देश–समाज राष्ट्रिय समाचार स्थानीय

चीन भ्रमणबारे प्रमद्वारा संसदलाई जानकारी

दमक/ दमक । लिपुलेक, लिम्पियाधुरा सीमा विवादको विषयमा वार्तालाई नछुवाईकन प्रधानमन्त्री केपी ओलीले शनिबारदेखि हुने चीन भ्रमणका विषयमा जानकारी गराएका छन् ।
आफुलाई राष्ट्रवादी नेता भन्न रुचाउने प्रधानमन्त्री ओलीले शुक्रबारको संसद बैठकको सम्बोधन जनचाहना विपरितको थियो । जनताले सीमा विवादको विषयमा ठोस निस्कर्षसहित एउटा म्याण्डेट बोकेर प्रधानमन्त्री चीन भ्रमणमा जानेछन भन्ने जनचासोलाई छुवाउन सकेनन । उनले सो बैठकमा चीनका राष्ट्रपति सी चिनफिङसँगको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गतेदेखि १८ गतेसम्म ५ दिने भ्रमणमा जान लागेको जानकारी गराए । सो सम्मेलनको चिनियाँ राष्ट्रपति सीले उद्घाटन गर्ने कार्यक्रम चीनले तय गरिसकेको छ ।
सम्बोधनका क्रममा भदौ १५ र १६ गते उत्तरी चीनको तियान्जिनमा आयोजना हुने एससीओ सम्मेलनमा सहभागी हुन आफू त्यसतर्फ जान लागेको बताएका हुन् ।
सो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले भ्रमण नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी हुने पनि बताए । ‘नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ । त्यसमा विश्वस्त रहन आग्रह गर्छु’ उनले भने ।
तर भारतले लिपुलेक हुँदै तिब्बत जोड्ने सडक निर्माण गरी सैन्य गतिविधि र संरचना विस्तार गरिरहेको छ ।
लिपुलेक नाका भारतको राजधानी दिल्लीबाट चीन प्रवेश गर्ने सबैभन्दा छोटो मार्ग हो । विगतमा पनि यी दुवै देशले यस्तो सहमति गर्दा नेपालले विरोध जनाउँदै आएको थियो ।
चीन, रुस, माल्दिभ्स, कम्बोडिया, लाओ लागयतका देशका राष्ट्रप्रमुखसँग भेटवार्ता हुने बताए पनि भारतसँगको वार्ताको विषयमा बोलेनन । यसले नेपालको अहिलेको ज्वलन्त समस्याका रुपमा अगाडि आएको लिपुलेक, लिम्पियाधुरा सीमा विवादको विषयमा भारतसँग वार्ता हुनेमा आशंका उब्जिएको छ । यद्यपि उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुनेछन् ।
मोदी अहिले जापान भ्रमणमा छन् । जापानबाटै उनी चीनका लागि प्रस्थान गर्ने भएका छन् । भारत र चीनबीच नेपाली भूमि लिपुलेक पासमार्फत द्विपक्षीय व्यापार गर्ने सहमति भएपछि नेपालमा त्यसको विरोध भइरहेको छ । शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली चीन प्रस्थान गर्नेछन् भने १८ गते स्वदेश फिर्ता हुने कार्यतालिका छ ।

Author

You may also like