====सरकार वामपन्थीको होस् वा दक्षिणपन्थीको, सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाउनुको औचित्यबारे जनताले बुझन् जरुरी छ । समाजका मूल समस्याहरुमा देशको ध्यानाकर्षण गरी समाज र सरकारलाई सही दिशामा डो¥याउन सामाजिक सञ्जालका छद्म प्रयोगकर्ता र हिंसा, आतंकवाद र अपराधीहरुलाई प्रश्न दिई रहने जनुसुकै र जस्तासुकै तत्वहरुलाई लगाम लगाउनु जरुरी छ । =====
सत्येन्द्रलाल कर्ण
आधुनिक युगमा मानिसको उपभोग गर्ने क्षमता र प्रवृत्ति जति जति बढ्दै गइ रहेको छ । मानव समाज झन् बढी स्वतन्त्रता र आनन्द प्राप्त गर्ने उपायहरुको खोजीमा लागेको छ । सुविधाभोगी समाज र सुविधाविहिन समाज बीच उच्चताबोध र हिनताबोधको संकेत छ । मानवताका अन्तरवस्तुहरु माथि कालो अँध्यारो बढ्दै जाने खतरा पनि उत्तिकै बढ्दै गइरहेको छ । बजारमा उत्पादन हुने प्रतिष्ठान र औद्योगिक केन्द्रहरुमा अत्याधिक नाफा कमाउने र आम्दानी तथा जीवन स्तरमा विकासका नयाँ नयाँ मार्गहरुको खोजी गर्दै जाने क्रममा झन बढि असुविधा, असन्तुष्टि र विचारहरुमा विरोधाभासको संक्रमण बढ्ने खतराहरु विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारी भन्दा कम घातक छैनन् ।
मानिसको जीवनमा सबैभन्दा बढी असुविधाको वातावरण त्यसबेला सिर्जना हुन्छ जब हामीले उपभोग गर्ने सुविधाका कुराहरु माथि नियन्त्रण, निषेध वा अभाव हुने परिस्थिति सिर्जना हुन्छ । वैश्विक कोरोना महामारीको घातक आक्रमणले समाजलाई पिरोलिरहँदा आवश्यक औषधि उपचारको अभाव लगायत अक्सीजनको कमी र उपचाररत कोरोनाका बिरामीहरुलाई मृत्युको मुखमा पु¥याउने अत्यन्त त्रासदीपूर्ण अवस्था सिर्जना भएको उदाहरण हामीसँग छर्लङ्ग छ ।
वैश्विक स्तरमा मानिसहरुले उपभोग गर्ने फेसबुक, वाट्सएप, इन्स्टाग्राम र यस्तै किसिमका अनेकौं सामाजिक सञ्जालहरु जुन आधुनिक प्रविधिले मात्र संभव भएको छ बजारहरुबाट हामी यसलाई प्राप्त गर्दछौं । यी र यस्ता अनेकौं कुराहरुलाई हामी उपयोग गर्न अभ्यस्त भई सकेका छौं, यस्ता बस्तुहरुको चरम उपभोगले गर्दा समाजमा मानिसहरुको स्वास्थ्यमाथि यसका दुष्प्रभावहरु पर्न थालेको छ, परिणाम स्वरुप विश्वस्तरमै यसको दुरुपयोग भइरहेको अवस्था बारे गम्भीर ध्यानाकर्षण र चिन्ता सार्वजनिक हुन थालेको छ ।