लेख विचार/वहस

समय, शिक्षा, राजनीति र वेदीहरु

   =====  बर्षभरी धार्मिक कर्मकाण्ड गरेका फोटाले सामाजिक सञ्जाल रंगाउने, मन्दिर आदिलाई दान दिन तँछाडमछाड गर्ने, घरैमा पंडित बोलाएर रुद्री र चण्डी पाठ गराउने अनि घरबाहिर निस्केपछि हिन्दु धर्मको बिरोध गर्ने पाखण्डीहरुको समय हो यो । =======

बाँस्कोटा धनञ्जय

ज धेरै लामो समयपछि मनमा एउटा झिनो खुसी मनमा बोक्न लालायित भएँ । यसको खास कारण त्यति ठूलो पनि छैन । कतिलाई यो अकारण लाग्न सक्ला । तर छैटौं इन्द्रियले हेर्ने हो भने यो दुनियाँका कुनै पनि कुरा छैन जो ‘अकारण’ बनोस ।

त्यसो त बेलायती लेखिका भर्जिनिया उल्फको बिश्व चर्चित एउटा निबन्दको बिषय कस्तो छ भने झ्यालको छेउमा एउटा पुतली उडेर आयो, एकछिन त्यहीं ऊर्जावान भएर उड्यो, क्रमशः फेरि कमजोर देखिंदै उड्यो र अन्त्यमा भुईँमा झर्यो र मर्यो । नाथे पुतली । बस निबन्ध सकियो । हामी मान्छे मर्दा र मार्दा त निश्फिक्री हिँडनेहरुलाई यो भन्ला ‘नाथे’ बिषय अरु केही नहोला । अथावा समुद्र किनाकरका गिटीलाई छालले हान्दा तिनबाट निस्किने कर्कश आवाजलाई ‘ऐयाउ’ सुनेर त्यो आवाजलाई मानवताको चित्कारको आवाज भनेर विश्वबिख्यात कविता लेख्ने मत्थु आर्नोल्डको कविताभन्दा ‘नाथे’ बिषय भएको अरु कुनै हुन्छ त ? यस्ता नाथे कुराहरु सिर्जनाका ‘महान’ बिषय बनेका अनेकौं प्रमाणहरु छन् ।

यस्तै नाथे कुराहरु महान बनिरहेको समय हो यो । हात्तीछाप चप्पल लगाएर अर्काकोमा भात माग्दै हिँड्नेहरु देशका उपल्लो दर्जामा मात्रै पुग्न सफल भएनन्, ती ‘यो मुलुकको अधिपति मै हुँ’ भन्न समेत भ्याइरहेका छन् । यो देश मेरै बपौती हो भन्न भ्याएका छन् । अर्थात्, नाथेहरुको राज चलेको यो समयमा मेरो बिषय महान हुने कुरा पनि भएन ।

यही नाथे महात्म्य गमिरहँदा एउटा ‘नाथे’ बिषय मनमा आएको हो र त्यो के भने यसपालिदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिबिएस दोस्रो बर्षको अंग्रेजी पाठ्क्रममा राखिएको ऋग्वेदको एउटा सूक्त ।

कति नाथे बिषय ? कुन आकास झर्याे त ?

तर यो नाथेभित्रको महानता म देखिरहेको छु ।

किनभने बैदिक ज्ञानलाई थुक्न पढाउने पाठशालाहरुको घुईँचो लागेको समय हामी आपैmले भोग्यो, देख्यौं र काट्यौं । थुक्ने मात्रै होइन, यसको समूल नष्ट गर्न अनेकौं राजनीतिका आयामहरु निर्माण गरिए । थामिनसक्नु भयो । संस्कृत पढ्नु भनेको प्रतिगामी हुनु हो । सामन्ती हुनु हो । नश्लीय हुनु हो । शोषक हुनु हो । आततायी हुनु हो । अमानवीय हुनु हो । अवैज्ञानिक हुनु हो भन्न लगाइयो ।

त्यसो त संस्कृत बिषय पढाउनेहरु रुखमा फले । ती माटोको स्पर्श गर्न चाहन्थे, तर पाएनन् ।

अनि पूराण भन्नेहरु भगवानको प्यारा भए । व्यासमा बसेर संस्कृत उच्चारण गर्न पनि त्राश भयो ।

अनि कर्मकाण्ड गर्नेहरुको रोजीरोटी धरापमा पर्यो। हिच्किचाहट थियो । किनभने पुरातनपन्थी, पश्चगामी, नश्लीय, सामन्ती र शोषक हुन कसैलाई पनि मन हुँदैन । त्यही भयो ।

पूराण आदि कर्म नगर्न र नगराउन उर्दी भयो । त्यो त अहिले पनि जारी छ । सकेसम्म हतोत्साहित गरिन्छ । एक जना साथीले गर्वका साथ भने एक दिन, ‘त्यस्तो मित्थ्या पनि सुन्ने र सुनाउने हो ? मैले त्यो कार्यक्रम नै क्यान्सिल गराइदिएँ ।’ यो प्रकारको गौरवताको दुकान राम्ररी चल्ने देश हो यो । हिन्दु शब्दको उच्चारण गर्न मानिस डराउन थालेका थिए ।

