन व्यवस्थापन ठिक ढंगले नभएको बताईन ।
पछिल्लो समयमा बच्चाहरु घातक रोगसँग जोडिएको देखिन्छ । हेर्दा सामान्य देखिए पनि बच्चाको जीवन र बच्चाको भविष्य जोडिएको हुन्छ यस्ता विषयलाई मर्यादित र व्यस्थित बनाउन आग्रह गरिन् । सामुदायिक विद्यालय सँगसँगै संस्थागत विद्यालयका चुनौति र समस्याहरु के के हुन भन्ने कुरामा कन्फ्रेन्स हुन गईरहेको छ । स्वास्थ्यका क्षेत्रसँग जोडेर औषधीका सम्बन्धमा धेरै विद्यालयलाई बोलाउने गरेको तर तपाईहरु उपस्थिति न्युन देखिन्छ । नगरपालिकाको संस्थागत विद्यालयसँगसमेत समन्य गरेर सबै कुरामा सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।
सो विद्यालयले वार्षिकोत्सवको अवसरमा वर्षभरि विभिन्न अतिरिक्त क्रियाकलापमा संलग्न रहेका र उत्कृष्ट ठहरिएका विद्यार्थीहरुलाई हाजिरीजवाफ प्रतियोगिता, दौड, क्रिकेट, फुटबल, टेवलटेनिसलगायत विभिन्न विधाका विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । यो वर्षको स्कुल अफ दि इयरमा दिपिका कठायत घोषित भईन । सो कार्यक्रममा कञ्चन लिम्बुले ल्यहोसार पर्वको विषयमा स्पिच दिएकी थिईन ।

Author

You may also like