लाज लजाउनुपर्ने हो तर लजाउदैन हिजोआज । केहीमा नि लाजशरम लजाउन छोडया छ । तपाईंको घरमा, पाठ्शालामा, राजनीति, धार्मिक लगायतका अन्य विविध क्षेत्रमा लाज भन्ने कुरा कसैलाई हुनै छोडया छ । न होस पनि कसरी ? महान नेपाली जनताहरुलाइ भडाएर, जुधाएर, सीमारेखा कोरेर लडाइँ गर्न उद्दत नेताहरूलाई सम्म लाज हुन छोडेको छ , अहिले । आँखाले देखिदेखि लाजै नमानी घुस खान थालेका छन नेताहरू र तिनका कर्मचारीहरु । तपाईं जहाँ जानुहोस जहाँपनि जतापनि दाम नचढाइ तपाईंको कामै हुन्न । यहाँ नाम मात्रको छ लोकतान्त्रिक गणतन्त्र । कहाँ भेटनु भा छ लोकतान्त्रिक गणतन्त्रको आभाष ? जहाँपनि जतापनि बिकृतिनै बिकृतिले देश लाजशरणमतिर तेर्सिएको छ । बिचौलिया, तस्करी, कमिसनखोरीहरुको बिगबिगी छ यस्तो मनपरीतन्त्र छ कि यहाँ बुझेरपनि बुझ पचाउनेहरुकै बोलवाला छ । हो, आज यस्तै – यस्तै जीवन कहानी बोकेर आएको कर्णाली क्षेत्रको कथा ब्यथा लिएर नेपाली चलचित्र “लाजशरणम” बनेको छ । यही चलचित्रको सेरोफेरोमा मेरो कलमको नीव सफा गर्दैछु , यथार्थ विषयवस्तु उठान गर्दैछु । लाजशरणम गत फागुन १४ गते महाशिवरात्रीको दिन देखि सम्पूर्ण हलहरुमा प्रदर्शनमा आएको छ । अर्जुन घिमिरे (पाँडे ) ले यो नेपाली चलचित्रका लागि ४ बर्ष समय लागेको बताएका थिए । कथा लेखन देखि लिएर अहिले प्रदर्शनसम्म आउँदा ४ बर्ष लागेको उनको धारणा अगाडिनै बताएका छन । उनी कलाकारपनि हुन यस चलचित्रको । यस चलचित्रमा कर्णालीका आम नागरिकको कथा, ब्यथा, उत्पीडन, विविध समस्यै – समस्याले जेलिएको झुप्रा – झुप्राको यथार्थ चित्रण कोरिएको छ । प्रत्येक कलाकारले जीवन्त अभिनय प्रस्तुत गरेका छन भने सडक नाटकदेखि लिएर थिएटरमा, रङ्गमन्चमा बेजोड अभिनय प्रस्तुत गर्ने कलाकारहरुको भीड छ । त्यसमापनि हास्य कलाकारहरु जो टेलिसिरियलमा समेत आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरु छन । कलाकारहरुमा कुमार कट्टेल – जिग्री ) को लेखन तथा निर्देशक रहेको फिल्ममा अर्जुनको अलावा सीताराम कट्टेल (धुर्मुश ), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, बिजय बराल, अर्पण थापा, रेणु योगी, कमलमणि नेपाल, माला लिम्बू, सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रीयाना आचार्य (मुन्नी ) लगायतका कलाकारहरुको कलाशैली देख्न र हेर्न सकिन्छ । जेपिटी क्रीएसनको ब्यानरमा निर्माण भएको फिल्मका नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खडका सह–निर्माताको रुपमा रहेकी छिन । “सक्किगो नि “सिरियलको टीमले कथानक