कांग्रेसका तत्कालिन नेता खुम बहादुर खडका र एमालेका चिन्तक मोदनाथ प्रश्रितले एकैदिन, अर्थात २०७१ साल भदौ २७ गते ‘नेपाल हिन्दु सापेक्ष राज्य बनाइनुपर्छ, नेताहरु विदेशीको लहडमा आएर धर्म निरपेक्षका कुरा गरेका हुन् । यदि हिन्दु सापेक्ष राज्य बनेन भने त्यो संविधान च्यातिने छ’ भनेर घोषणा गरेका थिए । यसले नेपाली राजनेताहरु विदेशीको इसारामा नै यहाँ महत्वपूर्ण निर्णय गर्छन् भन्ने कुराको दर्बिलो प्रमाण दिएको थियो उसबेला ।
२०७१ श्रावण १८ गते भारतका प्रधानमन्त्री नरेन्द मोदीले नेपालको व्यावस्थापिका संसद्मा बोलेका बेला अधिकांश नेपालीहरुले ठाने, नेपाल बनाउने भिजन त यिनीसंग रहेछ । नेपालको समग्र परिस्थितिको यिनलाई ज्ञान रहेछ । केले नेपाल बन्छ भन्ने कुरा नेपाली राजनेताहरुलाई पाठ सिकाएर गए । उनले नेपाल बनाउने पाठ सिकाइरहँदा नेपाली नेताजनहरु हात सुन्निने गरी कुर्सी ठटाइरहेका थिए ।
नेपालको विकासको इतिहास २००८ साललाई लिएर उदारण दिइन्छ किनभने योजनाबद्ध रुपमा देशको विकास गर्ने कुरा त्यसै समयदेखि सुरु भएको हो । देशको विकास आजसम्म केवल दस्तावेजमा सीमित भएका छन् । ती दस्तावेज योजना आयोगका कार्यालयमा, अर्थ मन्त्रालयमा, विगतमा राजदरबारमा र अहिले राजनैतिक दलका दस्तावेजहरुमा थन्किएर बसेका छन् ।
विकासको गति सुस्त हुनका पछाडि आजसम्म बहस नगरिएको एउटा बिषय छ, र त्यो हो सुरक्षाको अभाव र असुरक्षाको अनुभूति । असुरक्षाको घेरमा बाँचेको देशले देश बनाउने अख्तियार अवलम्बन गर्न सक्दैन । विकासको कुरा यही बिन्दुबाट थालनी हुनुपर्छ भन्ने कुराको बहस उठन थालिसकेको छ ।
कुनै पनि देश आपैंm बन्दैन, त्यसलाई बनाउनु पर्छ । पृथ्वी नारायण शाहले नेपालको भूगोल खडा गरे । सिमाना लगाए । ग्लोवमा नेपाल भन्ने देश देखियो । उनले नेपाल बनाएका थिए । यस्तै अट्टो भान बिश्मार्कले जर्मनी बनाए । जोसेफ गरिबाल्डीले इटाली बनाए । तिनको साहस र योगदानले ती मुलुकहरु विश्व मानचित्रमा रहन सफल भए । प्रत्येक मुलुकको विकास र प्रगतिलाई हेर्ने हो भने सीमित व्यक्तिको व्यक्तित्व र दूर दष्टिले ती देशहरु उकालो लाग्दै लाग्दै शिखरमा पुगेका हुन् । स्पेनकी महारानी इसाबेला, भारतका जवाहरलाल नेहरु, अमेरिकाका जर्ज वासिंङ्गटन तथा अब्राहम लिंकन, बेलायतकी महारानी भिक्टोरिया वा विन्सटन चर्चिल जस्ता व्यक्तित्वहरुको विरासतमा ती मुलुकहरु आज पनि महान् छन् । देङ्ग सिआओपिङ्ग थिएनन् भने चीन आज पनि उत्तर कोरिया जस्तो एक्लो बाँचिरहने थियो । ली क्वाङ्ग यु थिएनन् भने सिंगापुर आज विश्वको सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको मुलुक हुने थिएन । महाथीर मोहम्मदले लामो समय शासन गरेका थिएनन् भने नेपालका मान्छे काम खोज्दै मलेसिया होइन, मलेसियाका जनता काम खेज्दै नेपाल आउँदै हुनेथिए । माहात्मा गांधीको मानवीय मूल्यले भारतलाई जसरी आजसम्म उच्च मनोबल, हौसला, आत्मबल, उत्तेजना र नैतिकता दिइरहेको छ त्यसरी नै मार्टिन लुथर किङ्गका मानवीय मूल्यले अमेरिकालाई उकालो चढाइराखेका छन् । त्यो मूल्य यति बलियो भ¥याङ्ग भएको छ कि त्यो कहिल्यै पनि भाँचिने छैन । नेल्सन मण्डेलाको अर्को मानवीय मूल्यको ताँदोले दक्षिण अफ्रिकालाई माथि उकालिरहने छ युगौं युगसम्म । अर्थात, राजनीति भनेको सोच हो, जाँगर हो, कटिबद्धता हो, चरित्र हो । आप्mनो स्वार्थका लागि विदेशी बिचौलियाहरुको खुट्टा तिनले कहिल्यै पनि समाएनन् ।