सरकार तथा सार्वजनिक संस्थाहरुले यस्ता सामाजिक सञ्जालहरुले पैदा गर्ने विकृति विसंगतिहरु तथा मानव स्वास्थ्यहरु माथि पार्न सक्ने गम्भीर परिणामहरुलाई रोक्न, घटाउन तथा नियन्त्रण गर्ने उपायहरुको खोजीमा लागेका छन् । नयाँँ नयाँ किसिमका सामाजिक विकृतिका आयामहरु विस्तार हुँदै जाने अवस्था सिर्जना भइ रहँदा यसबारेमा के गर्ने भन्ने सवालमा सरकार अनुत्तरित प्रश्नको खोजिमा लागेका छन् । नयाँ नयाँ किसिमका सामाजिक सिर्जना भइरहँदा यसबारेमा के गर्ने भन्ने सवालमा सरकार अनुत्तरित प्रश्नको खोजीमा लागेको देखिन्छ । सरकार र समाजका अगुवाहरुमा विकल्पको खोजी गर्ने कार्यहरुमा तीव्रता आइरहेको छ । हामी जलवायु संकेत वातावरण प्रदूषण, गरिबी र सामाजिक असुरक्षा माझ समाजलाई उच्च मनोबल र दृढ इच्छा शक्तिका साथ लाग्नु जरुरी छ ।
आधुनिक सामाजिक सञ्जालहरुमा हामी एकैसाथ सबै बालबालिका युवा, तन्नेरी, प्रौढ र वृद्धाअवस्था पार गर्न लागेका व्यक्तिहरु समेत सामेल भएका हुन्छ । प्रातकालमा ओच्छ्यानबाट क्युँझिदा हामी मोवाइल र फेसबुक सँग आवद्ध हुन्छांै । हामी एकैसाथ आफ्ना मित्रहरु, शुभचिन्तकहरु ।
नातागोताहरु र बाल्यअवस्थाका टाढिएका साथी सबैभन्दा बढी महत्वपूर्ण हामी विश्वका ठूला ठूला राजनीतिज्ञ, विचारक, वैज्ञानिक साहित्यकार, उद्यमीहरु आदि सिर्जनशील समुदायहरु बीच प्रत्यक्ष संवाद र विचारहरुको आदान प्रदान तथा व्यक्तित्व विकासका लागि प्रतिभा देखाउने अवसरहरुको समेत सुअवसर प्राप्त हुने गर्दछ । सूचना सञ्जालको क्षेत्रमा एउटा साधारण व्यक्तिले पठाएको पत्र, म्यासेज वा पोष्टबाट देशको राष्ट्रपति र प्रधानमन्त्री समेतलाई आफ्नो विचार र समस्याहरु राखेर समाधान हुने अपेक्षा गर्न सकिन्छ ।
हामी अन्तर्राष्ट्रिय समुदाय समक्ष ट्वीटरमा गरिएको ट्वीट मार्फत् सीधा संवाद गर्न सक्दछांै र विश्वका घटनाक्रमबारे आफ्नो सुझाव र विचार प्रकट गर्न सक्दछौं । प्रविधिको विकास जतिजति व्यविस्थित हुँदै गइरहेको छ । मानव समाज बढी सिर्जनात्मक र एक अर्काका लागि सहयोगी हुने अपेक्षाका साथ अगाडि बढिरहेका छन् । हामी समान विचारधाराका व्यक्तिहरुसँग नजीकको सम्बन्ध गाँस्न सक्छौँ । राजनीतिक कार्यकर्ताहरु तथा समाजसेवामा लागेका व्यक्तिहरुका लागि यो मञ्च बढी आशलाग्दो अवस्थामा रहेको छ ।
समाजशास्त्रीहरुको विचारमा सामाजिक सञ्जालहरुको माध्यमबाट जतिजति मानिसहरु बीच सम्बन्ध स्थापित हुन्छ । मानिसहरुका सामाजिक दायराहरु फराकिलो बन्दै जाने अवस्था सिर्जना हुन्छ । मानिसहरुको दृष्टिकोणमा उदारता, मानववाद र स्वतन्त्र चेतनाको अभिव्यक्तिको प्रस्फुटन हुन्छ । मानिस एक अर्काको भावना र सुख दुःखलाई बुझ्ने त्यस अनुसार सहयोग गर्ने संस्कारको विकास हुन्छ ।
मानिस पुरातनवादी सोच, जीवनशैली र दृष्टिकोण परित्याग गरी नयाँ वैज्ञानिक सोचको आधारमा आफ्ना पुराना विचारहरुलाई परित्यग गरी नयाँ वैज्ञानिक चिन्तनको विचार ग्रहण गर्दछ । सामाजिक सरोकारका विषयहरुमा सरकार समाजबिच अभूतपूर्व सहमति, विमति वा सहयोगको विस्तार हुन्छ ।
