देश–समाज मुख्य

राष्ट्रिय निर्देशक समिति सदस्यमा उपप्रमुख प्रसाईं

दमक, २५ असोज-
दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईं प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसी) को राष्ट्रिय निर्देशक समिति सदस्यमा चयन भएकी छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अध्यक्ष रहने सो समितिको सदस्यमा कोशी प्रदेश भरिका स्थानीय तहहरुको तर्फबाट उनी चुनिएकी हुन् ।
कार्यक्रमले प्रदेश तथा स्थानीय शासन प्रणाली र प्रकृया एवं अन्तर सरकारी सम्बन्ध सुदृढ गरी नागरिकका लागि संघीयताका उपलब्धी बोध गराउने उद्देस्य राखेको छ । पीएलजीएसीमार्फत प्रदेश र स्थानीय जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालामा विविध कार्यक्रम सञ्चालन भएका छन् । संघीयता, सुशासन, सार्वजनिक खरिद प्रणाली, वित्तीय विकेन्द्रीकरण लगायतका शासन र सुशासन सम्बन्धी मुद्धाहरुमा केन्द्रीत रहने गरी कार्यक्रम सञ्चालित छन् ।
कार्यक्रमको विकास साझेदारको रुपमा डीफीड, एसडीसी, नर्वे, इयू र संयुक्त राष्ट्रसंघ रहेका छन् ।

Author

You may also like