गोपाल गड्तौला, टेक्सास, अमेरिका
सोख वा सजावटको लागि घरमा पालिने एउटा सर्पको मोल कति पर्ला ? प्रश्न सुन्दै अचम्म लाग्नसक्छ । एक त सर्प सोखको रुपमा पालिने सरिसृप (घस्रने प्राणी) हो भनेर मान्न वा पत्याउन नेपाली जनमानस तयार छैन । तर होइन, दुनियाँका धेरै मुलुकमा सर्पलाई निकै मोलमा खरिद गरेर घरमा पाल्ने गरिएको छ । छक्क नपरौं, सन् २०२४ मा मात्र संयुक्त राज्य अमेरिकामा मात्र ( ८सय मिलियन डलर) बराबरको सर्प कारोबार भएको थियो । आजको सटही दरमा उक्त रकम भनेको नेपालीमा एक खर्व १६ अर्व५९ करोड ९ लाख ६० हजार रुपँैया हो । हाल अमेरिकाका ८ लाख घरहरुमा सोख पुरागर्न घरधनीहरुले दुध र अरु पौष्टिक खान्की खुवाएर पालिरहेका छन् ।
संसारभरि भने सर्पको बजार धेरै ठुलो भएको तथ्यांकले देखाँउछ । विश्वभरि सन् २०२४ मा (१ दशमलव २ विलियन डलर) मात्र नेरु कुल १ खर्व ७४ अर्व ८८ करोड ६४ लाख ४० हजार बराबरको कारोबार भएका थियो ।
गएको साता आफु बसिरहेको टेक्सास राज्यको फोर्टवर्थ शहरस्थित एउटा सरिसृप बजारमा पुगेको थिएँ । त्यहाँ थरिथरिका सर्प, कछुवा लगायतका कयौं जन्तु जनवारहरु बिक्रिको लागि राखिएका थिए । म ति मध्येको कुनै महँगो कुन रहेछ भनेर जान्न चाहन्थे । मेरा आँखा ९सय ९९ दशमलव ९९ डलर लेखिएको ¥याकमा पुगेर अडिए । त्यसमा आर्कटिक कोण्डा होग्नोसी नामको दुई फिट तिन इन्चको खैरोमा काला टाटा भएको सर्प थियो । यो ३० देखि ५० प्रतिशत आर्दतामा बाँच्न सक्ने सर्पको मुल्य साढेचार हजार डलर अर्थात सवा ६ लाख नेरुसम्म पर्ने रहेछ । संसारमा पाइने मध्ये महँगा सर्पमा पर्ने यो खैरो सरिसृप अक्सर हिलो माटोमा रमाँउछ । भालेको तुलनामा यसको पोथी जाती अलिक महँगो पर्दाे रहेछ । अधिकतम यो सर्प ९ हजार डलरसम्म पनि बिक्रि भएको पाइन्छ ।
तर विश्वमा महँगा सर्पको पहिलो सुचीमा रुखमा पाइने हरियो सर्प पर्दछ । यो ग्रिन ट्रि पाइथान ४ लाख अमेरिकी डलर अर्थात ५ करोड ६० लाख रुपँैया सम्ममा बिक्रि भएको छ । दोस्रो महँगो सर्पमा सनसेट वल पाइथान, तेस्रोमा रेटिकुलेड पाइथान, चौथोमा लाभेण्डर अल्विनो वल पाइथान र पाँचौंमा वोइलिन्स पाइथान रहेका छन् । यि मध्येका सबैभन्दा सस्ता सर्पहरु प्रतिगोटा कम्तिमा दशहजार अमेरिकी डलर सम्ममा किनवेच हुने गरेका छन् । यो भनेको एउटाको करिव एकलाख ५० हजार रुप्ँौया हो ।
पृथ्वीको जैविक पर्यावरण चक्रमा सर्पको पनि अवश्य एक स्थान त छ । जुनसुकै सर्पलाई देख्नासाथ पिटेर मार्ने चलन अझैपनि हाम्रा गाँउघरमा यदाकदा छ । यस्तो कार्यले जैविक प्रणलीको एउटा खण्डलाई अपाङ्ग बनाउनसक्छ ।