गणेश कार्की

मेरो धारणा हो, ‘अहिले देखिएको निषेधको राजनीति र धरपकडले राजाको शासन सम्झायो । यो गलत हो ।’
तर धेरैले त्यसको बिरोध गरेको देखेँ । खास गरेर राजावादी साथीहरुले । राजावादीहरूको दल राप्रपाका नेता रविन्द्र मिश्रको ट्विट आएछ । त्यसको दुइवटा बुँदा यहाँ राखेँ । त्यहाँ लेखिएको छ – ‘२०४६ र २०६२÷६३ सालको आन्दोलनको झल्को आइरहेको छ ! (१) अन्य सँगसँगै, राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू पक्राउ परिरहेछन् । त्यो पनि कतिपय नितान्त असम्वन्धित ठाऊँहरूबाट । सबैलाई तुरून्त रिहा गरियोस् । गैरकानूनी गिरफ्तारीहरूको घोर भत्सर्ना गर्दछु । (२) बाहिर कारणहरू नभएका होइनन्, तर गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञाले न २०४६ सालमा पञ्चायत बचाउन सक्यो, न २०६२÷६३ सालमा राजाको शासन बचाउन सक्यो ।’
मतलब हो, राजावादी नेताहरूलाई पनि प्रचण्डको सरकारको हर्कतले राजतन्त्रकालिन झल्को दिन्छ । राजाका बेलामा २०४६ र २०६२÷६३ सालमा (मिश्रकै शब्दमा, बुँदा १ अनुसार) असम्बन्धति ठाउँबाट सर्वसाधारणहरु समेत पक्राउ गरिन्थ्यो । राजाले निर्दोषलाई दुख दिएनन् भन्ने लाग्नेहरूले यो बुँदा दोहोर्याएर पढे हुन्छ । त्यस्तै, (मिश्रकै शब्दमा, बुँदा २ अनुसार) ०४६ र ०६२÷६३ मा गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञा बेस्मारी भएको हो । तर राजाको शासन जोगिन नसकेको हो । राजाले सर्लक्कै छोडे भन्नेहरुले यो बुँदा दोहोर्याएर पढे हुन्छ । अनि यी कुनै पनि दमन राजाले गद्दी छोडाउने आन्दोलन रोक्नका लागि गरेका थिएनन् । ०४६ मा संविधानभित्र बस भन्ने र ०६२÷६३ मा संसद पुनस्र्थापित गराउ भन्नेहरुलाई दमन गरेका हुन् ।
यसैले अहिले सरकारले जे गरिरहेको छ, त्यो राजाको पालामा जस्तो भो, लोकतान्त्रिक भएन । लोकतन्त्रमा शान्तिपूर्णरूपमा विरोध गर्न पाइन्छ । शान्त बनाउने र अशान्त भए नियन्त्रण गर्ने राज्यको जिम्मा हो तर लोकतान्त्रिकरूपमा । त्यसो नगरेर सरकारले गल्ति गरिरहेछ । अनि गल्ति गर्नमा त शाह परिवार पनि उस्ताद रहेछ । भने पछि, आँखा चिम्लेर न अहिलेका दल र नेता, न राजा, न कोही पनि विश्वास गर्न नहँुने रहेछ ।
आँखा खोलेर विश्वास गर्ने, सहिलाई सहि र गलतलाई गलत भन्दा पक्राउ नपरिने, ति आवाजहरू सुनिने, गल्ति सच्याउने र अपराधलाई उचित सजाय हुने, आवधिक निर्वाचन हुने, निर्वाचित भएर आवधिकरूपमा पदमा पुग्ने जस्ता कुराहरू लोकतन्त्रमा हुन्छन् । ति नहुन्जेल सचेत र सजग भइरहनु पर्छ नै । आखिर देश भनेको घर जस्तै त हो । घर बनाएर कहिले सकिन्छ र ? सामानहरु निकाल्ने, थप्नेसँगै मर्मत र सरसफाइ गरिरहनु पर्छ ।
अनि अन्तिममा, तपाईहरू कसैका गालीप्रति मलाई कुनै पुर्वाग्रह छैन । तर आजसम्म न कसैलाई ब्लक गरेको छु, न अस्ति यस्तो गाली गथ्र्याे भनेर कसैको कुभलो सोचेको छु । कोशिसमा छु, लोकतन्त्र व्यवहारमा प्रयोग गर्न सकुँ । ह्याप्पी लोकतन्त्र ।

Author

You may also like