समाचार

दमकमा वार्ड कार्यालयकाे बाेर्ड खसेर महिला घाइते – PURBASANDESH

दमक २ वार्ड कार्यालय

दमक/ दमकको वडा नं. २ को कार्यालयमा काम लिएर गएकी ४० वर्षीया सेवाग्रही एक महिला कार्यालयको बोर्ड खसेर घाइते भएकी छिन् ।

कार्यालयको काम लिएर वडा कार्यालय पुगेकी दमक–२ की विन्दा सुवेदीलाई अचानक कार्यालयमा राखेको बोर्ड खसेर टाउकोमा लागेपछि घाइते भएकी हुन् ।

उनको उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा आम्दा अस्पतालले पनि विराटनगरस्थित न्यूरो अस्पताल रेफर गरेको बताइएको छ ।

पानी परिरहेको समयमा माथिल्लो तलामा राखिएको बोर्ड भुँइमा खस्दा ती महिलाको टोउकोमा चोट लागेको र उनको उपचारको व्यवस्था वडाबाटै गरिने समेत दमक–२ का वडाध्यक्ष प्रजापति सापकोटाले बताएका छन् ।

You may also like