
दमक । आज पौष २७ राष्ट्र नायक पृथ्वीनारायण शाहलाई सम्झने र उनको जन्मोत्सव मनाउने दिन । यहि दिन राष्ट्रिय एकता दिवसको दिन देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा शनिबार देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइयो । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिएको छ ।
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति पौडेलले सिंहदरबार मुलगेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको समेत गरेको थियो । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेता कार्यकर्ताले पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक शनिबार विभिन्न व्याक्तिहरुले माल्यार्पण गरेका छन् । राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पारेर भृकुटीमण्डपमा चियापान कार्यक्रमको पनि आयोजना गरेको छ । सोही क्रममा शिव सेना नेपालले पनि राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहदेवको सालिकमा पुष्पगुच्छा अर्पण गरेको छ । सो सङ्गठनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण साहको सालिकमा १०८ फिट लामो माला चढाएएर शिव सेना नेपालका नेता कार्यकर्ताहरूले शालिकमा माल्याणर्पण गरेका छन् । यसैगरी देशैभरी विविध कार्यक्रमका उक्त दिवस मनाइएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अध्यक्ष थापा र उनका पार्टीका नेता कार्यकर्ताले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गरेका हुन्। पृथ्वीनारायण शाहको जन्मजयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते उनी राजा भएका थिए।