कला/साहित्य/संस्कृति देश–समाज समाचार स्थानीय

दमकमा योमरी पूर्णिमा र उधौली पर्व, साकेलामा फ्रि–वाइफाइ

दमक । दमकमा नेवारी समुदायको पवित्र पर्व योमरी पूर्णिमा ११४६ मनाएका छन् । नेवा ःमिषा दबू दमक नगर समिति र नेवा ःदेय् दवू साँस्कृतिक विभागले बिहीबार सो पर्व मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै दमक नगरपालिका कार्यपालिका सदस्य शारदा भट्टराईले बहुजातीय, बहुसाँस्कृतिक सम्पदाको थलो नेपाल रहेको यसको संरक्षण र सर्वद्धनका लागि सबैको हातेमालो हुनुपर्ने बताएकी छन् ।
भटराईले समाजमा रहेका सबै समुदायको चाडपर्व मुलुकको सम्पदा भएको बताइन् । यस्ता चाडपर्वलाई तेरो मेरो सम्प्रदायको नभनी सामाजिक सद्भावको पर्वको रुपमा मनाउनु पर्ने महिला नेत्रृ भटराईको सुझाव छ ।
दमक वडा नं. ४ को आर्थिक सहयोग रहेको योमरी पूर्णिमा पर्वमा बोल्दै भटराईले चाडपर्वमा भएका राम्रा पक्षलाई कायम राख्दै खराब पक्षलाई छोडनु पर्ने बताइन् । नेवाः देय् दबु दमकको महिला संगठन नेवा ःमिषा दबू दमक नगर समिति र नेवा ःदेय् दवू साँस्कृतिक विभागले कार्यक्रम आयोजना गरेको हो । नेवा ःमिषा दबू दमक नगर समिति अध्यक्ष भावना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दमक ८ का वडाअध्यक्ष धर्म प्रसाद दाहाल (दिपेश) ले हरेक समुदायको चाडपर्वको रक्षा भए मात्र नेपाली सस्कृति जोगाउन सकिने बताए ।
सो कार्यक्रममा बोल्दै दमक ९ का वडा अध्यक्ष कुबेर भटराईले नेवारी सस्कृति जोगाउन नेवारी युवाहरु जागरुक हुनुपर्ने औंल्याए । नेवाः देय् दबु दमक नगर समितिका सल्लाहकार संयोजक गणेश बहादुर श्रेष्ठले योमरी पर्वको महत्व र यसको विशेषताको बिषयमा जानकारी गराए । कार्यक्रममा नेवारी समुदायले फलाएको अन्नपात लिएर सामुहिक रुपमा पुजाआजा गरी त्यसको परिकार बनाएर नेवार र गैर नेवार भेला भएर खानपिन गरेको नेवा ःदेय् दबुका नगर सचिव लक्ष्मी कुमार श्रेष्ठले जानकारी दिए ।
बिहीबारै दमक वडान २ मा किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले पालयम गायन लगायतका विभिन्न साँस्कृतिक कार्यक्रम सहित उधौली पर्व (चासोक तङ्नाम) पर्व मनाएको नगर अध्यक्ष देवेन्द्र लिम्वूले जानकारी दिए ।
साकेला गाउँपालिकामा फ्रि–वाइफाइ
यसैबीच, साकेला गाउँपालिकाले सार्वजनिक स्थलहरूमा फ्रि–वाइफाइ सेवा विस्तार गरेको छ । गाउँपालिकाले डिजिटल प्रविधिको पहुँच विस्तारका लागि महत्वपूर्ण सार्वजनिक स्थलहरूमा फ्रि–वाइफाइ सेवा उपलब्ध गराएको हो ।
गाउँपालिकाले वडा नम्बर–५ मात्तिमस्थित गाउँपालिकाको प्रवेशद्वार, साप्सुखोला, मानेभन्ज्याङमा फ्रि–वाइफाइ सेवाको पहुँच विस्तार गरेको छ ।
विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूसँगको साझेदारीमा गाउँपालिकाले उक्त स्थानहरूमा एक हजार एमवीपीएस क्षमताको फ्रि–वाइफाइ विस्तार गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताएका छन् । वडा नम्बर २ रतन्छास्थित साकेलाथान पार्क र तावाभन्ज्याङ क्षेत्रमा समेत फ्रि–वाइफाइ जडान गर्ने तयारी गरिएको राईले बताएका छन् । फ्रि–वाइफाइ सेवाको उपलब्धतासँगै उक्त क्षेत्रहरूमा सीसी क्यामेरासमेत जडान गरिएको छ । विभिन्न पूर्वाधारहरू निर्माणसँगै गाउँपालिकाले उक्त स्थानहरूको गतिविधिको नियमित निगरानीका लागि सीसी क्यामेरा राखेको हो ।
गाउँपालिकाको केन्द्रमा बसेर उक्त ठाउँहरूको गतिविधिको निगरानी गरिने राईको भनाइ छ । ‘निःशुल्क वाइफाइ सेवाले इन्टरनेटको पहुँच नपाएका साकेलावासी नागरिक, विद्यार्थी तथा बाहिरबाट घुम्न आउने पाहुनाहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ,’ राईले भने, ‘यसले अनलाइन कक्षा, ई–लाइब्रेरी, अनुसन्धान सामग्री तथा नयाँ–नयाँ प्रविधि सिक्न चाहनेहरूका लागि उपयोगी हुने छ ।’
डिजिटल पर्यटन प्रवद्र्धन, स्मार्ट पालिका निर्माण तथा डिजिटल साक्षरता विस्तारलाई पनि लक्षित गर्दै फ्रि–वाइफाइको सेवा जडान गरिएको राईले सुनाए । आगन्तुकहरूले ठाउँ विशेषको जानकारी, डिजिटल नक्सा, अनलाइन पेमेन्ट तथा अन्य डिजिटल सेवा सहजै प्रयोग गर्न पाउने भएकाले फ्रि–वाइफाइ सेवाले पर्यटन प्रवद्र्धनमा पनि सकारात्मक प्रभाव पर्ने राईले जनाएका छन् ।
प्रविधिमैत्री सेवामा लगानी गर्दै साकेला गाउँपालिका ‘स्मार्ट पालिका’को अवधारणालाई मूर्तरूप दिन फ्रि वाइफाइ सहितको प्रविधि विस्तारले भविष्यमा स्मार्ट सीसीटीभी, डिजिटल सूचना बोर्ड, अनलाइन सेवा प्रवाहलगायतका प्रणाली कार्यान्वयन गर्न सहज हुने राईको भनाइ छ ।

Author

You may also like