दमक । दमक नगरपालिका–७ की ९९ वर्षीया हर्कशिला राजबंशी पछिल्ला १० वर्षदेखि हिँडडुल गर्न नसक्ने अवस्थामा छन । उनलाई नियमित औषधि सेवन गर्नुपर्ने अवस्था छ । उनको शरीर असक्त भइसकेको छ । दमक–२ की ३० वर्षीया तारा लिम्बु सानैदेखि स्वास्थ्यमा समस्या झेल्दै आएकी छन्, अहिले पूर्ण रुपमा अपांगता भएकी छन् । यस्तै, दमक–१ का भीम खड्का पनि पाँच वर्षदेखि अरुकै सहारामा हिँडडुल गर्दै आउनुभएको छ। यी सबैजना दमक नगरपालिकाको सहयोगमा दिनचर्या कटाइरहनुभएको छ । मंगलबार दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईसहितको टोली घरघरमै पुग्नुभयो ।
यस्तै, दमक–१ का भीम खड्का पनि पाँच वर्षदेखि अरुकै सहारामा हिँडडुल गर्दै आएकी छन् । यी सबैजना दमक नगरपालिकाको सहयोगमा दिनचर्या कटाइरहेका छन् । मंगलबार दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईसहितको टोली घरघरमै उनीहरुलाई भेटेको छ । नगरपालिका महिला तथा बालबालिका शाखा र स्वास्थ्य शाखासमेतको उपस्थितीमा उपप्रमुख भट्टराईले उनीहरुको स्वस्थ्य अबस्था मात्र बुझिनन् उनीहरुको सहायताका लागि सहायता सामग्री स्वरुप ह्लिचेयर पनि वितरण गरिन् । सोही क्रममा स्वास्थ्य परीक्षणसहित ह्विलचेयर प्रदान गरिएको छ । दमक अस्पतालका मेडिकल अफिसर डा. प्रदीप भट्टराईले जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरेका थिए । राजबंशी, खड्का र राई त उदाहरण मात्रै हुन, दमक नगरपालिकामा रहेका ९० बर्षमाथिका जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरुको स्वस्थ्योपचार र हेरचाहका लागि नगरपालिकाले बिशेष पहल गर्दै आएको छ ।
दमक नगरपालिका उपप्रमुख अपांगताको शिक्षा, अपांगता स्वस्थ्यका लागि स्थानिय सरकाकारको प्रत्याभूति दिलाउन उनीहरुको जीवन सहज बनाउन बिगत २ बर्षदेखि सहयोग गर्दै आएको बताइन् । यसरैगरि ज्येष्ठ नागरिकका लागि औषधी उपचारका क्षेत्रमा पनि काम गर्दै आएको उनको धारणा छ ।
दमक नगरपालिका अन्ततर्गत दमक अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको स्वास्थ्य र सम्मानजनक जीवनयापनका लागि गरेको यो पहल एक उदाहरणीय कदम हो ।