दमक/ बाजुरामा गएको भूकम्पबाट दर्जनबढी घरमा क्षति पुगेको छ । भूकम्पबाट ८ वटा घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने केही थप घरमा आंशिक क्षति भएको छ । भूकम्प प्रभावितहरुलाई चिसोबाट बचाउन राहत र उद्दारको कार्य थालिएको छ । चिसोले गर्दा प्रभावितहरुको दैनिकी केही कष्टकर बनेको छ । गोरखा जिल्ला पश्चिमको भूभागमा आगामी दिनमा ८ रेक्टर बराबरको भूकम्प जान सक्ने गरी शक्ति थुप्रीएको भूकम्पविद्हरुले जनाएका छन् । त्यसका लागि आवश्यक सतर्कता अपनाउन पनि उनीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
बाजुराको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु भएर शनिबार बिहान गएको ५.२ रेक्टर स्केलको भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ । बाजुराका नौ वटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले संकलन गरेको तथ्यांक अनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारी अनुसार बूढीनन्दा नगरपालिका–२ मा स्थानीय कल्पना बुढाको दुई तले घर, वडा नं ४ मा स्थानीय जनक बोहरा, वडा नं ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ । यस्तै सोही नागरपालिका–३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ । सोही ठाउँको कैलाश अतिथि गृहको भवनमा पनि क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका–१ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको बताए । भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा १२३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । सोही विवरणबारे वडा नं ५ कार्यालयबाट जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस प्राप्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले जानकारी दिए ।
वडा कार्यालयबाट आएको विवरण अन्य स्रोतबाट पनि यकीन गर्ने काम भइरहको उनले बताए । सो जिल्लाका अन्य पालिकामा भएको क्षतिको विवरण स्थानीय प्रहरी चौकी मार्फत संकलन भइरहेको जनाइएको छ । प्रभावितहरूलाई चिसोबाट जोगाउन तत्काल राहत र उद्धारका कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग
भूकम्प….छ । नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले समस्यामा परेकाहरूलाई तत्काल अत्यावश्यक सहयोग सामग्री उपलब्ध गराउन आग्रह गरे ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केर होहल्ला मच्चिएको थियो ।
सो भूकम्पपछि परकम्प आउने क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेत शाखाका भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए । परकम्पका रूपमा अझै ४ म्याग्नेच्युटको भूकम्प जाने सम्भावना रहेको उनले बताएका छन् । अहिलेसम्म १ देखि ३ म्याग्नेच्युटसम्मको करिब छ वटा जति परकम्प गइसकेको छ । नेपालको गोरखादेखि पश्चिमको भू–भागमा ८ म्याग्नेच्युटभन्दा माथिको ठुलो भूकम्प जान सक्ने शक्ति थुप्रिएको छ । तर पूर्वसतर्कता कमजोर हुँदा जनधनको जोखिम बढ्दै गएको भूकम्पविद्हरूले औँल्याएका छन् । २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्नेच्युटको ठुलो भूकम्प गएपछि मध्य क्षेत्रमा शक्ति केही मत्थर अवस्थामा छ । नेपालको पूर्वतर्फ पनि ठुलो भूकम्पको खतरा उत्तिकै छ । पूर्वभन्दा बढी उच्च जोखिममा रहेको पश्चिमी भू–भागमा विगत केही वर्षयता साना तथा मझौला भूकम्पले निरन्तर धक्का दिइरहेको छ । गत वर्ष जाजरकोटमा गएको ६.४ म्याग्नेच्युटको मझौला भूकम्पले ठुलो जनधनको क्षति गरायो । त्यसअघि र पछि पनि बझाङ, बाजुरा, डोटीलगायतका स्थानमा बारम्बार भूकम्प जाने र जनधनको क्षति गराउने गरिरहेको छ ।
बाजुरामा २०७९ साल माघ १० गते बिछ्या केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको थियो । त्यस भूकम्पको ४ म्याग्नेच्युटमाथिका सात वटा परकम्प गएका थिए । त्यसपछि २०८० साल वैशाख १४ गते ५.९ म्याग्नेच्युटको भूकम्प गएको थियो ।
त्यसको ४ म्याग्नेच्युटमाथिका नौ वटा परकम्प भएका थिए । शनिबार भने कालीकोट–बाजुरा सिमानाको गोत्री केन्द्रबिन्दु हो । मानव बस्तीदेखि टाढा देउरा हिमालको काखमा रहेको लेकमा केन्द्रबिन्दु परेकाले पनि पहिलेको तुलनामा क्षति कम भएको तिमिल्सिनाले जानकारी दिए । वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको पूर्वानुमान गर्न नसकिने भएकाले कहिले जान्छ थाहा हुन्न । अधिकारीले भने, “अनि भूकम्प एउटै गतिमा जान्छ भन्ने पनि हुन्न, पश्चिम नेपाल भूकम्पका दृष्टिले सक्रिय ठाउँ भएकाले पूर्व सतर्कता अपनाउनुको विकल्प छैन ।” पश्चिम नेपालको भूगोलमुनि ठुलो भूकम्पीय शक्ति जम्मा भएको पाँच सय वर्ष बितिसकेकाले जतिखेर पनि जान सक्ने दाबी उनको छ । भूकम्प गएपछि हारगुहार गर्ने र पूर्वतयारीमा ध्यान नदिने प्रवृत्तिले भविष्यमा ठुलो क्षति बेहोर्नुपर्ने दिन आउन सक्ने चेतावनी उनको छ ।
जानुपर्ने हुन्छ । आमनागरिक र सरकारी निकाय सचेत रहेर पूर्वतयारीका विकल्पहरू खोज्न ढिला गर्न नहुने उनको सुझाव छ । “पहाडी इलाकामा बनेका माटो र ढुङ्गाको जडान भएका घरहरूको भर हुन्न, त्यसैले भूकम्प गइरहने क्षेत्रका बासिन्दाले बलियो बासको व्यवस्थामा ध्यान दिनु पर्छ ।”