बेलायती कथाकार एच. इ. वेट्स को कथा ‘द अक्स’ (गोरू) बाट उधृत गरिएको यो वाक्यले नारी पात्रको चित्र बोल्न थाल्छ । र यो कथा पढिरहँदा आप्mनै देश पढेजस्तो लाग्यो । आप्mनै समय देखिरहेको जस्तो लाग्यो । आप्mनै परिवेश फनफनी घुमिरहेको जस्तो लाग्यो । आप्mनै आकासले ढाकिरहेको जस्तो लाग्यो । अनि देशको यो हविगत देख्न थालें कथा पढ्दै जाँदा । इतिहासदेखि वर्तमानसम्म हेरें समयका प्रत्येक रेशाहरू, अनि ती प्रत्येक रेशाहरूमा त्यही ‘गोरू’ कथाकी मूल पात्र आमा देखिन्छिन् । आज त झन् स्पष्ट देख्दैछु ।
‘गोरू’ शीर्षकको कथा यस्तो छ ः
‘मिसेस थर्लो’ नामकी एक विधवा आमा प्रत्येक बिहान झिस्मिसे उज्यालो हुनुअघि उठ्छिन् । त्यसपछि भारी साइकल तानेर अँध्यारा गल्लीहरू काट्दै अघि बढ्छिन् । दिनभरी पोस्ट अफिसका टेलिग्राम वितरण गर्ने कठोर श्रममा खट्छिन् । उनीलाई आराम गर्न उनको जीवन लीलाले दिएको छैन । उनी ‘वर्कहोलिक’ जस्तै छिन् । काम उनको पेशा मात्र नभएर धर्म पनि हो । आप्mना दुई छोराको लागि उनी जीवन अर्पण गरिरहेकी हुन्छिन् ।
उनी एकाग्र छिन् । धैर्यवान् छिन् । अविचलित छिन् । उनले जीवनको जस्तोसुकै भार बोकिरहन सकेकी छिन् । उनको कामको सारथि उनको गोरू पनि उनी जस्तै शान्त र समर्पित देखिन्छि । गोरूले उनको कामको भार मात्रै घटाउँदैन, उनको संवेगात्मकता पनि जोडिन्छ । यसरी गोरू जस्तै आवेग र संवेग बोकेर उनको दिन बित्छ ।
दिनभरी काम गरेर घर फर्केपछि पनि उनको श्रम रोकिँदैन; उनी निःशब्द रूपमा खाना पकाउँछिन् । कोठा सफा गर्छिन् । छोराहरूका लागि सबै व्यवस्था मिलाउँछिन् । सबै जिम्मेवारी एक्लै उठाउँछिन् । तर उनका दुईजना वयस्क छोराहरू कृतघ्न छन् । निर्दयी छन् । निष्ठुर छन् । उदासीन र मातृमायाप्रति असंवेदनशील छन् । न त उनीहरूको बोलीमा कदर छ, न व्यवहारमा आभार ।
मिसेस थर्लोले जीवनभरि एउटा सानो सपना बोकेकी हुन्छिन् —आफ्नै घर किन्ने । आप्mनै अलिकति धर्ती जोड्ने । आप्mनै अलिकति आकास बनाउने ? अलिकति आप्mनै हावाले श्वास फेर्ने । उनले कठिन परिश्रमबाट जम्मा गरेको प्रत्येक पैसालाई यही सपनाको लागि बचत गर्छिन् ।
तर जब ठूलो छोराले विवाह गर्ने योजना बनाउँछ, समय र यसका रंगहरू बदलिन्छन् । ऊ भन्छ, ऊ बिहे गर्न चाहन्छ । ऊ कसैको पनि पर्वाह नगरी त्यो निर्णयमा पुग्छ । ऊ आफ्नै स्वार्थमा मातृत्व र त्यागको आड लिएर आमाकै जम्मा–पूँजीमा उभिन खोज्छ । त्यही आमाको बचत पैसाले बिहे गर्न तम्सिन्छ ।
बिचरा आमा !