राज्यलाई असफल बनाउनमा अनेकौं तत्वहरु सकृय हुन्छन् तर खाली दृष्टि, हिम्मत र इच्छा शक्ति भएका नेताले मात्र त्यसलाई चिरेर अगाडि बढ्न सक्छन् । आजभन्दा करिब एक्काईस सय बर्ष पहिले, अर्थात क्राइष्ट जन्मनु भन्दा ६८ बर्ष अघि इजिप्टमा जन्मेकी रोमकी त्यसबेलाकी विश्वसुन्दरी क्लिओपेट्राको सुन्दरताले निम्त्याएको भयाभह परिणाम नेपालको राजनैतिक विकृतिको गतिलो बिम्ब बनेको छ । विश्वका त्यतिवेलाका राजनीतिका मसिहाहरु उनको शुन्दरता प्रति यति धेरै आशक्त भए कि त्यसबेलाको इजिप्ट, रोम र ग्रीस सभ्यताको पतनको कारण बन्न पुग्यो । रोमन साम्राज्यका डरलाग्दा लडाकुहरु जुलियस सिजर र मार्क एन्टोनी क्लियोपेट्राको सुन्दरताको कारणले काटाकाट गरेर सकिए र गृह युद्ध भयो । उनको नाक सुन्दर थियो भनिन्छ र त्यसले उनको सुन्दरता बढाएको थियो । उनको नाक र नेपालको भूराजनीतिक अनुहारलाई एउटै बिम्बमा राखेर हेर्दा धेरै कुराको उत्तर मिल्छ ।
नेपालको इतिहास हेर्ने हो भने यो सधैं सामरिक महत्वको स्थान बन्दै आएको छ । आप्mनो अस्तित्व जोगाउन शत्रुसंग लडेर मात्र यो देश अखण्ड रहेको हो । नेपालले सधैं उत्तर र दक्षिणका ठूला मुलुकहरुसंग भिडनु प¥यो । नालापानीको युद्धदेखि भोटसंगको युद्धहरुलाई यसै कसीमा राखेर हेर्न सकिन्छ । यी ठूला शक्तिहरुसँग भिडेकै कारणले नेपालको शैन्य शक्ति विश्वसामू अब्बल दर्जाको रहँदे आएको थियो । तिनको भिडाईले उत्तर र दक्षिणको नेपाल प्रतिको दृष्टिलाई कमजोर बनाइदिएको सत्य हो । ती इतिहासका कालखण्डहरुले नेपालीहरुलाई विदेशीको गुलामीलाई अस्वीकार गर्ने संस्कृतिको जन्म गरायो र नेपालीलाई स्वाभिमानी बनायो । महत्वकांक्षी पनि बनायो । सुरक्षित पनि बनायो । खतरनाक पनि बनायो । असुरक्षित पनि बनायो ।
यही बिरासतमा जन्मेर हुर्केको देश आज यो सबै इतिहासका पाइलाबाट टाढा गइरहेको छ । आप्mनै परमाधिपतिको रक्षा गर्न असफल भयो सुरक्षा बल । भलै, आजको समयमा नालापानीको, देउथलको युद्ध रटेर देश बन्दैन पनि र प्राप्त हुँदैन पनि । यसो गरिएमा उत्तर र दक्षिणले नेपाललाई ‘छद्म’ युद्धको सिकार बनाउने छन् । नायक पर्दा पछाडि रहेर हुने युद्ध नै छद्मयुद्ध हो । नेपाली जनताको आप्mनै बुताको भनिएको २००७ को परिवर्तन अर्को छद्मभेसीको सिकार भयो । २०१७ सालमा उही भयो । माओवादी जनयुद्धलाई पनि त्यसरी नै हेरियो किनभने ‘क्रान्तिका अवशेष सकिए र धोखा भयो’ भनेर पार्टी नै फुट्यो । संसारलाई हेर्दा धेरै चर्चामा आएका द्वन्द्वहरु पनि छद्म युद्ध नै ठहरिए । स्पेन, ल्याटिन अमेरिका, भियतनाम, अंगोला, कोरिया, अफगानिस्तान, कंगो, युक्रेन र रसिया, १९८९ को कारगिल युद्ध, गत तीन बर्षदेखिको सिरिया, मध्यपुर्व सबै आजका छद्म युद्धहरु हुन । तिनका नाइके अरु कोही हुने गर्छन् । आइरिस रिपब्लिकन आर्मीले पनि लामै समय भयो छद्म बिम्ब क्याम्पेनिङ्ग गरेको । अहिले पनि इराक, सिरिया, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, इजरायल, बोस्नियामा मिलिसियाहरुको सञ्चालन अर्कै प्रभूबाट भइरहेको छ । ती आप्mनो जनता र मुलुकको हित भन्दा पनि ब्यक्तिगत स्वार्थबाट निर्देशित छन् ।
