देश–समाज राजनीति

मैले भनेको थिए नि कम्युनिष्टको शासनमा रुन पाइँदैन भनेर, रुनेलाई जेल हालिँदैछ-देउवा

sher_bahadur_deuba

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुले रुनेहरुलाई जेल हालिरहेको आरोप लगाएका छन् ।

उनले चुनावका बेला कम्युनिष्टहरुको शासनमा रुन पनि पाइदैन भनेर जनतालाई सम्झाएको कुरा स्मरण गर्दै भने–‘मैले भनेको थिएँ नि कम्युनिष्टले जितेपछि रून पनि पाइन्न, आज किन रोइस् भनेर सरकारले जेल हाल्दैछ, त्यो कोरोनाले रोएको होस् कि खान नपाएर’ उनले भने ।
हेटौंडामा भएको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले सर्वसत्ताबादका लागि आफूहरु नलडेको स्पष्ट पार्दै जनता कम्युनिष्ट सरकारबाट वाक्क भएको बताए ।

Author

You may also like