फिल्म निर्माण गरेको सीताराम कट्टेल सहित दीपक आचार्य, हरिश निरौला र गजित बिष्टले मिलेर पटकथा लेखेका छन ,यो चलचित्रमा । अर्को कुरा कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसङ्ग खेलवाड गर्ने उपल्लो वर्गको कथा फिल्मले सानोमसिनो गरेर उठान गरेको छ । यहाँ हरेक वर्गका दर्शकलाई समेटेको छ, सबैभन्दा राम्रो कुरा त चलचित्र प्रदर्शनमा आउनुभन्दा अघि पोष्टरको ब्यानर हेर्नुहोस त कस्तो छ ? अनेकन चकलेटी अनुहारको मेकअप हेर्नुहोस अनि भन्नुहोस कि हलमा गएर कसरी मनोरञ्जन लिने हो ती टीजरमा आएका कलाकारहरुको प्रस्तुति हेर्न लालयित हुने हामी दर्शकहरु भरपुर मनोरञ्जन लिइसकेका छौँ, यो चलचित्र हेरेर । यो चलचित्र डार्क कमेडी फर्ममा कथा बनेको छ भने हसाउदा हसाउदै पनि गम्भीर कथा भन्न सकिन्छ भनेर हामीले सोझै भन्न सकिन्छ । अर्जुन घिमिरे (पाँडे) ले लामो समयसम्म टेलिचलचित्र मार्फत दर्शक हसाएर चकित पारेका छन तिनकै नेतृत्वमा आएका अरु वरिष्ठ कलाकारहरुको अभिनय हेर्दा हामीलाई समेत आनन्द प्राप्त गर्न कलाकारहरु एक इन्चपछि हटेका छैनन । यस चलचित्रमा उनी टेलिसिरियलझै पाँडेकै चरित्रमा देखिएका छन । दर्शकले अहिले आफूलाई यही क्यारेक्टरमा मनसमेत पराएको कुरा चलचित्र हेरिसकेर हलबाहिर निस्किसकेपछि प्रतिक्रिया समेत धेरैले उत्कृष्ट अभिनय प्रस्तुति छ भनेर भनिसकेका छन । दर्शकहरुलाइ कहिले सिनेमा हल , डिम्याक्स हल पुगेर चलचित्र हेरौं भन्ने समेत खुलदुली देख्न सकिन्छ । आजभन्दा दुई महिना अघिनै प्रदर्शनमा आएको यो चलचित्रले स्थान पाउनु एउटा राम्रो पक्ष हो । यो कलमीपनि एक अभिनय प्रदर्शन गर्ने, नाटकको पर्दामा आम दर्शक सामु आफ्नो कलाकारिता देखाउने कलाकारले समेत यहाँ अभिनय बेजोड देखाउने कलाकारको खुलेर प्रसङशा गर्न चुक्दैन किनकि यो चलचित्रको नाम अनुसारको कलाकर्मीको अभिनय पनि बेजोड छन । यो चलचित्रको प्रचार सामग्रीले दर्शकमा कौतुहलता जगाएको छ शान्ति श्री परियार र आशिष अविरलको सुमधुर स्वर भएको लोकप्रिय गीत ए ५०० रुपैयाँ, ५०० रुपैयाँ, ५०० रुपैयाँ हेर्दा हेर्दैमा जुङ्गा चल्यो मायाको कुरो बुझियो भन्ने गीतले तमाम दर्शकको मन यो गीततिर अभिनय प्रस्तुति समेत कलाकारहरुको बेजोड रूपमा देख्न पाए दर्शकहरुले । पोष्टरहरुमा कलाकारहरुको पहिरन र हाउभाउले उनीहरूको चरित्र झल्काइदिएको छ । विशेष गरेर सीताराम कट्टेललाई नेताको भूमिकामा प्रस्तुत गरिएको पोष्टरले यस चलचित्रको राजनीतिक आयामलाई उचाइमा पुर्याइदिएको छ । टीजरले वैदेशिक रोजगार, गरिबी र बेरोजगार जस्ता