दमक । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत टूाफिक इन्सपेक्टर गणेश पौडेल चैत महिनाको उत्कृष्ट प्रहरी घोषित भ एका छन् ।
इन्सपेक्टर गणेश पौडेलले बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि झापा जिल्ला भरी चल्ने सवारी साधनका चालक तथा परिचालकहरुको स्वास्थ्य परीक्षण (आँखा, रक्तचाप) र लागू पदार्थ सेवन चेकजाँच कार्यक्रम संचालन गरेको, सवारी चेकजाँचतर्फ कडाईका साथ चेकजाँच गरी अधिक मात्रामा टूाफिक नियम ( तिब्र गति, मापसे ÷ लापसे, मोवाईल फोन प्रयोग, सिटबेल्ट प्रयोग नगर्ने र जथाभावी ओभरटेक) उल्लंघन गर्ने सवारी चालकहरुलाई कानूनी दायरामा ल्याएको, ट्राफिक नियम सम्बन्धी जानकारी प्रदान गर्न विद्यार्थीहरु र नयाँ चालकहरुलाई कक्षा संचालन गर्नुका साथै माइकिङ मार्फत सुरक्षित सडक प्रयोग सम्बन्धमा आम नागरीकहरुमा जनचेतनामूलक कार्यक्रम संचालन गरेको, विभिन्न संघ संस्था तथा निकायहरुसँग समन्वय गरी टूाफिक प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण, मनोविज्ञद्वारा मनोपरामर्श कार्यक्रम संचालन गराउनुका साथै सवारी दुर्घटना न्यूनीकरण तथा प्रविधियुक्त टूाफिक व्यवस्थापकीय कार्यहरु गरेको हुँदा इन्सपेक्टर गणेश पौडेलले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८१ साल चैत्र “महिनाको उत्कृष्ट टूाफिक प्रहरी” (त्च्ब्ँँक्ष्ऋ एइीक्ष्ऋभ् इँ त्ज्भ् ःइल्त्ज्) घोषणा गरिएको छ ।
