दमक/दमक सहकारी संस्था लिमिटेड दमक–६, झापाको १६ औं वार्षिक साधारण सभाको पहिलो दिन बुधबार प्रतिवेदन सार्वजनिक गरियो । कोभिड १९ को महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थाका अध्यक्ष धनबहादुर भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा दमक नगरपालिकाका पूर्वमेयर एवं संस्थाका सल्लाहकार समितिका संयोजक इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्य एवम् १ नम्बर प्रदेश सांसद माननीय अर्जुन राईको विशिष्ट आतिथ्य रहेको थियो ।
संस्थाका उपाध्यक्ष श्री हिमालयप्रसाद दाहालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थाको नीति अनुसार उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीलाई प्रमुख अतिथि, विशिष्ट अतिथि पूर्व मेयर रामकुमार थापा, पूर्व दमक क्याम्पस प्रमुख मोहनप्रसाद भण्डारी, पूर्वसंस्थापक उपाध्यक्ष भवानी प्रसाद दाहाल, प्राध्यापक संघ दमक क्याम्पसका सभापति यज्ञराज गिरी, सल्लाहकार देउकुमार नेम्वाङसहित प्रशंसा–पत्र वितरण गरेका थिए । संस्थाका सचिव भवकृष्ण खतिवडाले कार्यक्रम संचालन गरेका थिए ।