विराटनगर, २५ असोज –
कोशी प्रदेशमा गठन हुने नयाँ सरकारमा आफ्नो भूमिका के रहने भन्ने विषयमा निणर्य गर्न प्रदेश सरकारका लागि निणर्ायक बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार केन्द्रीय बैठक बोलाएको छ ।
शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकले कोशी सरकारबारे समेत निणर्य लिने प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाए । उनले भने ‘त्यसैदिनको पदाधिकारी बैठकले कोशी सरकार गठनबारे के गर्ने भन्ने निणर्य गरिने छ ।’ कोशी प्रदेश सरकार गठनमा राप्रपा निणर्ायक वन्ने अवस्था जारी छ । एमालेको कित्तामा उभिदै आएको राप्रपाले गठवन्धन सरकारलाई सघाउने अवस्था भएमा गठवन्धनको सरकार बनेर राजनीतिक अन्यौलताले निकास पाउने समेत अड्कल गर्न थालिएको छ । उता, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेर अर्को गठवन्धन तयारीको चर्चा समेत हुन थालेको छ । तर त्यस विषयमा ठोस निणर्य नभएको र राप्रपाको बैठकपछिमात्र राजनीतिक समिकरणले मूर्त रुप लिने देखिएको छ ।
कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ । संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले राजीनामा दिएपछि कोशीमा अर्को उपधारा बमोजिम सरकार गठन गर्ने गृहकार्य गरिरहेका छन् । जसमा कांग्रेसले सरकार बनाउने भन्दै केन्द्रीय कमिटीले पहलको निणर्य गर्ने निश्कर्ष निकालेको छ । कांग्रेसले पूर्वसहमति अनुसार अव कांग्रेस नेतृत्वका सरकारका लागि गठवन्धनका अन्य दल सहमत हुनुपर्ने सभापति शेरबहादुर देउवाले धारणा राखेका छन् । माओवादी केन्द्रले पनि अव आफ्नो नेतृत्वमा सरकार वन्नु पर्ने जिकिर थालेको छ ।
प्रदेश मुख्यमन्त्रीका लागि कांग्रेसका ६ र माओवादी केन्द्रका ३ जनाले इच्छा जाहेर गर्दै लविइङ सुरु गरेका छन् ।
कांग्रेसबाट संसदीय दलका नेता उद्धव थापा, प्रमुख सचेतक भूपेन्द्र राई, सांसदहरू केदार कार्की, हिमाल कार्की, अमृत अर्याल र भीम पराजुली मुख्यमन्त्रीका लागि आकांक्षी देखिएका छन् ।
गठवन्धनमा एउटा घटकका रुपमा रहेको माओवादीबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, निवर्तमान उपसभामुख बाबुराम गौतम र सांसद दुर्गाप्रसाद चापागाईंले मुख्यमन्त्रीमा आफ्नो आकांक्षा प्रकट गरेर छलफल थालेका छन् ।