देश–समाज समाचार स्थानीय

दमकमा होलसेल व्यवसायीको नयाँ नेतृत्व चयन

दमक/ दमक होलसेल व्यवसायी संघको पाँचौं निर्वाचित वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष राम रिमालको अध्यक्षतामा भएको सो साधारणसभा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सम्पन्न भएको थियो । अधिवक्ता देवेन्द्र भण्डारीको प्रमुख आतिथ्यता रहेको सभामा उपाध्यक्ष शेखर न्यौपानेले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रम रमेश खतिवडाले सञ्चालन गरेका थिए ।
काशीनाथ थपलियाको संयोजकत्वमा गठित रिङ कुमार आचार्य र ज्ञानेन्द्र सुब्बा सम्मिलित निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो । सो समितिले ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सो समितिमा पुनः राम रिमाल अध्यक्षमा चयन भएका छन् भने उपाध्यक्षमा शम्भु प्रसाद खतिविडा (रमेश) चयन भए । यसैगरी सचिवमा बसन्त न्यौपाने, सहसचिवमा मैयादेवी आचार्य र कोषाध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् । सो समितिको सदस्यमा हिरादेवी खनाल (उप्रेती), डिल्लीराम प्रसाई, देवराज बस्नेत, चिरञ्जीवि बजगाई, नविन पाठक र राजेश शाही चुनिएका छन् ।

Author

You may also like