समाचार

कर बढाएको विरोधमा गौरादहमा धर्ना

जेबी खड्का-
गौरादह, २५ असोज –
सम्पत्ति तथा भूमि कर लगायतका विषयमा नगरपालिकाले अत्याधिक मात्रामा कर बढाएको भन्दै एक समूहले गौरादह नगरपालिकाका सबै वडामा बुधबार धर्ना दिएको छन् ।
नेपाली कांग्रेस गौरादह नगर समितिद्वारा गठित विकास निर्माण समन्वय तथा खबरदारी समितिले गौरादहका ९ वटै वडा कार्यालयमा धर्ना दिएको हो । नगरबासीको आम्दानीको स्रोतले धान्न नसक्ने गरि कर बृद्धि गरिएको भन्दै विरोध स्वरुप एक घण्टा धर्ना दिइएको गौरादह नगरपालिका वडा नं -२ धर्नाका संयोजक हेमन्त कार्कीले जानकारी गराएका छन् । नगरपालिकाले भूमि तथा अन्य कर नगरवासीको आम्दामीले धान्न सक्ने व्यबस्था गर्नुपर्ने धर्नामा सहभागि गौरादह -७ कि सुमित्रा खरेलले प्रतिक्रिया दिइन् ।
नगरपालिकाको कर बृद्धिको विषयमा नगर प्रमुख समक्ष केही समय अगाडि कर घटाउन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको गौरादह उद्योग वाणिज्य संघका महासचिव इश्वर खत्रीले स्मरण गराए । ज्ञापन-पत्र बुझाएतापनि नगरले त्यस उपर कुनै सुनुवाइ नगरेकोले विरोध कार्यक्रमको दोस्रो चरण अनुरुप नगरका सबै वडा कार्यालयहरुमा धर्ना दिइएको खबरदारी समितिले जनाएको छ ।

Author

You may also like