मुलुकको राजनीतिमा विश्वमा धेरै उदारण छन् जसमा तेश्रो पक्ष खडा गरिएका छन् । ज्यान जनताको जान्छ, तर हार र जीत अर्काको पोल्टामा जान्छ । मोहन बैद्यले धेरै समय लगाएर बोलेको कुरा पनि सायद यही थियो । नेपाल बनाउन नसकिएको मुख्य कारण पनि यही गोप्य साँठगाँठ हो । राष्ट्रिय हीत र सुरक्षाको नीतिलाई शीरमा राखेर शासन गर्ने अहिले जिवीत नेता कोही पनि भइदिएनन् । यो कुरा बीपी कोइरालाले जीवनको उत्तरार्धमा आएर यसलाई चिर्न खोजेका थिए । तर उनले नेपाल बसाइको जीवनको अधिकांश समय जेलमा बिताउनु प¥यो । नेपाली राजनीतिमा भारतीय सकृयताको बिरोध गरेका थिए । पछि प्रबासमा गएपछि फेरी इन्दिरा गांधीले बीपीको हुर्मत लिइन् । उनको कोठामा ‘रेड’ गर्न मात्र लगाइनन्, नेपालको सुरक्षा र बिदेश नीति सुम्पेमा प्रधानमन्त्री बनाइदिने आश्वासन पनि दिइन् । तर उनले त्यो अस्वीकार गरे र देशको रक्षाको लागि राजासंग सहकार्य गर्न २०३३ सालमा स्वदेश फर्किएका थिए । दरवारले यसलाई बुभ्mन सकेन । यही कारण पनि बन्यो त्यो संस्था इतिहासबाट बिलिन हुने । भारतमा कांग्रेस सत्तामा रहुञ्जेल नेपालमा धेरै अनपेक्षित उतारचढावहरु आए । हस्तक्षेप धेरै भयो । नेपालको राजनीति भारतीय बिचौलियाहरुले सञ्चालन गरे ।
२०४७ को परिवर्तन पछि राजनैतिक नेतृत्वले राजनीति गरेको धरातल बीपीको धरातलको बिपरित धु्रवमा कुदन थाल्यो । बीरेन्द्रले कतिपय बिषयमा बीपीले राखे जस्तै अडान राख्नाले उनको बंशनाश भएको भोलिको इतिहासले खोज्ने छ । पत्ता लगाउने छ ।बीरेन्द्रको यो रहस्यमय बंशनाश पछि पनि नेपाली स्वाधिनतालाई मलजल गर्ने क्षमता कसैले प्रदर्शन गरेनन् । सुस्तमा झण्डा गडनेहरु, कालापानीमा मार्चपास गर्नेहरुको पनि त छद्म युद्ध र राजनीति करीव उदाङ्गो भइसकेको छ । पल्ला गाउँको दानापानी खाएर आप्mनो गाउँमा आयो लगाउनेहरु अहिले खरानीको टीका लगाएर राष्ट्रियताको गीत गाउँदैछन् । आज यो देशले सीमा, राहदानी, इन्धन, मुद्रा, खाद्य सुक्षा जस्ता बिषयमा कुनै निर्णय क्षमता प्रदर्शन गर्न सक्दैन । नेपाल सरकारको हात भन्दा यी चिज धेरै टाढा छन् । असुरक्षाको भुमरीमा जेलिएका इजरायल, सिंगापुर, मौरिससजस्ता मुलुकहरु अहिले पूर्ण सुरक्षित भइसके र विकासको पखेटा पिंmजिसकेको छ । नेपालमा भने बीपी र महेन्द्रको अपुरो प्रयास एउटा मिथक मात्र बनेको छ । किनभने राजनीति गर्न क्षमता र आत्मबल पनि चाहिन्छ । ती गुण गुमेका नेताहरुको हातले देश बनाउने उटपट्यांग सपना पालिरहेका छौं हामी । यिनले जंगबहादुर राणाको त्यो इतिहास पनि पढदैनन् । प्रधानमन्त्री जंगबहादुर राणालाई अंग्रेजले नेपाल — अंग्रेज युद्धका बारेमा धारणा व्याक्त गर्दा उनले भनेका थिए, ‘कुनामा थुनेको बिरालोले केही नलागे पछि हात्ती माथि जाइलाग्न सक्छ तर उसले सकेसम्म उम्किन खोजेको चाहिं हुन्छ ।’ बिरालोलाई यस्तो लडाई लडनु हुँदैन भन्ने ज्ञान हुन्छ, तर बाध्य भए पछि ऊ हात्तीसंगै भए पनि भिडछ । नेपालको नेतृत्वले निरक्षर जंगबहादुरको यति कुरा पनि बुझेन । सिंगापुर एउटा वकिल (ली क्यान यु)ले समृद्धशाली बनाए । मलेसिया एउटा इन्जिनियर (महाथीर बिन मोहम्मद)ले संबृद्धशाली बनाए । टर्कीका राष्ट्रपति गुल, ब्राजिलका राष्ट्रपति रुसोफले कसरी बिदेशीहरुलाई चलाख्याँइपूर्ण तरिकाले डिल गरेर आप्mनो मुलुकलाई समृद्ध बनाए । युद्धले सकिएको मुलुकलाई उठाउने श्रीलंकाका राजापाक्षेको चेतना नेपाली नेतृत्वलाई काम लाग्ने नै थियो । तर धाँधली गरेर चुनाव जित्ने, ३०० प्रतिशत मुद्रास्फिति गराउने, बिपक्षीलाई संधै पेलेर जाने भेनेजोएलाका निरंकुश शासक मौडुलो पो गुरु छन् हाम्रा नेताको त ! यिनको मक्का मदिना भनेको भेनेजोएला नै हो । झाँसीकी रानीले आप्mनो बच्चा पिठ्यूँमा बोकेर बेलायती बिरुद्ध लडिन । उनी घाइते भएर उनलाई पक्रिने अवस्था आएकोले उनले आत्मदह गरिन् । हारेर पनि उनको जीत भएको थियो । उनी अमर रहिन् ।
नेपालमा भने ती विरासत बोकेका नायकहरुको शालिक भत्काउन लगाएर महानताको गीत निकै बर्ष गाइयो । इतिहास साहित्य हो । साहित्य इतिहास हो । किनभने दुबैमा अलंकारको प्रयोग हुन्छ । बिम्ब हुन्छ । त्यसलाई बुभ्mनेले मात्र सफल राजनीति गर्छ । अर्काले उचालेको भरमा राजनीति गर्ने राजनीतिकर्मी नभएर सामान बेच्न सघाउन राखिएको सहयोगी बिक्रेता मात्र हो । नेपालको सुन्दरताले पास्कलले बनाएको क्लियोपेट्राको सुन्दरतको बिम्बलाई परिलक्षित गर्न सक्छ । त्यसैले अस्ति मोदीले हिमालको निख्खर पानीलाई ‘जवानी’ को बिम्बमा राखेर हेरे । नेपालको पानी क्लियोपेट्राको जवानी हो । हिउँ क्लियोपेट्राको अनुहार हो । हिमालय पर्बतमाला क्लियोपेट्राको नाक हो । यहाँको सांस्कृतिक विरासत क्लियोपेट्राको ग्ल्यामरस शरीर हो । नेपालको खनिज क्लियोपेट्राका महंगा गहना हुन् । पर्यटन, कषि, धार्मिक सम्पदा, बन सम्पदाले नेपालको सुन्दरतालाई क्लियोपेट्राको रंगमा उतारिदिन्छन् ।नेपाल बनाउन मेलमिलापको साथै हिम्मत र क्षमता चाहिन्छ । बीपीले यो हिम्मत र क्षमता अध्ययनले निर्माण गरेका थिए । उनी जेलमा बस्दा जाँ पाल सात्रको थ्री प्लेज, अलवर्ट कामुको मिथ अफ सिसिफस , काप्mकाको दी क्यासल , दोस्तोभस्कीको डायरी अफ राइटर्स जस्ता कितावहरु पढथे जुन कितावहरु बुभ्mन धेरै गाह छन् । यो स्तरको दर्शन बुभ्mनेले मात्र देश बनाउने राजनीति गर्न सक्छन् । यस्ता अध्येताका कुरालाई कुनामा राखेर अहिले नेपालको राजनीति गर्नेहरु देश बनाउने हावादारी गफ गरिरहेका छन् । ती त सिर्पm भुडकीला भन्छन्, धम्कीको भाषा बोल्छन्, कार्यकर्ता पोस्छन्, आप्mनो पार्टी बलियो बनाउने ध्यान गर्छन् ।
देश गोली मारा !
यसले प्रष्ट हुन्छ, नेपालको विकास कस्ले गर्दा भएन भन्ने कुरा । किन भएन भन्ने कुरा । नारा र भाषणले मात्रै नेपाल बन्ने भए उहिल्यै बनि सक्थ्यो ।