भद्रपुर । झापामा पछिल्लो समय आयुर्वेदिक उपचार लिने विमारीहरुको संख्यामा वृद्धि भएको पाईएको छ । आम नागरिकलाई अंग्रेजी औषधिले पारेको असरका कारण आयुर्वेदमा उपचार गराउने बिमारी नागरिकको विश्वास बढे संगै सेवा लिने बिमारीको संख्यामा वृद्धि आएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा अघिल्लो आ व २०८०/८१ को असार मसान्तसम्म १९ हजार ४ सय ५२ जना बिमारीले सेवा लिए पनि सो संख्यामा वृद्धि भई यसै आ व २०८१/८२ को असार मसान्तसम्ममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाबाट सेवा लिने बिमारीको संख्या २७ हजार१ सय ९५ पुगेको छ । यो संख्या अघिल्लो आ व को भन्दा ७ हजार ७ सय ४३ जना बढी छ ।
बजररंग सेवा अर्थात ओ पि डि सेवा लिने बिमारीको संख्या मात्र अघिल्लो आ व २०८०/८१ मा ४ हजार ३ सय ७८रहेको थियो भने आव २०८१/८२ को असार मसान्तसम्ममा ४ हजार ५० जनाले सेवा लिएका छन् । ओ पि डि मा भने केही बढी बिमारीले सेवा लिएको देखिए पनि समग्रमा पछिल्लो आ व मा भने सेवा लिनेको संख्या बढेको छ । आ व २०८२ असार मसान्तसम्मको एक बर्ष सम्ममा पंचकर्म थेरापि ११ हजार ५ सय २१, क्षार सुत्र ५७ जना,योग सेवा १ हजार ८ सय १८ जना बिमारीले सेवा लिएका थिए । यसैगरि जेष्ठ नागरिक स्वास्थ प्रवद्र्धन सेवा ८ सय ६९ जना,स्थनपाई आमा सेवा ३८१ जना, ल्याव सेवा १ हजार ४४ तथा नागरिक आरोग्य सेवा कार्यक्रम अन्तरगत ७ हजार४ सय ५५ जना बिमारीले सेवा लिएका छन् ।
झापाका १५ वटै स्थानीय तहमा आयुर्वेद सेवा प्रवाह हुने गरेको बताउदै केन्द्र प्रमुख विजय श्रेष्ठले आफ्नो आगमन संगैको सेवा विस्तारमा व्यवस्थापिकिय सुधारका कारण आयुर्वेद मा मानिसको आकर्षण बढेको बताए । उनले पछिल्लो पटक सहशुल्क फार्मेसी संचालन, फिजियो थेरापि मेशिनको विस्तार, पन्चकर्म, पुर्वकर्म गुणस्तरीय सेवाको प्रभाव लगायतका सेवामा सुधार भएकोले आयुर्वेद प्रति नागरिकको विश्वासनियत बढेको बताए । आगामी वर्षबाट थपअन्य सेवा सुविधाको विस्तार गरिदै लगिने कार्यालयले जनाएको छ ।