तर बर्षभरी धार्मिक कर्मकाण्ड गरेका फोटाले सामाजिक सञ्जाल रंगाउने, मन्दिर आदिलाई दान दिन तँछाडमछाड गर्ने, घरैमा पंडित बोलाएर रुद्री र चण्डी पाठ गराउने अनि घरबाहिर निस्केपछि हिन्दु धर्मको बिरोध गर्ने पाखण्डीहरुको समय हो यो । यो भुमरीबाट, यो ढुंगाबाट, यो सुनामीबाट बचेर आज फेरि हाम्रो सनातन धर्म र संस्कृति, अनि बैदिक ज्ञानको अथाह भण्डार हाम्रा पाठ्यसामग्रीमा छिर्न थाले । यसरी ढुंगाबाट पलाएको टुसो बनेको छ यो ऋग्वेदको नासकीय सूक्त, मण्डला १०, श्लोक १२९ नं । र यो ढुंगो टुसाउने बनाउने, खास गरी नेपालका अंग्रेजी साहित्यका बेदव्यास भन्छु म, गुरु प्रा. डा. श्रीधर लोहनी हुनुहुुन्छ जसले यो सामग्री तयार पारेर बिबिएस दोस्रो बर्षका बिद्यार्थीहरुलाई यो बर्षदेखि पढ्न पाउने बनाउनु भएको छ । यसमा त्रिभुवन विश्वविद्यालय अंग्रेजी विभागलाई बिशेष आभार व्यक्त गर्नै पर्छ ।

त्यसो त भारतमा मुसलमानहरुको राज रह्यो सयौं बर्ष । हिन्दुत्व मास्न सकेनन् । ईसाइहरुको राज भयो सयौं बर्ष । हिन्दुत्व मास्न सकेनन् । इन्दिरा गान्धी स्वयं लागिन, आजसम्म राहुल पनि लागकै छन् । तर हिन्दुत्व मासिएन । बरु संसारभर पैmलिरहेको छ । त्यो प्रमाणले यहाँको कुरालाई प्रमाणित गरिरहेकोछ, कि जति नै धेरै धारेहात लगाउँदा पनि यो उठ्ने रहेछ । आज स्नातक तहका विद्यार्थीहरुले यो कुरा बुझ्न पाउने भएको छन् ।

के भन्छ त यो सूक्तमले ?

यसमा सात वटा श्लोक छन् । यो ब्रम्हाण्डको उत्पत्ति हुनु अगि यहाँ कुनै अस्थित्व थियो कि थिएन ? यो ब्रम्हाण्डभन्दा पर कुनै आकास थिएन, हावा थिएन । पानीको आयतन र यसको आवरणको बारेमा कुनै ग्यारेन्टी छैन । त्यहाँ मृत्यु थिएन, अमरत्व पनि थिएन, रात र दिन छुट्याउन कुनै औजार थिएन, एउटा निस्वासभित्र प्रकृतिले स्वास फेरेको कुरा मात्रै थियो । त्यो अस्तब्यस्ततामा अँध्यारो थियो । अनि त्यो अँध्यारो र आकारबिहीनता न्यानोको स्पर्शले अस्थित्वमा थियो । तर त्यहा एउटा ईच्छा भने थियो, त्यही कुरा ऋषिहरुले खोजे र अस्थित्वबिहीनतामा अस्थित्व भेट्टाए । अनि त्यही अस्थित्व झिल्कासरी पैmलियो, त्यो कहाँनिर थियो त्यो त यकिन भएन तर त्यसलाई जन्माउने ऊर्जा भने थियो । कसैले पनि ब्रम्हाण्डको उत्पत्तिको बारेर ठोकुवा गर्न सक्दैनन् किनभने स्वयं ईश्वरहरु नै यसको उत्पत्ति पश्चात देखा परेका हुन् र कहिले यसको उत्पत्ति भएको हो त्यो पनि भन्न गाÃो छ । तर एउटा कुरा पक्का छ, त्यो के भने यसको पहिलो संरचना ईश्वरले नै गरे, नियन्त्रण र यियमन गरे । तर उनले त्यो गर्न सके कि सकेनन्, त्यो चाहिं भन्न सकिन्न ।

सातवटा सूत्तमको सार यही हो । तर यसले दुईवटा कुरालाई प्रश्ट पारेको छ । पहिलो, ब्रम्हाण्डको सिर्जनाबारे ‘पहिलो सिद्धान्त’ लाई नै थाहा छ । त्यो भनेको अदृष्य शक्तिको सिद्धान्त जनु कुरालाई बैज्ञानिकहरुले ‘बिगब्याङ्ग थ्योरी’ भनिदिए । त्यसलाई ब्ल्याक होल भनिदिए । दोस्रो कुरा, ईश्वरलाई मात्रै थाहा छ यो रहस्यमय सिर्जनाको बारेमा । तेस्रो, ब्रम्हाण्डको उत्पत्ति शून्यताबाट अर्थात् निरर्थकताबाट भएको हो । यो कुरा आजको भौतिक विज्ञानले पनि स्वीकारेको छ । अनि आकार बिहीनतामा आकारको खोजी गर्ने उत्तरआधुनिक चिन्तन् पनि त यही वेदमा रहेछ नि त ?

उसोभए दुई सय बर्ष अघिको आधुनिक भौतिक विज्ञान लेख्ने पश्चिमाहरु वेदी कि त्यो कुरा पाँच हजार बर्ष अघि नै ऋग्वेदमा लेख्ने वैदिक ऋषिहरु वेदी ? अनि उत्तरआधुनिकताको संकलप गर्ने असी बर्ष अघिका ज्याक डेरिडा वेदी कि पाँचहजार बर्ष अघिका वैदिक ऋषि वेदी ? प्रश्न यहींनिर छ । तर जे भए पनि वेद पनि नमान्ने, विज्ञान पनि नजान्ने खुङखार वेदीहरु राजनीतिको कारखानामा छन् र तिनले नजानेको पनि केही छैन, जानेको पनि केही छैन् ।

मेरो नाथे बाट सुरु भएको यो ल्याङ्गल्याङ्ग लेख एउटा गम्भीर मोडमा पो पुगे छ त ! त्यसैले यो नाथेहरुको युग रहेछ भन्ने लाग्यो ।

जय नाथे !

Author

You may also like