कला/साहित्य/संस्कृति स्थानीय

पशुपतिमा ताम्रपत्र छानोको आयव्यय सार्वजनिक

दमक । पशुपतिनाथ मन्दिर (सिद्धकामेश्वर पशुपतिनाथ मुक्तिधाम) दमकले मन्दिरमा राखिएको ताम्रपत्रको छानोको आयव्यय विवरण सार्वजनिक गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा दमक नगरपालिकाका नगरप्रमुख राम कुमार थापाले सो मन्दिरको आय व्यय प्रस्तुत गरेका हुन् ।
सार्वजनिक गरिएको विवरण अनुसार ताम्रपत्र खरिद, छानाको छत मर्मत, लेवर मिस्त्री ज्याला, झल्लर, मुठल, चरा, चतुर्महाराज, गजुर, त्रिशुल, कुपा, मुकुट सानो, मुकुट ठुलोलगायतमा भएको खर्च र आम्दानी विवरण प्रस्तुत गरेका हुन् ।
नगरप्रमुख थापाले दिएको जानकारी अनुसार चन्दाताहरुबाट नगद आम्दानी २९ लाख १० हजार ६ सय २३ रुपैयाँ रहेको छ भने खर्च २८ लाख ९३ हजार ५ सय २६ रुपैयाँ रहेको बताएका छन् ।
सोही कार्यक्रमबाट मन्दिरको पूर्वपट्टि अर्को भव्य संरचना बनाउने तयारी थालिएको छ । समस्त धार्मिक व्यक्तित्वहरुको ध्यान आकर्षित गर्ने गरी पवित्र धार्मक संरचना श्री शिवलोक सरोवर वाटिकाको शिलान्यास समेत गरिएको छ ।
ताम्रपत्रको छानो बनाउन ५ हजारदेखि माथि लाखौ रुपैयासम्म स्वेच्छिक रुपमा सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।
सोहि अवसरमा नगर प्रमुख थापाले मन्दिर परिषरमा निर्माण गर्न लागिएको शिवलोक सरोबर बाटिकको समेत शिलान्या गरे । बाटिका बनाउन १६ लाख ५० रुपैयामा ठेक्का लगाईसकिएको नगरप्मुखले बताए । सो संरचना निर्माण २ महिना सक्ने गरी दिइएको पनि नगरप्मुख थापाले बताए । बाटिका निर्माण गर्न धाम व्यवस्थापन समितिसंगै डोयना दाहालको संयोजकत्वमा रहेको पशुपति आध्यात्मिक महिला समूहको पहलमा सहयोग जुटाउने काम थालिएको धामका सचिव लक्ष्मण श्रेष्ठले बताए ।
सो कार्यक्रममा दमक नगरपालिकाका पूर्व प्रमुख रोमनाथ ओली, दमक ७ का वडाअध्यक्ष भिमप्रसाद पौडेल, नेपाली कांग्रेस क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, अतिथि सदन निर्माण समितिका अध्यक्ष नन्दीकेशर अधिकारी तथा सामाजिक तथा धार्मिक व्यक्तित्वहरु शेरवहादुर भट्टराई, सुरेस सुब्बा, ऐश्वर्य तिम्सीनलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Author

You may also like