समाचार

काँग्रेस महाधिवेशन विशेषांक विमोचन

दमक/ नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका दलित अभियन्ता अमर बराईलीद्वारा लिखित ‘नेपाली काँग्रेसको १४ आंै महाधिवेशन विशेषांक’ पुस्तकको विमोचन गरिएको छ ।
दमकस्थित काँग्रेस पार्टी कार्यालयमा बुधबार एक कार्यक्रमका बीच विशेषांकको काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले विमोचन गरे । विशेषांकको विमोचन गर्दे उनले काँग्रेसको आसन्न १४ औं महाधिवेशनलाई काँग्रेस पुनर्संरचनाको प्रस्थान विन्दु बनाउनुपर्ने जोड दिए । विगतका कमजोरी सम्झेर रुने र उपलब्धि सम्झेर अतिगौरव गरेर नपुग्ने भन्दै उर्जासहितको नयाँ काँग्रेस बनाउनु पर्ने उनको भनाई छ । दलित अभियन्ता समेत रहेका लेखक बराइलीले पार्टीका गतिविधिहरुलाई समेटर विशेषांक प्रकाशित गरिएको बताए । काँग्रेस नगर सभापति रोशन बिष्टको अध्यक्षतामा भएको विशेषांक उद्घाटनमा काँग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Author

You may also like