खेल देश–समाज

भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनी दूध र सब्जी बेच्दै

एजेन्सी/ भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले कृषि फार्म खोलेका छन् ।

धोनीले राचीको धुर्वास्थित सेम्बोमा ५५ एकडमा कृषि फार्म खोलेका हुन् । उनी आफ्नो कृषि फार्म मार्फत् अग्र्यानिक खेती गरिरहेका छन् ।

कृषि फार्म मार्फत् गाईपालन गरी दूध समेत उत्पादन गरी बिक्री गरिरहेका छन् ।

उनको फार्म हाउसमा यतिबेला मौसमी सब्जीहरु उत्पादन भइरहेको छ ।

फार्ममा टमाटर, फूल कोभी, पत्ता कोभी, ब्रोकाउलीको समेत खेती गरिरहेका छन् । यतिबेला भने टमाटरको उत्पादन भइरहेको छ ।

उनको फार्मबाट उत्पादित टमाटरको भारतीय बजारमा निकै माग रहेको छ । बिहान बजारमा लगिएको टमाटर बिहान नै बिक्री भइसक्छ ।

उनको फार्ममा टमाटर खेती पूरै अग्र्यानिक रुपमा गरिन्छ ।

आउने हप्ता धोनीको फार्म हाउसबाट कोभी पनि उत्पादन भइ राचीमा बिक्री गरिनेछ ।

यतिबेला उनको फार्मबाट बिक्री भइरहेको टमाटरको मूल्य प्रति केजी ४० रुपैयाँ रहेको छ ।

फार्म हाउसबाट दैनिक ३०० लिटर दुध पनि उत्पादन भइरहेको छ । उत्पादित दुध सिधै बजारमा बिक्री भइरहेको छ ।

दूध प्रति लिटर ५५ रुपैयाँमा बिक्री भइरहेको छ । बिक्रीका लागि बजार लगिएको दूध घण्टामै बिक्री भइसक्छ ।

धोनीको गोठमा यतिबेला ७० वटा गाई पालन गरिएको छ । यी सबै गाई पञ्जाबबाट ल्याइएका हुन् ।

फार्म हाउस रेखदेखका लागि शिवनंदन र उनकी पत्नी सुमन यादवलाई राखिएको छ । सब्जीको कारोबार पनि उनीहरु दुवै जनालाई दिइएको छ ।

शिवनंदनका अनुसार अहिलेसम्म लाखौ रुपैयाँ धोनीको एकाउन्टमा उनले हालिसकेका छन् ।

धोनी आफ्नो फार्मबाट उत्पादित सब्जी र डेरीबाट उत्पादित दूधबाट धेरै खुसी भएको शिवनंदन बताउँछन् ।

धोनी राँची गएका बेला दुई÷तीन दिनको फरकमा आफ्नो उक्त फार्म हेर्न जाने गरेका छन् ।

Author

You may also like