दमक, १८ मंसिर
पातञ्जल योग समिति नेपालको तेश्रो राष्ट्रिय महाधिवेशनले बालमुकुन्द सुवालको अध्यक्षतामा २६ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत ढंगले चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा नवराज काफ्ले, महासचिवमा होम प्रसाद गौतम, प्रशिक्षण विभाग प्रमखमा सुवर्णलाल चित्रकार, महिला उपाध्यक्षमा सृजना मल्ल ठकुरी, उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्जमा केशव ताम्राकार, उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्जमा रामनाथ अधिकारी, उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्जमा कमला गुरुङ, उपाध्यक्ष तथा सुदूुर पश्चिम इन्चार्जमा दिपक प्रसाद नेपाल, कोषाध्यक्षमा गिता प्रसाद नेपाल र सचिवमा सुशीला श्रेष्ठलाई चयन गरेको छ ।
समितिका सदस्यहरुमा क्रमशः योग प्रसाद आचार्य, कपिल शाही, हरिओम अधिकारी, वुद्धलक्ष्मी वि.सी, मेनुका प्रधान, देवराज गिरी, उर्मिला ढकाल, बालकृष्ण प्रधान, निरा दाहाल, हेमा प्रजापति, मैया वल्ल, यादव प्रसाद गजुरेल, अम्बिका खड्गी, प्रेमकाजी श्रेष्ठ, मंगलादेवी बज्राचार्य र हेमन्ती देवी गजुरेल रहेका छन् ।
अधिवेशनले गंगा प्रसाद ढकाल, प्रदिप कुमार श्रेष्ठ, लिला निरौला, जानुकादेवी भट्टराई, शंकर मानन्धर, अमिर श्रेष्ठ, केशव सुवाल, अम्वररत्न बज्राचार्य, सुभिन्द्र यादव र भगलु महतोलाई सल्लाहकार समितिमा राखेको छ । त्यसैगरी विष्णु परियार र डम्बर ढकाल रहेको सांस्कृतिक विभाग, सुधा पोखरेल रहेको सूचना, सञ्चार, प्रकाशन तथा प्रविधि व्यवस्थापन विभाग, महेश लामिछाने रहेको प्रशिक्षण विभाग, रञ्जिता हमाल, कान्छी प्रजापति, प्रेमकला घिमिरे ढुंगाना रहेको महिला विभाग पनि गठन गरेको छ । पातञ्जलको तेश्रो राष्ट्रिय महाधिवेशन झापाको दमक–६ स्थित पशुपति मन्दिरको सभाहलमा यही मंसिर १५ गते शुरु भइ १७ गते आइतबार सम्पन्न भएको हो ।
यसैगरी सोही महाधिवेशनका क्रममा जी.पी. तिवारीको अध्यक्षतामा पातञ्जलको कोशी प्रदेश समिति पनि चयन गरिएको छ । जानकारी दिइएअुनसार सो समितिको उपाध्यक्षमा केदार रिजाल, महिला उपाध्यक्षमा लिला वन भारती, सचिवमा लोकनाथ गजुरेल, सह–सचिवमा हेमचन्द्र राई, कोषाध्यक्षमा अनिता गुरागाई रहेका छन् । प्रदेश समितिका सदस्यहरुमा क्रमशः गजेन्द्र दंगाल, तिर्थराज अधिकारी, सोमनाथ खनाल, टिका सुवेदी र किरण कालिकोटे रहेको बताइएको छ । पातञ्जलको दमक अधिवेशनमा देशभरिबाट १५० जना प्रतिनिधि र थप पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।