तर सामाजिक सञ्जालहरुले फैलाइरहेका थुप्रै झुटा र नक्कली कुराहरुले समाजमा अन्यौल र विकृतिहरु बढ्दै जाने खतराहरु पनि विस्तारित हुन थालेको छ । राजनीति धर्म र थुप्रैवाद विवादहरुको सन्दर्भमा समाजमा व्यस्त अन्धविश्वास कुरीति र कुप्रबन्धन तथा राजनीतिक उग्रता नश्लवादी तथा जातिवादी सोचलाई बढाव दिइरहेको सामाजिक सञ्जालले समाजका विकृति विसंगति र समस्याहरु बारे बुझ्न मद्दत पु¥याउँछ । सामाजिक सरोकारका विषयहरु बारे सामाजिक सञ्जालमा व्यक्त गरिएका विचारहरुबारे सामाजिक अगुवाहरुको ध्यानाकर्षण हुनु नयाँ कुरो होइन ।
हालसालै घटेका घटेका घटनाहरु र विचारहरुले समाजिक सञ्जालमा सनसनी फैलाइरहँदा पनि सामाजिक सञ्जालले नश्लवादी सोच व्यवहार र घृणा तथा आतंकको राजनीतिलाई बढावा दिएको बारे प्रष्ट बुझ्न सकिन्छ । कुनै पनि किसिमको अतिवादले सामाजिक सन्तुलन खलबल्याउँछ र समाजको शान्ति व्यवस्था र भाइचारा तथा समावेशी समाजको परिकल्पनालाई पनि असर पु¥याउने भएकाले सामाजिक सञ्जालले विश्वका ठूला–ठूला व्यक्तित्वहरुका विचारलाई पनि परिबन्द लगाउने निर्णय सामाजिक सञ्जालमा आएको गुणात्मक परिवर्तनको संकेत हो ।
पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको फेसबुक र ट्वीटर एकाउन्ट माथि प्रतिबन्ध लगाउनु कम साहसिक निर्णय थिएन । ‘सम्पूर्ण विश्व एक परिवार’ को अवधारणा बीच सामाजिक सञ्जाल अगाडि बढिरहँदा यसलाई अझ सफा स्वच्छ सिर्जनात्मक र भावी पुस्ताका लागि उपयोगी बनाउन आवश्यक रहेको छ ।
निश्चय नै सामाजिक सञ्जाल भित्र अनेकांै किसिमका झुटा कुराहरु, अपराधहरु, हिंसा र साम्प्रदायिक कुराहरुले पनि दृश्य अदृश्यरुपमा प्राथमिकता नपाएका होइनन् । यदुवंशी कृष्णका उत्तराधिकारीहरुले आफ्नै वंशलाई विनाश गराउने घटनाहरु इतिहास बनेको र संसारलाई सत्य र असत्य बीचको फरकबारे बुझ्न मद्दत पु¥याएको देखिन्छ । समाजमा प्रेम भाव भ्रातृत्व र सामाजिक एकीकरण सांस्कृतिक एकता र धार्मिक सहिष्णुताको विस्तारको लागि यसको जति सराहना गरेपनि कम नै हुन्छ । नेपाललमा मात्र होइन, भारत लगायत सामाजिक सञ्जाल स्वतन्त्र भएको देशहरुमा यसले समाजभित्रका मूल्य मान्यताहरु तथा स्वास्थ्य परम्पराहरुलाई क्षति नपु¥याएको होइन, सारा संसार यसका अँध्यारा पक्षहरुबाट आक्रोशित र पीडितहरु विश्वभरि फैँलिदै गएको अपराध तन्त्र बारे सरोकारवाला निकायहरुले ध्यान पु¥याउनु जरुरी छ । सत्ता र राजनीतिको शीर्षमा स्थायी भएर बसिरहने गलत परम्पराले सामाजिक सञ्जालमा आधिपत्य जमाउने कार्य गरि रहँदा यस्तो आपराधिक चरित्रको चिरफार गर्नु जरुरी छ ।
