लेख

प्रखर वक्ता कसरी बन्ने ?

हामी अधिकांशलाई मानिसहरुबिच आफ्नो मन्तव्य राख्नु भनेको अत्यन्त त्रासदीपूर्ण अनुभव बन्न जान्छ । मञ्चमा उक्लेर आफूलाई प्रभावकारी ढंगबाट प्रस्तुत गर्न नसक्नु धेरैको कमजोरी हो । अधैर्यतापूर्वक पर्खेर बसेका श्रोताहरुमाझ बिना कुनै हिचकिचाहट जुनसुकै विषयवस्तुमा आधारित भइ मनमा लागेका विचारहरु खुलस्त रुपमा प्रस्तुत गर्न आखिर के गर्नु पर्ला त ? आजको समयमा एक असल वक्ता बन्न कत्ति धेरै आवश्यक छ भन्ने कुराको ज्ञान सायदै कसैलाई नभएको होला । नेपालीमा हामीले अक्सर सुन्ने गरेको एउटा भनाई छ, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । हाल,परिस्थिति केही यस्तै छ । त्यसो भए भाषण कला सिक्न र एक प्रखर वक्ता बन्न के गर्नुपर्ला त ?
१. निरन्तर अभ्यास
विश्वका महान र शक्तीसाली वक्ताहरु, जसको एक भाषले विश्व हल्लाउने क्षमता राख्छ, उनीहरुले यो कलाको विकास कसरी गरे होलान् ? आमाको गर्भबाट जन्मिँदैँ कोही सक्षम हुँदैन । अभ्यास एउटा यस्तो हतियार हो जसको प्रयोग गर्न जानेमा जुनसुकै युद्धबाट विजयी भएर फर्किन सकिन्छ  । ६ मिनट बोल्न, ६ घण्टाको अभ्यास गर्नुहोस् । पूर्ण रुपमा यसरी आफूलाई तयार गर्ने हो भने आत्मविश्वास बढ्छ र आदि भन्दा धेरै डर आँफै हराएर जान्छ । बिना तयारी गरिएको भाषणले, शब्दहरुको उच्चारणमा समेत समस्या आउने सम्भावना हुन्छ । निरन्तर अभ्यासले वाचन शैली र प्रस्तुतीको अन्दाजमा पनि धेरै सकारात्मक परिवर्तन ल्याउँछ, साथै आवाजलाई पनि बुलन्द बनाउँछ । यसरी कयौँ पटक अभ्यास गर्दा आफ्ना विचारहरु कुनै गल्तीबिना श्रोतासमक्ष जोशका साथ प्रस्तुत गर्न सकिन्छ ।
२. प्रभावशाली आवाज
दबिएको आवाजमा दम हुँदैन । सानो र पातलो आवाजमा बोलिरहँदा, माहोल निश्चय नै निराशाजनक बन्छ । आफूले बोलिरहेका कुराहरु जतिसुकै उत्कृष्ट भएतापनि, यसको असर श्रोतासमक्ष पुग्न कठिन हुन्छ । यदि आफ्ना कुराहरु आत्मविश्वासका साथ प्रस्तुत गर्न नसक्ने हो भने, दर्शकहरुलाई ती कुरामा कसरी विश्वस्त गराउने, थप कुराहरु सुन्न उत्प्रेरित कसरी गराउने ?
शक्तिशाली आवाजले सबैको ध्यान आफूतर्फ मोडिन्छ, प्रभावशाली आवाजले हर कोहीलाई आकर्षित गराउँछ । यसो भनिरहँदा, केही वक्ताहरुको तिखो स्वरमा चिच्याएर बोल्ने स्वभाव पनि हुन्छ । आवाज बुलन्द बनाउन चिच्याउन र कराउन आवश्यक छैन ।बरु, यो प्रकारको शैलीले दर्शकहरुलाई झर्को लाग्न सक्ने सम्भावना हुन्छ । यसरी चिच्याएर बोलिरहँदा वक्ताको पनि शक्ति सञ्चयमा असर पुग्छ र बिस्तारै उ निकै थकित महसुस गर्न थाल्छ । केही मोटो आवाजमा हल्का स्ट्रेसका साथ दिइएको प्रस्तुति उत्कृष्ट हुन्छ । आवाजका मुख्य तत्वहरुमा भोल्युम, उच्चारण, गुण र रोकाई पर्छन् ।
