दमक/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना कार्यकर्ताहरुलाई सरकार विरुद्ध प्रदर्शनका लागि सडकमा आउन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आव्हान गरेका छन् ।

कोरोना भाइरस नियन्त्रण तथा उपचारमा देखाएको उदासिना तथा स्वास्थ्य सामग्रीलगायत विविध क्षेत्रमा भएको भ्रष्टाचारको विरोध तथा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते भएको धरपकडका विरुद्ध प्रदर्शनका लागि कार्यकर्ता सडकमा निकालेको हो ।झापा सहित देशका ७७ वटै जिल्लामा सरकार विरुद्ध प्रदर्शनका लागि कार्यकर्ताहरुलाई सडकमा आउन आव्हान गरिएको थियो ।

सोही कार्यक्रम अन्तर्गत सोमबार झापाको दमकमा रहेकाे कांग्रेस पार्टी कार्यालयमा भेला भएर नाराबाजी गर्दै सुरू भएकाे विरोध ¥याली पूर्व बिर्तामाेडतर्फ लागेको छ ।