गम्भीर विषय वस्तुलाई समेटेको छ तर कताकता कथाबस्तु अलिअलि नमिलेको देखिन्छ प्रायः जसो गीतमै भरपुर आनन्द लिन पाए दर्शकहरुले । वैदेशिक रोजगारीको खोजीमा विदेशिएका युवाहरुको दुःख, गरिवीले पिल्सिएका परिवारहरुको दारुण अवस्था र बेरोजगारीले निम्याएका समस्याहरुलाइ चलचित्रले उजागर गरिदिएको छ । यस चलचित्रमा हास्यको माध्यमबाट यी गम्भीर मुद्दाहरुलाइ प्रस्तुत गर्नुनै चलचित्रको विशेषता हो यसमा हरेक हास्य कलाकार कलाको निख्खरपना देखाएकै छन । चलचित्रको पोष्टरमा सीताराम कट्टेललाई नेताको भूमिकामा देखाउनुले पनि यसमा राजनीतिक आयाम रहेको संकेत गर्दछ । देशको बर्तमान राजनीतिक अवस्था र हाम्रा देशका नेताहरु र तिनका कार्यकर्ताहरुको चरित्रले यही समाजमा पारेको प्रभावलाई यहाँ दवाव सृजना गरेको कुरा कलाकारहरुले नहिच्किचाइ देखाएका छन । हास्यको माध्यमबाट राजनीतिक व्यंग्य प्रस्तुत गर्नु चलचित्रको अर्को विशेषता हो । सीताराम कट्टेलको नेताको भूमिकाले आम दर्शकको चासो बढाइदिएको छ भने निर्देशक कुमार कट्टेलका लागि हास्य र गम्भीर सामाजिक मुद्दाबिच सन्तुलन कायम राख्नु चुनौतीपूर्ण देखिएको छ । चलचित्रको सफलता आम दर्शकहरुले दिएको प्रतिक्रियाबाट पाउनुपर्ने हो धोर थेरमात्र पाइयो । यो चलचित्र प्रदर्शनमा आउनुअघिनै कलाकारहरुको भेषभुसा, मेकअप, गेटअप र पोष्टर अनि टीजर अघिनै आए यता कलाकारहरुको अदालती हस्तक्षेप विभिन्न देशका राष्टूपति र पूर्वराजा ज्ञानेन्द्र शाहको हुलिया हाउभाउ कलाकारले गरेकोमा प्रदर्शनमै रोक लागेको थियो हिजो । तर पछि निर्माता, निर्देशकले अदालती बहसलाई समाधान गरेपस्चात चलचित्र फेरि प्रदर्शनमा आयो । यस चलचित्रमा शुरु देखि बिचबिचमा हास्य रस, मर्माहत हुँदै कथाको एउटा कारुणिक गीतले दर्शकहरुको आँखामा आँसु ल्याइदिएको छ । जुन गीतको बोल र प्रस्तुति यस्तो छ –
च्यातिएको चोली फेरौला
तिम्रै ओठको हासो हेरौंला
भन्दै मेरो गै गो जिन्दगी
दुनियाँले कठै भन्ने भै गो जिन्दगी
मेरो कर्णाली अझै उस्तै छ
मलम भो खरानी , मलम भो खरानी
उही पुरानो छानो फेरौला
भोकै टार्ने खाना फेरौला
भन्दै मेरो गै गो जिन्दगी ……..
यस्ता कारुणिक गीतले गर्दा कर्णालीमा बस्ने हाम्रा नेपालीहरुको दैनिकी कस्तो छ यो गीतैले देखाइदिएको छ । अन्त्यमा यो कलमीपनि एउटा कलाकार भएको नाताले पनि “ लाजशरणम “ चलचित्र प्रायः जसो नाम अनुसारको चलचित्रको कताकता चुकेपनि कथाबस्तुमा सार्थकता पाइन्छ । अब सबै क्षेत्रको लाजहरु लजाउदै गएर लाज नलजाइ छोपिनुपर्छ सबैतिर ।

Author

You may also like