मुख्य

३० औं आदिवासी दिवस भव्यताका साथ मनाइयो

दमक । ३० औं आदिवासी दिवसका अवसरमा शुक्रबार झापाको दमकमा झाँकी प्रदर्शनसहितको कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर अध्यक्ष अमरबहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा दमक नगर प्रमुख रामकुमार थापाले आदिवासी जनजातिको भाषा, सँस्कृति संरक्षणको आवश्यकतामा जोड दिए ।
सो अवसरमा नेपाल रेडक्रम सोसाइटी दमक उपशाखाको प्राविधिक सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न सञ्चालन भएको छ ।
दमक–८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित सो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ दमक र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ दमकले संयुक्त रुपमा आयोजना गरिएको थियो ।
३० औं जनजाति दिवसको अवसरमा कोशी प्रदेशले सार्वजनिक बिदा समेत दिएको थियो । सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभकामना मन्तव्य दिँदैे प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले आदिवासी
दमकमा ३० औं … जनजातीहरूको पहिचानलाई थप परिस्कृत बनाउन आफू लागिपरेको समेत बताए । सो अवसरमा स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै,’ उनले भने “प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ ।’
खुवालुङदेखि माङ्सेबुङलगायतका पवित्र स्थलहरू प्रदेशका अमूल्य सम्पत्ति रहेकाले यस्ता धार्मिक धरोहरहरूको संरक्षण र संग्रहालयमार्फत समुदायहरूको पहिचानलाई वर्षोंसम्म चिरस्थायी बनाउन प्रदेश सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ ।
यसैगरी कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पनि शुभकामना सन्देश दिएका छन् । उनले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तराष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि आदिवासी जनजाति अधिकारका लागी महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् ।

Author

You may also like