मुख्य स्थानीय

धनेश्वरमा नयाँ कार्यसमिति चयन

दमक, १४ मंसिर
दमक ५ स्थित श्री धनेश्वर महादेव पाञ्चायन संरक्षण समितिको साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । मन्दिरको छैटौ साधारणसभाले रुद्रबहादुर कार्की अध्यक्ष रहने गरि १७ सदस्य कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रीता श्रेष्ठ, सचिवमा एकराज लुइँटेल, सहसचिवमा भिमकुमारी खरेल र कोषाध्यक्षमा हेमन्तीदेवी गजुरेल चयन भएका छन् ।
समितिका सदस्यहरुमा दिनेशकुमार निरौंला, अम्विका अधिकारी, अग्नीप्रसाद शिवाकोटी, प्रेमबहादुर भण्डारी, चेतकुमारी कार्की, प्रणिता पौडेल, प्रेमकला निरौला, तिलक धिमाल, दिब्यलोका रिमाल, केन्द्र खनाल, शिला कार्की र गीतादेवी चौलागाईं चयन भएको कार्य समिति सचिव एकराज लुइटेलले जानकारी दिए ।
साधारणसभाले संस्थामा ३ सदस्य लेखा समिति समेत चयन गरेको छ । जसको संयोजक बिष्णुबहादुर श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा वन्दना भट्टराई, र दिनेश सुवेदी चयन भएका छन् ।
पदभार ग्रहणपछि बोल्दै संस्थाका अध्यक्ष रुद्रबहादुर कार्कीले धनेश्वर मन्दिर दमकबासी आम समुदायको साझा मन्दिर भएकाले थप संरक्षणको आवश्यकता रहेको बताए । उनले मन्दिरमा केही संरचना बनिसकेको भएपनि केही अझै बन्ने क्रममा रहेकाले अधुरा कार्यहरु पूरा गर्नु समितिको जिम्मेवारी रहेको औंल्याए ।
समितिका सचिव एकराज लुईटेलले आम भक्तजनको चिन्ता काम गर्ने क्षमता र उतसुकता भएका ब्याक्ति चयन हुनुपर्नेमा देखिएको थियो । सो कुरालाई मध्यनजर गर्दै यो समितिले काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । साथै थप विकासमा सबैको साथ सहयोगको खाँचो रहेको उनले बताएका छन् ।

You may also like