यही आँखाले हिजो राजतन्त्र देख्यो
अनेकन वादहरु झेल्दै गयो
लाठी र जुलुस देख्यो
मानौकि
नदेखे र नभोगेको केही रहेन
लुछाचुडी, भागबण्डा, लुटखसौट
के चाहिँ देखेन र यो आँखाले ?
यहाँ कसैलेपनि पानीमाथिको ओभानो हुन नखोजे भो
सुनपानीले शरीररै धोएपनि हुनेवाला केही छैन
हिजोको दिनमा आजजति ब्रम्हलुट थिएन
यो सिकायो लोकतान्त्रिक गणतन्त्रले
किन सिकायो ?
कसरी सिकायो ?
के कारणले सिकायो ?
कहाँ सिकायो ?
यो प्रश्नको उत्तर छ ?
कोहि नेताको चम्चागिरीगर्नेहरू सङ्ग
कोहिसङ्ग छैन
लोकतान्त्रिक गणतन्त्र आएदेखि आज
कस्ताकस्ता घटना घटे
हिजोको शिशुहरुले आज भोगे, देखे
नेताहरूलाई न चिन्ता छ, न जोश न जागर छ
सबै कसरी कुम्ल्याउ खाउ
मै मोज मस्ती मै गरौं भन्नेमा छन
तपाईं चिया चमेना गृह जानुहोस
सर्वसाधारणका सुन्नुहोस
कतै नेताहरूको सकारात्मक कुरा सुन्दैसुन्नु हुन्न किन ?
सुन्नु पनि कसरी ?
अष्टम कक्षा उत्तीर्ण गर्ने आज मन्त्री भाका छन
उनीहरूले सिकाउछन राजनीतिका कुरा
अर्थतन्त्रका कुरा, समावेशी लोकतन्त्रका कुरा
आखिर किन यस्तो हुँदैछ त लोकतन्त्रमा ?
यो तन्त्रमा केके भए ? केके भएनन ?
सबैलाई थाहै छ तर मौन छन
कोहि बोल्दैनन
त्यही भएर लोकतान्त्रिक गणतन्त्र यतिबेला
बोझ बन्दैछ , सानामसिना कुरामा अल्मलिदै गएको छ
यसलाई पूर्ववत अवस्थामा ल्याउन सक्ने मियो छैन
यहाँ त सबै कोखमा छुरा हान्नेहरुको भीड छ
झुटो बोल्ने, बिचौलिया, तस्करीका डनहरुको हुल छ
उनैले पाउँछन् पुरस्कार
उनैले पाउँछन् सम्मान र मेडल
अनि किन जनतामा निरासा छाउदैन त ?
संसद अपहरण, साउथ चाइना प्रकरण
लाउडा काण्ड, ललिता निवास काण्ड
बिधुत प्राधिकरण काण्ड
गिरीबन्धु जग्गा प्रकरण काण्ड
यस्ता काण्ड दिनप्रतिदिन घटेका घट्यै छन
सरकार नतमस्तक छ
बोल्दैन मौन छ
देशको आर्थिक अवस्था डामाडोल छ
दलाल बिचौलियाहरु मालामाल छन
सरकार खबरभित्रको बेखबर छ
कोहि सरकार ढाल्ने खेलमा छन
आखिर यो सत्ताको सिढी चढेर निरीह जनतालाई
अचानोमा पिस्ने खेल न रहेछ, लोकतन्त्र
गरिबका आँसु पुछ्ने कोहि छैनन यहाँ
महङ्गी र बेरोजगार बढ्दो छ
युवा सबै बिदेश पलाएन
राजनीति बेलगाम छ
मिलाएर, झुक्याएर खानेहरुको भीड बढदो छ
नेता मालामाल
जनताको छ बेहाल
सुख शान्ति, अमनचयन कता हरायो कत्ता
सबै क्षेत्र बेहाल छ
सडकमा भीड र जाम छ
आन्दोलनको स्वरुप बेग्लै छ
संसदहरुको बोली र व्यबहारमा बेमेल छ
हेर्नुहोस अनि सुन्नुहोस
चिया , चमेना गृहमा
नेताप्रतिको बितृष्णा किन बढदैछ ?
प्रश्नहरु यहाँ छताछुल्ल छन
अबको बाटो कता जाने हो ?
के हुने हो ?
अनिश्चित बाटोहरुका मोडहरु
कसले सही दिशामा लैजालान ?
पीर अनि चिन्तामा छन जनता
खबरदारी अब जनताले गर्नैपर्छ
भ्रष्टाचारी, लोभीपापीहरुलाइ
अब लखेटनै पर्छ
वाकस्वतन्त्रका लागि
जनता जाग्नैपर्छ
जनता जाग्नैपर्छ
जनता जाग्नै पर्छ …………………………..???
माथिका कविताका आवाजहरु स्वतन्त्र छन जसले जनताहरुलाइ सूसूचित गरेको छ । ध्यानाकर्षण, सचेत र सजग गरेको छ । किनकि देशलाई दोहन गर्ने यो अवस्थामा ल्याउने भनेकै नेताहरू हुन उनीहरूले जनतालाई लावारिस बनाए, उठनै नसक्ने गरि ऋणको भारमा पारे । उनीहरू जिन्दगीभर सुखसयलमा बस्ने भए, जनताहरुको बिल्लिबास भो । योसम्म जान्दासम्म जनताहरुले कुरा बुझ्न सकेनन । हिजो चुनावताका उनीहरूको लवेदा समाएर प्रत्येक जनताको घरघरमा गएर मतदाताको लिष्ट बाढ्न उद्दत भएको अतित हेर्दा लाग्छ कि नेता होइनन् जनतानै दोषी थिए, हिजोदेखि आजसम्म । यो क्रम हिजोआज अलि कम भएको छ , हिजो जनता उफ्रीउफ्री आक्रोश व्यक्त गर्थे त्यो क्रम अहिले न्यून छ, सबै कुरा उनीहरूले बुझिसके । किनकि २०४६ देखि अहिलेसम्मको अवस्था हेर्दासम्म जनताले सोचेजस्तो आशातित प्रगति हुन सकेकै छैन । प्रगति भयो त तिनै सत्ताका लागि मरिहत्ते गर्ने नेताहरू र तिनका औरेभौरे कार्यकर्ता र सन्ततिलाई । हुन पनि हो हिजो रातो झण्डा बोकेर क्रान्तिमा होमिनेहरु राजावादी निकट भए । झण्डा र राजनीति परिवर्तन गरे, आफ्नो पुरानो विरासतलाई लत्याए । आज, हिजोका वरिष्ठ नेताहरु कोहि जेलमा छन, कोहि राजनीतिमै छन । तर उनीहरू पहिलेको अवस्थामा जस्तो जनताको नजरमा भने छैनन । उनीहरूको अभिष्ट भनेकै सत्ता र राजनीतिक परिवर्तन रहेछ । यो सबै जनताले बुझेरै होला कि शीर्ष नेताहरुको कुरै सुन्न मान्दैनन जनताहरु किन ?
अबको मिसन – ८४ को चुनाव कहिले आउला भनेर हिजो तिनै ठूल्ठूला दलहरुका कार्यकर्ताहरु समय पर्खिरहेछन, पर्ख अनि हेरमा छन । जनताहरुको अबको मिसन के होला ? बृहत अध्ययन अवलोकन गरिरहेछन । जनता जनार्दन जिन्दावाद ।

Author

You may also like