बोलिरहेका शब्दहरुलाई हात र अनुहारले देखाउने प्रयास गर्नु नै हाउभाउका साथ प्रस्तुति दिनु हो । आफूले बोलेका कुरा प्रष्ट्याउन अभिबृद्धि गर्न यसको प्रयोग गरिन्छ । यसले आकार, स्थान, कार्य, दिशा आदि कुराहरु प्रष्ट पार्न सहयोग पु¥याउँछ । अनुहारको अभिव्यक्तिले वक्ताको व्यवहार, विचार र भावनालाई देखाइरहेको हुन्छ । निराश देखिन्छु भनेर हामी अक्सर डराउने गर्छौँ । खास गरेर हँसिलो भएर प्रस्तुति दिनु उचित हुन्छ । हँसिलो अनुहारले न्यानोपना र विश्वासको अनुभूति गराउँछ । खुला हातले लिने वा दिने कुरालाई सुझाव गर्ने, कुम उचालेर कुनै विषयप्रतिको अज्ञानतालाई प्रष्ट पार्ने र हातले विपरित दिशातर्फ देखाई कुनै विषयको तुलना वा विरोधाभास देखाउने गरेर हाउभाउको प्रस्तुतीकरण गर्न सकिन्छ ।
४. मानसिक तयारी
आफ्नो प्रस्तुति अगाडि सहज विचार र सत्य विचारको मात्र मनन गर्नुपर्छ । दर्शकले वक्तालाई कहिल्यै पनि घृणा गर्दैनन् । वक्ताले उत्कृष्ट प्रस्तुति दियोस् भन्ने चाहना उनीहरुलाई पनि हुन्छ । स्टेजमा पुगेको केही क्षणमा नै म दर्शकहरुलाई प्रभावित बनाउँछु भन्ने उद्देश्यका साथ चम्किलो मुस्कान र आत्मविश्वासका साथ मञ्चमा उक्लनासाथ, निश्चय नै प्रभाव पार्न सकिन्छ । भूल ठूलो कुरा हैन । गम्भीर विषयमा कुरा गरिरहँदा त्यस्ता स–साना त्रुटिहरुमा कसैको ध्यान जादैँन । तर वक्ता आफँैले पनि यस्तो गल्तीको आभास दिनुहुँदैन । दर्शकले यदि गल्ती औँल्याईहाले पनि यो विषय गम्भीर समस्या हैन । मनमा थोरै भय जोसुकैलाई हुुनसक्छ, चाहे उ जतिसुकै प्रखर वक्ता किन नहोस् । भित्र कमजोर महसूस गरे पनि उनिहरु बाहिर आत्मविश्वासी देखिने प्रयत्न गर्छन् ।
५. भाषण लेखन
भाषण लेखनमा ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरु हुन्छन् । एउटा राम्रो भाषण तयार गर्नु भनेको किताब लेखन जति नै गम्भीर विषय हो । शब्दहरुको छनोट गर्दा धयान पु¥याउनुपर्ने हुन्छ ताकि एउटै शब्द बारम्बार नदोहोरियोस् । यस्तो भएमा भाषण पट्यारलाग्दो हुने सम्भावना प्रबल हुन्छ । त्यसैगरी, भाषणलाई कुरा गरेजस्तो ढाँचामा ढाल्नुपर्छ जसले गर्दा दर्शकहरुलाई दोहोरो कुराकानी भइरहे जस्तो अनुभूति होस् । आफूले तयार गरेको भाषणलाई पुनरावलोकन गर्न र पुनर्लेखन गर्न पनि उतिनै आवश्यक हुन्छ । ठूला ठूला लेखकहरुले पनि पहिलो पटकमा नै पूर्ण भाषण लेख्न सक्दैनन् । त्यसैले,लेखेका कुराहरुलाई सुधार गर्दै बारम्बार लेख्नुपर्छ । भाषणले दर्शकहरुको सम्मिलित विषयलाई सम्बोधन गर्न सकोस् । प्रेरणा र उदाहरणका लागि उत्कृष्ट वक्ताहरुले दिएको भाषण सुन्न र अनुसन्धान गर्न सकिन्छ । बीचमा केही प्रेरणादायी भनाइहरु पनि राख्न सकिन्छ । जनज्याेति साप्ताहिकबाट

Author

You may also like