मुनाफा कमाउनका लागि सामाजिक सञ्जालले फैलाइरहेको मायाजालमा किशोर किशोरीहरु शिकार बन्नु, लागुऔषध, यौन अपराध, विचारहिनता, अनुशासनहिनता, संस्कारहिनता आफ्नो सांस्कृति प्रति अपमान र पराई संस्कृतिवादले राष्ट्र, राष्ट्रियता, परम्परालाई गर्ने छाँटकाँट प्रष्ट रुपमा उजागर भइरहेको अवस्थामा मलाई सामदाम दण्ड र भेदबाट व्यवस्थित बनाउनु जरुरी छ । समाजलाई पँगु होइन, गतिशिल नेतृत्व र प्रविधिको आवश्यकता छ जहाँ परम्परा शुद्धीकरण गर्ने सोचलाई मलजल गर्नु जरुरी छ । समाजिक सञ्जालहरु चलाउने कम्पनीहरुले बढी आम्दानी कमाउनकै लागि भएपनि गलत र भ्रामक सूचनाहरुको आदान प्रदान गरिरहँदा त्यसलाई निस्तेज पार्नु जरुरी छ ।
सरकार वामपन्थीको होस् वा दक्षिणपन्थी सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाउनुको औचित्यबारे जनताले बुझन् जरुरी छ । समाजका मूल समस्याहरुमा देशको ध्यानाकर्षण गरी समाज र सरकारलाई सही दिशामा डो¥याउन सामाजिक सञ्जालका छद्म प्रयोगकर्ता र हिंसा, आतंकवाद र अपराधीहरुलाई प्रश्न दिई रहने जनुसुकै र जस्तासुकै तत्वहरुलाई लगाम लगाउनु जरुरी छ ।
सामाजिक अगुवाहरु पनि अतालिएर सामाजिक सञ्जाल माथि रोक लगाउन माग गर्दछ तर विचार र अभिव्यक्तिको स्वतन्त्रता सदासर्वदा सत्य र सनातन अभिव्यक्तिको स्वतन्त्रता र अधिकार भएकाले लोकतन्त्रको उन्नत अवस्थालाई बिथोलेर दमन र घृणाको त्याज्य अवस्थालाई स्वीकार गर्नु गलत हुनेछ । यद्यपि विश्वभरिनै सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाउने कुराहरु सामाजिक सञ्जालहरुमा आइरहन्छ । नेपालमा पनि सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने वा सेन्सर गर्ने माग पटक पटक नउठेको होइन तर सदियौँ लामो संघर्ष पछि मानिसहरुले प्राप्त गरेको अभिव्यक्तिको स्वतन्त्रता हासिल गरेको छ । केही क्षणिक घटनाहरुले यस स्वतन्त्रतालाई सम्मान गर्नु जरुरी छ । कतिपय सन्दर्भमा सामाजिक सञ्जाल दोषी पनि सावित भइरहेको देखिन्छ र कतिपय सन्दर्भमा सामाजिक सञ्जालले समाजमा उदाहरणीय काम पनि गरेका छन्, आपतकालमा, बाढीको विभिषिकामा, भूकम्पमा, महामारीमा, युद्ध, प्राकृतिक संकट र सुरक्षा अवस्थालाई बढि सुरक्षित बनाउन समाजमा सामाजिक सहिष्णुता र सद्भाव बढाउनु जरुरी छ । समाजमा विद्वेष फैलाउने तह र तप्काका व्यक्तिहरुलाई कारगर ढङ्गले परिचालन गर्नु आवश्यक छ । लोकतन्त्र र सामाजिक सञ्जाल एक अर्काका परिपूरक हुन् र एक अर्काको जीवन माथि पनि हुन् भन्ने कुराबारे यथार्थ बोध गर्नु जरुरी छ ।