केराबारी । नेकपा एमालेले केराबारीको दोश्रो गाउँ अधिवेशन सम्पन्न गरेको छ । हिमचुली सामुदायिक वन समुहको सभाहलमा शनिबार सम्पन्न गाउँ अधिवेसनबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

अधिवेशनले नेकपा एमाले केराबारी गाउँकमिटीको सचिव समेत रहेका युवा व्यवसायी भिम कार्कीको नेतृत्वमा नयाँ कमिटी सर्वसम्मत गरेका हुन् । केराबारी ७ का केशव बराल र भिम कार्की दुइजनाको अध्यक्षमा दावेदारी रहेपनि कार्की सर्वसम्मत बनेका हुन् । त्यसैगरी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङका स्वकीय सचिव विवेक भुजेल उपाध्यक्षमा चयन भएका छन् । उनी पत्रकार समेत हुन । दुइ सदस्यीय उपसचिव पदमा भने भुगोल र समावेशिताको आधारमा प्रमिता देवान र देवी लिम्बू चयन भएका छन् । यसैगरी सदस्यहरुमा तिलक लम्बु खुल्ला, मनकुमारी राई महिला, बमबहदादुर विक युवा, नगेन्द्र खाँडठकुरी खुल्ला, दुर्गा बहादुर खड्का, कृष्ण कुमारी श्रेष्ठ, गंगादेवी फुयाल, सम्रिका चेम्जिोङ, टेकबहादुर कार्की, छत्रबहादुर मगर, फुलकुमारी राई, रालकुमार लिम्बु, चित्र बहादुर तामाङ, कृष्णबहादुर मगर, बुद्धरानी लिम्बु, प्रस्ताव राईलगायत ४७ जना चयन भएका छन् । उनीहरु खुल्ला, महिला र युवाबाट छनौट गरिएको केराबारी गाउँपालिकाका प्रवक्ता नारायण भुजेलले बताएका छन् ।
दुई दिनसम्म चलेको दोश्रो अधिवेशनको उद्घाटन सत्रमा कोशी प्रदेश कमिटीका अध्यक्ष एवं पुर्व संघिय सासद घनश्याम खतिवडा, प्रदेश साँसद खड्गवहादुर बस्नेत, प्रदेश कमिटीका पदाधिकारी डिल्लीराम शर्मा अधिकारी, गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिंग मगर उपाध्यक्ष मनमाया मगर लगायतको आतिथ्यता रहेको थियो । गाउँपालिका अधिवेशनमा गाउँकमिटीका पदाधिकारी प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।