मिसेस थर्लोले न विरोध गर्न सक्छिन् छोराको निर्णयमा, न केही माग्छिन् उसलाई । न उसको निर्णमा पुनःविचार गर भन्न सक्छिन् । उनी एउटी निरिह आमा बनेर उभिन्छिन् । त्यसबेला उनको सपना चुपचाप हावामा उड्न थाल्छ, र भताभुंग हुन्छ । आप्mनै घर किन्ने उनको भित्री भावना वर्षौंदेखि मौन बनेर बसिरहेको छ । मनमा आँधी चल्छ, तर मौन । अनि बिस्तारै त्यो आँधीलाई उनले निल्छिन् । पचाउँछिन् । र प्mयाँक्छिन् ।
अनि अन्त्यमा उनी फेरि बिहानै उठ्छिन् । आकाशमा अझै उज्यालो नफुट्दै काममा जाने तयारी गर्छिन् । सोही साइकल बोकेर कामतिर हिँड्छििन् । एकै किसिमको मौन बोझ बोकिरहेकी गोरूले जस्तै ।
कथा यत्ति हो ।
तर यसको पराकम्पन धेरै देखें मैले । यस कथाले मौन सहनशीलता र आत्म–त्यागलाई महान मानवीय अश्त्र ठानेको छ । परिवारभित्रको शोषणलाई पनि सहनशीलता को गमले टाल्नु पर्छ । लैङ्गिक भूमिका र पितृसत्ताको बोझ पनि एउटी नारीले उठाउनु पर्छ । उनी एक्लोपना र भावनात्मक उपेक्षाको शिकार भएर पनि श्रम, सहाशीलता, भार, मौन पीडा, स्व— दमन, भाँचिएको सपना बोकेर हिडिरहेकी छिन् । महिलाले हार्न जान्नु पर्ने, छोरा (पुरूष) ले जित्नै पर्ने, टेलिग्राम र साइकलको उपमा (बाँचुञ्जेल गुडिरहनु पर्ने) पाउनु पर्ने बाध्यताहरू देखिन्छन् यहाँ ।
मैले यो ‘गोरू’ शीर्षकको कथामा ती आमालाई काम गरिरहने, जोतिइरहनु पर्ने गोरूको अलंकारमा देखें । ती काम गर्छिन्, तर फल पाउँदिनन् । काम गर, फलको आशा नगर भनेको पनि यही होला । अनि मैले मेरै देशको इतिहास पल्टाएँ । सबै ठाउँमा तिनै मिसेस थर्लो आमाहरू देखें । सबै ठाउँमा तिनै तिनै थर्लो देखें । राणा शासन हटाएर प्रजानत्त्र ल्याउने आमाहरू आन्तरिक किचलोमा नामेट भए । देशको शान, पहिचान र विकासमा एशीयाली मापदण्डमा लैजादै गर्ने पञ्चायतका आमाहरूलाई भारतीय समर्पणमा सिद्याइयो । फेरि बहुदलीय प्रजातन्त्रका आमाहरूलाई दश बर्षे युद्धले सिध्याइदियो । गणतान्त्रिक ‘निर्बिकल्प गणतन्त्र’ को बिगुल फुकेर आएकी अराजक गणतान्त्रिक आमाहरूलाई पन्द्र बीस नपुग्दै जेन्जीहरूले उडाइदिए । अस्ति भदौमा जेन्जीहरूले सपना बोकेर गरेको रगत र पसिनाको कमाइ अहिले तिनै हिजोकाले खान थालेका छन् । जेन्जीहरू पनि अब मिसेस थर्लो हुन थालेका छन् । तिनका सपना पनि अब महेस ‘गुण्डुको पाइपरले’ उडाउन थालेको देखिन्छ । अब जेन्जीहरू पनि मिसेस थर्लो बन्न थालेका छन् । ती चुपचाप रमिते भएर बसेका छन् । गाली खाएर बसेका छन् । अनेक बिल्ला भिरेर बसेका छन् । दलहरूले फुटाउँदा पनि जुटेर बसेका छन्, तर केवल दर्शक भएर । तिनका रगत र आँशको कुनै मूल्य पनि रहेन । ती मिसेस थर्लो भएका छन् आजकल । तर हिम्मत पनि छाडेका छैनन् यो देश बनाउँछु भन्ने ।
कथाका पात्रमा, कमजोर जगमा उभिएका नेताहरू र दलहरू बोकेर हाँसीहाँसी कसरी हिंड्न पनि सकेका होलान् आजकलका मान्छेहरू ?
गज्जपका मान्छेहरूको बस्तीमा छौं हामी अहिले ।

Author

You may also like